From Wikipedia, the free encyclopedia
'म्यान भर्सेस वाइल्ड[1] (नेपाली: मानिस विरुद्ध वन), बोर्न सर्भाइभर: बेअर ग्रिल्स[2], अल्टिमेट सर्भाइभल[3][4], सर्भाइभल गेम[5] वा संयुक्त अधिराज्यमा सामान्य रूपमा बेअर ग्रिल्सको रूपमा परिचित एक जिवितता टेलिभिजन शृङ्खला हो। यस शृङ्खलालाई बेअर ग्रिल्सले डिस्कोभरि च्यानलमा आयोजना गर्दछन्।[6] संयुक्त अधिराज्यमा, यसका शृङ्खलाहरू मूलतः च्यानल ४ मा देखाइएको थियो, तर उक्त शृङ्खला पश्चात् यसका सबै संस्करणहरू डिस्कवरी च्यानल बेलायतमा प्रसारित गरिएको थियो। यस शृङ्खलालाई बेलायती टेलिभिजन निर्माण कम्पनी डाइभर्स ब्रिस्टलले निर्माण गरेको थियो। कार्यक्रम १० मार्च २००६ मा "द रकीज" शीर्षकको एक शृङ्खला प्रसारण भएसँगै १० नोभेम्बर २००६ मा प्रदर्शन गरिएको थियो।[7]
म्यान भर्सेस वाइल्ड | |
---|---|
कलाकारहरू | बेअर ग्रिल्स |
वर्णनकर्ता | बेअर ग्रिल्स |
सत्रहरुको सङ्ख्या | ७ |
भागहरूको सङ्ख्या | ७३ (+४ विशेष) (भागहरूको सङ्ख्या) |
प्रसारण अवधि | ४५ मिनेट |
निर्माण कम्पनी(हरु) | डाइभर्स प्रोडक्सन्नस लिमिटेड |
वितरक | डिस्कभरी सञ्चार |
मूल च्यानल | डिस्कभरी च्यानल |
तस्वीर ढाँचा | ४८०पी (संस्करण १) १०८०पी (संस्करण २–७) |
प्रथम प्रसारण | १० मार्च २००६ – नोभेम्बर २९, २०११ |
सम्बन्धित कार्यक्रमहरू | यु भर्सेस वाइल्ड |
उनले वर्स्ट-केस सिनारियो भनिने डिस्कभरी च्यानलको कार्यक्रममा जिवित रहने तरिका वा शैली प्रदर्शन गर्नका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए जुन ५ मे २०१० मा प्रसारित भएको थियो।[8]
मार्च २०१२ मा, डिस्कभरी च्यानलले बेअर ग्रिल्ससँग सम्झौता विवादको कारण यसको रद्द गरेको थियो भने यससँगै कारण उक्त कार्यक्रम पनि रद्द भएको थियो। अप्रिल २०१९ मा, नेटफ्लिक्सले बेअर ग्रिल्सलाई यु भर्सेस वाइल्डमा फिर्ता ल्याएको थियो जसमा हालसम्म ८ शृङ्खलाहरू छन्।[9]
प्रत्येक शृङ्खलाको सामान्य ढाँचा भनेको ग्रिल्सलाई आफ्नो छवि दलसँग एक जङ्गली वा कुनै गाह्रो क्षेत्रमा फसेको मानिसको रूपमा चित्रित गरिन्छ। उक्त अवस्थाबाट कसरी बाहिर वा वस्ती भएको क्षेत्र सम्म आइपुग्ने भन्ने बारेमा यहाँ तरिकाहरू सिकाइन्छ जसलाई दस्तावेजीकरण गरिन्छ। रातको समयमा आश्रय आवश्यकता पर्दछ र यसको निर्माण र प्रयोग बारे यहाँ चर्चा गरिन्छ। शृङ्खलाहरूमा प्रायः जङ्गली भूभागहरू समावेश गरिन्छ जसमा घनावन, वा यस्तै गैर-शहरी क्षेत्रहरू पर्दछन्। तर विशेष शृङ्खलाहरूमा उनी सहर वा औद्योगिक क्षेत्रहरूमा पनि पुग्छन् र पनि आफू रहेको क्षेत्रको बारेमा बाँच्न सफल असफल भएका घटनाहरू बताउँदछन्। [10]
प्रत्येक भागको छायाङ्कन गर्नका लागि प्राय: ७-१० दिन लाग्छ। प्रत्येक छायाङ्कन अघि टोलीले एक हप्ता जतिको समयमा उक्त स्थलको बारे अध्ययन गर्छन् र त्यसपछि ग्रिल्सले उक्त क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण गर्दछन्। ग्रिल्सले त्यसपछि दुई दिन कसरी बाँच्न सकिन्छ भन्ने बारे जानकारी दिन्छन् र, त्यसपछि उनी छविकार र एक ध्वनि इन्जिनियरहरूको साथ उक्त सहासी कार्यमा जुट्छन्।[11] निर्देशकहरूले स्थान छायाङ्कन र प्रत्येक कार्यक्रमको अन्तिम सम्पादनको निरीक्षण गर्दछन्। ग्रिल्सलाई विशेष गरी "प्रस्तुतकर्ता"को रूपमा श्रेय दिइन्छ जहाँ दर्शकहरूलाई बाँच्ने विधि प्रस्तुत गर्नमा उनको भूमिकालाई प्रकाश पारिन्छ।[12]
ग्रिल्सका अनुसार "कार्यक्रमको ढाँचा भनेको कठिन परिस्थितिमामा कसरी आफूलाई बचाइराख्ने भन्ने हो"।
मलाई लाग्छ यो सबैभन्दा खराब परिदृश्य कार्यक्रम हो त्यसैले यस बारेमा गम्भीर हुँदै निश्चित रूपमा कार्यहरूलाई योजनाबद्ध गर्नु पर्छ। अन्यथा, यो केवल जङ्गलमा हुने छ वरिपरि केहि पनि भइरहेको छैन, उद्धारको लागि पर्खँदा, तपाईलाई केहि पनि प्राप्त गर्नुहुने छैन। यो एक धेरै झ्याउलाग्दो कार्यक्रम हुनेछ। यदि तपाई द्रुत रूपमा बालुवामा खस्नुभयो भने कसरी बाहिर निस्कने र यदि तपाई गोहीको आक्रमणमा पर्नुभयो भने तपाईले बच्नका लागि डुङ्गा बनाउनु पर्ने हुन्छ। हामी जानु अघि मैले राम्रो जानकारी प्राप्त गर्दछु। मलाई थाहा छ त्यहाँ एउटा ठूलो नदी छ र त्यहाँ एउटा ठूलो चट्टान पनि छ जसमा म चढ्ने छु। त्यहाँ ती चट्टानहरूमा धेरै सर्पहरू छन्, र गोहीहरू पनि प्रशस्तै छन्। तसर्थ मलाई के हुन्छ भनेर अग्रिम रूपमा नै ८० प्रतिशतको राम्रो अनुमान छ। [12]
अप्रिल २००८ मा, ग्रिल्स र डिस्कभरीले एउटा पुस्तक जारी गरेको थियो जसमा टिभी कार्यक्रमका जिवितता सल्लाहहरू समावेश थिए।
२ जुन २००९ मा, पहिलो पटक प्रसारित गरिएको एउटा विशेष शृङ्खलामा, विल फेरेल उत्तरी स्वीडेनको सङ्घर्षपूर्ण जिवितता यात्रामा ग्रिल्सको साथ सामेल भएका थिए। यस चौथोँ संस्करणलाई म्यान भर्सेस वाइल्डको रूपमा नामकरण गरिएको थियो।[13]
जुलाई २०११ मा, ग्रिल्स डिस्कभरि च्यानलको यस कार्यक्रमको सातौँ संस्करणको एक विशेष शृङ्खलामा यसका सह आयोजक तथा अभिनेता जेक ग्लेनहालको साथ एक यात्रामा निस्किएका थिए जहाँ उनीहरू आइसल्यान्ड हुँदै यात्रा गरेका थिए। बेलायतमा, यस शृङ्खलालाई बेअर्स वाइल्ड विकेन्डको ब्यानर अन्तर्गत विशेष शृङ्खलाको रूपमा प्रसारण गरिएको थियो । [9] मार्च २०१२ मा, डिस्कभरी च्यानलले ग्रिल्ससँगको सम्झौता विवादको कारण यसलाई अन्त्य गरेको थियो। उनका प्रवक्ताले हलिउड रिपोर्टरलाई दिएको जानकारी अनुसार बेअर ग्रिल्ससँगको निरन्तर सम्झौताको विवादका कारण डिस्कभरीले उनीसँग भएका सबै वर्तमान निर्माणलाई समाप्त गरेको थियो।[14]
संस्करण | शृङ्खलाहरू | मुल रूपमा प्रसारण गरिएको | ||
---|---|---|---|---|
प्रथम प्रसारण | अन्तिम प्रसारण | |||
१ | १५ | १० मार्च २००६ | जुलाई २०, २००७ | |
२ | १३ | ९ नोभेम्बर २००७ | जुन ६, २००८ | |
३ | १२ | ६ अगस्ट २००८ | फेब्रुअरी २३, २००९ | |
४ | १४ | १२ अगस्ट २००९ | फेब्रुअरी १७, २०१० | |
५ | ७ | ११ अगस्ट २०१० | सेप्टेम्बर २२, २०१० | |
६ | ६ | १७ फेब्रुअरी २०११ | मार्च २४, २०११ | |
७ | ६ | ११ जुलाई २०११ | नोभेम्बर २९, २०११ |
अगस्ट २०१९ मा, बेअर ग्रिल्स भारतीय प्रधानमन्त्री, नरेन्द्र मोदीसँग भारतको जिम कार्बेट राष्ट्रिय निकुञ्ज , उत्तराखण्डमा एक विशेष श्रङ्खलामा देखा परेका थिए। [15][16] शृङ्खला डिस्कभरी, निगमको सञ्जालमा विश्वभरका १८० भन्दा बढी देशहरूमा प्रदर्शन गरिएको थियो र पछि उनी रजनीकान्तसँग पनि देखा परेका थिए जसलाई २३ मार्च २०२० मा प्रसारण गरिएको थियो।[17] तेस्रो शृङ्खलामा उनले भारतीय अभिनेता अक्षय कुमारलाई चित्रित गराएका थिए जसलाई १४ सेप्टेम्बर २०२० मा, प्रसारण गरिएको थियो।
कार्यक्रमलाई अमेरिका, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत र मलेसियामा म्यान भर्सेस वाइल्डको रूपमा परिचित छ। यसको नाम विभिन्न देशहरूमा फरक फरक रहेको छ।
कार्यक्रम सुरु भएको संयुक्त अधिराज्यमा, यसलाई , यो बोर्न सर्भाइभर :बेअर ग्रिल्स भनिन्छ जसलाई डिस्कभरी च्यानलमा प्रसारण गरिन्छ। यसलाई अन्य देशहरूमा अल्टिमेट सर्भाइभल पनि भनिन्छ। ग्रिल्सका पुस्तकहरू बेलायतमा बोर्न सर्भाइभरको नामबाट प्रकाशित भएका छन्। यी भिन्नताहरू मूल रूपमा म्यान भर्सेस वाइल्डको जस्तै ढाँचाहरूमा चल्दछन्, यद्यपि तिनीहरू बीच केही भिन्नताहरू छन्। [18]
उदाहरणको लागि, सुरुवाती क्रमको लागी, ग्रिल्सले नमस्कार गर्दै बर्न सर्भाइभरमा स्वागत भन्दै कार्यक्रमको परिचय गराउँदछन्। म बेअर ग्रिल्स हुँ, र म इङ्ल्यान्डमा छु जहाँ म तपाईलाई जीवित हुन र सकुशल बाहिर निस्कनका लागि तरिकाहरू देखाउँछु। कार्यक्रममा उनले गर्ने कार्यहरूमा केही भिन्नता छन् भने शृङ्खलाहरू सामान्यतया उस्तै हुन्। [19] नयाँ शृङ्खलाको प्रसारण मिति पनि थोरै फरक हुन्छ, किनकि तिनीहरू तालिका र समय क्षेत्रको मतभेदहरूको कारण सामान्य रूपमा ठीक एकै समयमा देखाउने गरी व्यवस्थित गर्न सकिदैन।
सन् २००६ मा, एक म्यान भर्सेस वाइल्ड दलका सदस्यले शृङ्खलाहरूका केहि दृश्यहरू भ्रामक रहेको र यसले दर्शकहरूलाई उनी समूहमा रहँद पनि एक्लै भएको भनेर दावी गरेको कुरा प्रस्तुत गरेको स्वीकार गरेका थिए। [20] हेरफेर भइरहेको दृश्यहरूको मुद्दालाई पनि अमेरिकी जिवितता सल्लाहकार मार्क वाइनर्टले उठाएका थिए टोलीका सदस्यहरूलेसँगै निर्माण गरेको डुङ्गालाई त्यसको अन्त्य तर्फ उनले मात्र गरेको भनेर त्यसका केही अंश मात्र प्रस्तुत गरिएको थियो।
आलोचना गरिएको अन्य दृश्यहरूमा:
यी प्रारम्भिक आलोचनाहरूको जवाफमा, डिस्कभरी र च्यानल ४ ले केही शृङ्खलाहरूको पुन: सम्पादित संस्करणहरू प्रसारित गरेको थियो। धेरै योजनाबद्ध तत्वहरू हटाउँदै, एउटा नयाँ आवाज र एक पूर्व आलोचनाले औँल्याएका केही परिस्थितिहरूमा बेअरलाई प्रस्तुत गर्न प्रस्तुत गरिएको थियो।[24] यद्यपि, संस्करण १ का धेरै विवादास्पद शृङ्खलाहरू सम्पादन गरिसकेपछि फेरि कहिल्यै प्रसारण गरिएको थिएन र यी शृङ्खलाहरू डिस्कभरीबाट डिभीडीमा उप्रान्त उपलब्ध छैन।[25]
जुलाई २००७ मा कार्यक्रमको पहिलो संस्करणका तत्त्वहरूको बारेमा सञ्चार माध्यममा आलोचना भएपछि, च्यानलाले कार्यक्रमको उत्पादन र सम्पादनमा स्पष्टीकरण र पारदर्शिता दिने आश्वासन दिँदै केही हप्ताका लागि कार्यक्रमको दोस्रो संस्करण अस्थायी रूपमा स्थगित गरेको थियो।[26]
डिस्कभरी च्यानलले यो आलोचनाको जवाफ दिँदै भविष्यमा प्रसारण सम्पादित हुनेछ र दर्शकहरूलाई कार्यक्रमको निर्माणको क्रममा ग्रिल्सकलाई एक्लै छोडिएको सङ्केत गर्न नमिल्ने बताएको थियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.