From Wikipedia, the free encyclopedia
वाङ जियानलिन (चिनियाँ: 王健林; पिनयिन: Wáng Jiànlín; जन्म अक्टोबर २४, १९५४) एक चिनियाँ व्यवसायी र समाजसेवी हुन् । उनी डालियान वान्डा समूहको संस्थापक र अध्यक्ष हुन् भने उनी चीनका सबैभन्दा ठूलो अचल सम्पत्ति डेभलपरका साथै संसारको सबैभन्दा ठूलो चलचित्र थिएटर सञ्चालक समेत हुन ।[2] उनले स्पेनको फुटबल क्लब एट्लेटिको म्याड्रिडको २० प्रतिशत शेयरको शेयरधनी समेत हुन् । [3] उनी एसिया महाद्विपका सबैभन्दा धनी व्यक्ति हुन् । [4] उनको आफ्नै १२५ वटा सपिङ मल र ६८ वटा पाँचतारे होटल छन् । उनको वान्दा सिनेमा लाइन, चीनको सबैभन्दा ठूलो मुभी थिएटर चेन हो । [5]
वाङ जियानलिनको जन्म अक्टोबर २४, १९५४ मा क्याङ्गझी काउन्टी, गुवाङ्गयुआन, सिचुआन, चीनमा भएको थियो । उनको बुबा माओत्से तुङको जनमुक्ति सेनाको लागि लामो मार्चको (अक्टोबर १९३४–अक्टोबर १९३५) दौरान लडेका थिए ।
जनमुक्ति सेनमा १६ वर्ष पश्चात वांगले झिगांग जिल्लाको डालियान सहरमा प्रशासन कार्यालयमा काम शुरू गरेका थिए ।[6] सन् १९८९ मा उनी झिगांग आवासिय विकासको महा प्रबन्धक भएको थिए । उनी जियांगयिनको कारखानाको कारखाना प्रमुख थिए । सन् १९९२ मा उनले डालियान वान्डा समूहको महा प्रबन्धकको रूपमा कार्य शुरू गरेका थिए भने उनी सन् १९९३ मा कार्यकारी प्रमुख भएका थिए । उनले जियांगसु जियांगनान पानी कम्पनीमा पनि कार्यकारी नायम महा प्रबन्धक तथा सञ्चालको रूपमा कार्य गर्दथे । [7]
१५ वर्षको उमेरमा उनले जनमुक्ति सेनाको १७ वर्षको सेवा शुरू गरेका थिए, शुरूमा उनी सिमा सुरक्षाकर्मा थिए भने पछि उनलाई रेजिमेंट कमान्डरमा पदोन्नती गरिएको थियो ।[8] सन् १९७६ मा उनी चीनको कम्युनिष्ट पार्टीमा सामेल भएका थिए । उनले १७ औँ राष्ट्रिय कांग्रसको नायवको रूपमा सेवा गरेका थिए । [9]
उनको विवाह लिन निंग (पिनयिन: Lín Níng) भएको थियो र उनको एक छोरा वांग सिकोंग (पिनयिन: Wáng Sīcōng; जन्म 1988) छ । उनको छोराले विनचेस्टर कलेज र विश्वविद्यालय कलेज लन्डन बेलायतमा शिक्षा हासिल गरेका छन् । वांग सिकोंग हाल वान्डा समूहको सञ्चालक समूह छन् ।
सन् २०१५ मा उनले लन्डनमा केनसिंगटन प्यालेस गारडेनलाई पाउण्ड स्टर्लिंगमा खरिद गरेका थिए । उक्त भवन पहिला युक्रेनियन धनाध्य लेनोर्ड व्लाभान्टिकको स्वामित्वमा थियो ।[10] सन् २०१६ जुलाईमा लिड प्रकाशकले वांग जायलिनको किताब "द वान्डा वे: द म्यानेजेरियल फिलोसोफि बलम भ्यालूज अफ वन अफ चाइनास लार्जेस्ट कम्पनी" संसार भरि प्रकाशन गरेका थिए ।[11] यस किताबमा उनको सन् २०१३ को चिनिया केन्द्रिय टेलिभिजनको अन्तर्वाता , उनको हार्भर्ड विश्वविद्यालयको भाषण तथा प्रश्न तथा उत्तर र वांग जायलिनको व्यवसायिक दर्शन समेत समावेश गरिएको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.