इङ्गल्याण्डको फुटबल क्लब From Wikipedia, the free encyclopedia
लिभरपुल फुटबल क्लब लिभरपुलमा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अङ्ग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफि जित्ने क्लब मध्ये एक हो । १८ लिग उपाधि, ७ एफए कप र कीर्तिमानी ८ लिग कप लिभरपुलले जितेको छ। सफल इतिहासका बावजुद, लिभरपुलले सन् १९९२-९३ मा प्रिमियर लिग सुरु भए देखि अहिलेसम्म प्रिमियर लिग उपाधि हासिल गर्न असफल भएको छ । क्लबको स्थापना कालदेखि नै लिभरपुलले एन्फिल्ड रङ्गशालामा खेल्ने गरेको छ। लिभरपुलको इतिहासमा १९७० र ८० का दशक सर्वाधिक सफल समय थिए जसमा बिल शाङ्ली र बभ पेसलीको छुट्टाछुट्टै नेत्रित्वमा लिभरपुलले ११ लिग उपाधि र सात युरोपियन उपाधि हासिल गरेको थियो। लिभरपुल फुटबल क्लबको छिमेकीको रूपमा उसको सबैभन्दा ठुलो प्रतिद्वन्दी एभर्टन फुटबल क्लब र म्यानचेस्टर युनाइटेड फुटबल क्लब रहँदै आएको छ । क्लबले सन् १९६४ देखि रातो शर्ट र सेतो प्यान्टलाई पछि आएर बदलेको छ र पुरै रातो शर्ट, प्यान्ट र मोजा लगाउने गरेको छ। क्लबको आफ्नो गान "तपाइँ एक्लै हिड्नुस यो हुनैसक्दैन "(यु विल नेभर वाक अलोन) रहेको छ । मे २०१५ मा फोर्बसले निकालेको नयाँ सूचीमा ९८२ डलरका साथ लिभरपुल आठौँ स्थानमा रहेको छ।
पुरा नाम | लिभरपुल फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द रेड्स | |||
स्थापना | ३ जुन १८९२ | |||
मैदान | एनफिल्ड | |||
क्षमता | ५३,३९४[1] | |||
मालिक | फेन्वे स्पोर्ट्स ग्रुप | |||
अध्यक्ष | टम वार्नर | |||
म्यानेजर | जर्जेन क्लोप | |||
लिग | प्रिमियर लिग | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
एभर्टन कमिटी र जर्ज होल्डिङ (जो एभर्टन फुटबल क्लबका अध्यक्ष र एन्फिलडका मालिक थिए) बीच विवाद भएपछि लिभरपुल फुटबल क्लबको स्थापना भएको हो। १८९२ मा एभर्टन फुटबल क्लब ले एन्फिलड छाडेर गुडिसन पार्कमा स्थानान्तरण भएपछि एन्फिलड खालि रहन पुग्यो। तर १८९२ मा उनै होल्डिङले लिभरपुल फुटबल क्लबको स्थापना गरे। 'सुरुमा एभर्टन एफ.सी र एथलेटिक ग्राउन्ड्स लिमिटेड नामकरण गरियो तर फुटबल संघले एभर्टन नामबाट दर्ता गर्न मानेन। तीन महिनापछि लिभरपुलले सदस्यता पायो। पहिले सिजनमा नै उसले ल्याङ्कसायर लिगको उपाधि हासिल गर्यो र १८९३-९४ सिजनका लागि फुटबल लिगको दोसो् स्रेणीमा आबद्ध भयो। पहिलो सिजनमा नै प्रथम भएपछि लिभरपुल प्रथम डिभिजनमा बढुवा भयो। सन् १९०१ र १९०६ मा उसले प्रथम स्रेणीमा उपाधि हासिल गर्यो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.