From Wikipedia, the free encyclopedia
याक्खा जाति नेपालको एक आदिवासी किरात जाति हो। याक्खा जातिले केइ (ढोल), केयीसाङ, बिनायो, मुर्चुङगा लगायतका लोक बाजाहरू प्रयोग गरेको पाइन्छ।[1] उनीहरूको उद्गम स्थल, मुख्य बसाेबास क्षेत्र तमाेर र अरुण नदीबिचको भूभाग लिम्बुवान(पल्लो किरात) लाई मानिन्छ। धनकुटा र संखुवासवा जिल्लाका पाँचखपन, पाँच मझिया, दशमझिया, मुगा खाल्साथुम, बाेधेमा मुख्य बसाेबास छ । यक्ष समानअर्थी मानिन्छ, संस्कृतकाे क्ष र नेपालीकाे क्ख मा विभेद छैन । पाैराणिक कालमा उल्लेख भएकाे यक्ष काे प्रयाेग नै याक्खा वा याक्खाकाे प्रयाेग नै यक्ष भएकाे यसबारे अझै विस्तृत अध्ययन हुन जरूरी छ । तापनि, जगर बगरकाे धनी याक्खाहरू नै ती पाैराणिक कालका यक्ष हुन भन्न सकिने पाेख्त आाधारहरू छन् । किरातहरूमा हुने बिशेष टाेटेम् (गाेत्र जस्तै बिशेष वंशज पहिचान) छन् । अरू जाति समुदायकाे पुरूषकाे मात्र हुने तर किरात समुदायमा सबै राइ समुदाय, याक्खामा महिला पुरूषकाे अलग अलग टाेटेम् सामेक वा सामेलिङ हुने हुन्छ । यस हिसाबले याक्खा राइ समुदाय नजिक देखिन्छ भने सांस्कृतिक हिसाबले लिम्बू समुदाय नजिक देखिन्छ । अरूण नदी पश्चिमका राइ समुदायले लाेहरूङ जातिलाइ पनि याक्खा नै भनी चिन्ने बाेलाउने गरेकाे बुढापाकाहरूकाे मुखबाट सुन्न पाउछाैँ । याक्खा र लाेहरूङ भाषा ५० प्रतिशत मिल्ने भएबाट पनि याक्खा लाेहरूङ भाषा भनी स्विकारिएकाे अवश्था छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
याक्खा जातिले कसैले राइ कसैले लिम्बु लेखिने भएबाट यसकाे जनसंख्या २४००० (२०६८) लगभग भएकाे र मुख्य ८ सामेत्लिङ (सामेअ्छाेङ) सहित १६ पाछाहरू छन् । साेम्यहाङ, लिङ्खा, काेयेङ्वा, लुम्वा, तुम्वा, ताम्ली, छाला, काेङरेन, साेङरेन, लिम्वुखीम, यलावा, यायम्वा, तुम्यासाेलङ, अाेङतुवाङ, इलुवाङ, खाम्याङ, खाइखिम, राेगु, थायुम, लकहाङ, अाेकहाङ, हेङवा, थम्फरा, काेतरा, नामेक, माखरा, चारकाेले, काेम्फे, नाम्वेकहाङ, खुङ्छा इत्यादि । सामेलिङहरू मुख्य छाेङ्छामी-युङ्खामा, काङ्छामी-केखामा, लिङ्छामी-नुकामा, मेअ्लापा -नाखामा, सुसामी-निङ्खामा, खुङ्छामी-वेखामा, युङ्छामी-नाखामा, छुङ्छामी-नुकामा, काक्कुवु-साङ्खायाेङमे, छाेङ्छावा-थिङ्खामे छन् । यसप्रकार पुरूष महिलाकाे सामेक वा सामेलिङ प्राय सबै राइहरूमा पाइन्छन् तर लिम्बुहरूमा पुरूषकाे मात्र माङ्गेना यक हुने हुन्छ ।
यस याक्खा जातिले आफुलाइ जिमी, मजिया, राइ लेख्ने गरेका छन् । तर देवान जाति छुट्टै जातिसमुदाय भएको हुनाले इनिहरुको चैनपुर दरबार,इलामको देवान छापको देवान दरबार, बिजयपुर दरबार र चौडन्डी गडिसङ एैतिहासिक जोडिन्छ। कासी गोत्र सुर्य बंशी हाङ्लिप्पा माइती र हाङ्लिप्मा चेली सामे रहेका चौडन्डिका पुपाहाङ, ओयोकहाङ, जयकण देवान, बुद्धिकर्ण देवान, महावीर देवान देवानहरूका पूर्खा मानिन्छ। उनका वंश र दाजुभाइ मादिहाङ, पिनुहाङ, तेन्छोहाङ र पुत्लुङ्हाङ मादी र मादी राम्वेनीकासाथै असम, दार्जिलिङ, सिक्किम, लगायतका विभिन्न ठाउँमा बिभिन्न उपथरमा दक्षिण धनकुटामा समेत बसाेबास छन् । पिलुवा र मावा दाेभानमा देवान दरबार नजिकै माहाबिर देवानले एक राममन्दीर निर्माण गरेको थिए। राजभार सामर्थ देवान जाति, राजघरानीय चैनपुरका राजा र बिजयपुरका मन्त्री "राय" थिए। याक्खाबाट फुटी आर्य ठकुरी क्षेत्री जातमा बढुवा हुने इतिहाबाट राेकिएकाे देवान थर भनी किरात इतिहासकार दुर्गाहाङ याक्खाकाे मत छ ।
याक्खा प्रकृति पूजक हुन् । मुख्य चाढ चासुवा हाे, याे मंसिरे पूर्णेमा मनाइन्छ । नयाँ अन्न प्रकृति र पूर्खालाइ चढाइ न्वाँगी खाइने गरिन्छ । अर्काे चाढ बैशाखे पूर्णे, जसमा प्रकृति र पूर्खालाइ पानी, राम्राे बालीनाली, सुयामकाे बल मागिन्छ । राइहरूले झै सालिन्ना पूर्खाकाे गरिने, घरपूजा लिम्बूहरूले जस्ताे गालिश्राप, शीर उठाउने, मृतात्मालाइ बाटाे लाउन तङसीङ राख्ने गरिन्छ ।तर देवान जातिसमुदायको भाषा सस्कार सस्कृती याक्खा को भन्दा नितान्त फरक रहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.