मेलम्ची खानेपानी आयोजना

From Wikipedia, the free encyclopedia

मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्नेछ । यसको लागि परियोजनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्ची ; यांग्री र लार्के नदिलाई डाइभार्ट गर्छ । यो आयोजनालाई एसियाली विकास बैङ्कले आर्थिक सहयोग प्रदान गरेको छ ।

Thumb
Melamchi River

इतिहास

वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा; प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको थियो । वि.स. २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजना काे पानी काठमाडाैमा प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा स्वागत गरिएकाे छ। यस सँगै मेलम्चीकाे पानी पिउने काठमाडाैकाे सपना पुरा भएकाे छ।

वि.स. २०७७ चैत्र २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको शुभारम्भ गरेकी छिन् । भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन् । चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । [१]

निर्माण कार्य

विवाद

समस्या

  • जनशक्तिको आवश्यकता वा अल्पता
  • प्राविधिक सुविधाको कमी
  • अदुर ध्यानाकर्षण
  • न्यून लगानी
  • संसाधनको अभाव

श्रीराम खड्काद्वारा संपादित छ। चाहे पूरा गर्न सकिने छ।

ठेकेदार

Thumb
मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीले पाएको थियो । सिएमसीले काम छाडेर हिंडेपछी सरकारले धरौटी रकम रु. ३ अर्ब जफत गरेको छ । सरकारले बाँकी काम नेपाली सेनालाई दिने तयारी समेत गरेको छ ।

महत्त्वपूर्ण घटनाक्रम

  • वि.स. २०५२ – मेलम्चि खानेपानि लिमिटेड काे स्थापना।
  • वैदेशिक सहायताः एशियालि विकास बैंक द्वारा ऋण प्रदान
  • वि.स. २०५५ – अायाेजनाकाे सुरूवात
  • २०५८/०५९ – भाैतिक निर्माण कार्यकाे शुभारम्भ
  • क्षमताः दैनिक १७ कराेड लिटर पानि काठमाडाै अायात

सन्दर्भ सामग्रीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.