अमेरिकी चलचित्र अभिनेत्री From Wikipedia, the free encyclopedia
मिला कुनिस (/ˈmiːlə ˈkuːnɪs/; अङ्ग्रेजी: Milena Markovna "Mila" Kunis; युक्रेनी: Мілена Марківна Куніс; रूसी: Милена Марковна Кунис; जन्म अगस्ट १४, १९८३)[1] एक अमेरिकी अभिनेत्री हुन्। सन् १९९१ मा सात वर्षको उमेरमा परिवारसित उनी सोभियत सङ्घबाट लस एन्जलस गइन्। विद्यालय छुट्टी भएपछि हुने अभिनय कक्षाहरूमा भर्ना भइन् र उनलाई छिट्टै केही एजेन्टहरूद्वारा अभिनय गर्नको लागि बोलाइयो। विभिन्न टेलिचलचित्र र विज्ञापनहरूमा उनले भूमिका पाएकी थिइन् र १५ वर्ष नपुग्दै 'द्याट सेभेन्टिज सो' मा अभिनय गरेर उनले चर्चा बटुल्न सफल भएकी थिइन्। सन् १९९९ सेप्टेम्बरमा उनले 'फ्यामिली गाय' (एउटा एनिमेटेड टेलिभिजन चलचित्रमा) 'मेग ग्रिफिन' को रूपमा स्वर भूमिका निभाइन्।
मिला कुनिस | |
---|---|
जन्म | मिलेना मार्कोभ्ना कुनिस अगस्ट १४, १९८३ चेर्निवत्सी, युक्रेनी एसएसआर, सोभियत सङ्घ (वर्तमान चेर्निवत्सी, युक्रेन) |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् १९९४-वर्तमान |
जीवनसाथी | एस्टन कुचर ( वि २०१५) |
समकक्षी | मकाउले कुल्किन (२००२-१०) |
सन्तान | २ |
सन् २००८ मा उनको ठूलो पर्दाको चलचित्र 'फरगेटिङ सारा मारसल'मा 'रेचल जेनसन'को भूमिका रह्यो जस पश्चात् उनले थुप्रै अन्य भूमिकाहरू निभाइन्। अन्य चलचित्रहरूमा 'म्याक्स प्यान'मा 'मोना स्याक्स', 'बुक्स अफ एली'मा 'सोलेरा', 'फ्रेन्डस विथ बेनिफिट्स'मा 'जेमी', 'टेड'मा 'लोरि' र 'ओज, द ग्रेट एन्ड पओरफुलमा'मा 'विइकेड विच अफ वेस्ट (थियोडोरा)' को रूपमा उनको भूमिका रह्यो।
'ब्लायक स्वान'मा 'लिल्ली'को भूमिकामा उनले विश्वभरिका चलचित्र पारखी, दर्शकबाट प्रशंसा बटुलिन् जसमा ६७औँ भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा 'सर्वश्रेष्ठ नवनायिका पुरस्कार' जित्न सफल भइन्। यस्तै 'सर्वश्रेष्ठ सहायक अभिनेत्री'को गोल्डेन ग्लोब पुरस्कार र 'महिला अभिनेत्रीद्वारा उत्कृष्ट प्रदर्शन' को स्क्रिन एक्ट्रेस गिल्ड पुरस्कारको मनोनयनमा परेकी थिइन्।
कुनिसको जन्म चेर्नीब्त्सी, सोभियत सङ्घ (हाल: युक्रेन)मा भएको थियो।[2] उनकी आमा एलभिरा, भौतिक विज्ञानकी शिक्षिका हुन् र बुवा मार्क कुनिस मेकानिकल इन्जिनियर हुन्, जो एक ट्याक्सी चलाउँछन्।[3] कुनिसकी दाजुको नाम माइकल हो।[4]
सन् २०११ मा उनले उनका मातापिताको राम्रो जागिर भएको, परिवार भाग्यमानी भएको मान्नुपर्ने र उनीहरू गरीब छैनन् भन्ने बताइन्। कुनिसका बाबुआमाले सोभियत सङ्घ छाड्ने कुरा सोचे किनभने उनीहरूले आफ्नो सन्तानहरूको भविष्य त्यहाँ देखेनन्।[2]
सन् १९९१ मा जब कुनिस सात वर्षकी मात्र थिइन् उनको परिवार जम्मा $२५० डलर लिएर लस एन्जलेस, क्यालिफोर्निया पुगे। उनको आमा बुबाले राम्रो नोकरी र डिग्री छाड्नु परेको थियो किनभने सो डिग्री अमेरिकामा काम लागेन।
कुनिसको परिवार यहुदी हुन् र उनकै अनुसार गैरयहुदी विरोधी धारको हावी हुनुको कारण पनि उनको परिवारले सोभियत सङ्घ छाड्नुको कारण बन्यो।[5][6][7] जस्तै सोभियतमा धर्म दबाइए पनि उनले बताएकी छिन् कि उनको परिवारले उनलाई सक्दो यहुदी वातावरणमा नै हुर्काउन खोजे।[5] लस एनजेल्सको दोस्रो दिनमा उनलाई - रोजवुड इलिमेनटरी स्कुलमा हालियो जुन बेला उनलाई एउटा पनि अङ्ग्रेजी शब्द आउँदैनथ्यो। उनले भनिन् - "मलाई २ कक्षाको चाँसो नै भएन र मलाई त्यसको याद पनि छैन। सधैँ मैले आमा र हजुरआमासँग यो कुरा राखेँ किनभने म प्रत्येक दिन रोएँ। म भाषा बुझ्दिनथेँ। मलाई लेख्न लगाइएको निबन्धका शब्दहरू - 'कल्पना गरे म अन्धो र बहिरो छु, सात वर्षको उमेरमा' जस्ता हुन्थे र मैले त्यस्तै अनुभव गरेँ"।[8]
लस एन्जलसमा उनी हबर्ट होवे ब्यान्क्रोफ्ट बिद्यालयमा पढिन्।[9] पछि हाई स्कुलका वर्षहरूमा चलचित्र कार्य स्थलमा नै उनले ट्युसन पढिन् जति बेला उनी 'ड्याट्स सेभेंटीज शोज' मा अभिनय गर्दै थिइन्।[10] पछि कार्य स्थलमा नहुँदा फेयरफ्ल्याक्स उच्च बिद्यालयबाट उनले २००१मा स्नातक तह भ्याइन्।[6] केही समय उनले यूसीसीए र लोयोला मेरीमाउन्ट विश्व बिद्यालयमा पनि अध्ययन गरिन्।[11][12]
नौ वर्षको उमेरमा कुनिस आफ्ना बाबुद्वारा बेबरली हिल स्टुडियोको एक्टिङ कक्षाहरूमा हालिइन्, कक्षाहरू विद्यालय छुट्टी भए पछि हुन्थ्यो जहाँ उनले सुसान कुरटिसलाई भेटिन्। कुरटिस पछि कुनिसको म्यानजर भइन्।[13][14] उनको पहिलो अडिसन 'बार्बी'को विज्ञापनका लागि थियो।[15] पछि उनले 'लिजा फ्रयाङ्क' (उत्पादन कम्पनी) का लागि पनि विज्ञापन गरिन्।[16][17] उनको टेलिभिजनको पहिलो भूमिका भने १९९४मा 'डेज अफ आओर लाईबस'मा रह्यो।[18][19] केही महिना पछि उनको 'बे वाच'मा पहिलो दुई भूमिका रहे। [20] केही साना भूमिका 'सेबेन्त हेबेन'मा रहे र केही सहयोगी भूमिका 'सान्टा विथ मसल्स, हनि वि स्रङ्क आओरसेल्बस,' र एन्जेलिना जोलीको फिल्म 'गिया'मा सानी गिया कारगी का रूपमा रहे।
दस वर्षको उमेरमा, कुनिसले एक रसियाली जिविस केटीको भूमिकामा अडिसन दिईन् जो अमेरिका गएकी हुन्छिन्, त्यसमा उनी असफल भईन्। बरु उनलाई एक मेक्सिकन केटीको भूमिका दिइयो।[21] सन् १९९८ मा कुनिसले 'ड्याडस सेबेन्टी सो'मा जेयाकी बुरक्रहटको भूमिका निभाइन्। कुनिस त्यति बेला चौध वर्षकी मात्र थिईन्, निर्माताहरूको अनुसार भने उक्त भूमिका अठ्ठार वर्षका लागि मात्र उपयुक्त हुन्छ भन्ने थियो तर पछि कुनिसको वास्तविक उमेर थाहा पाएर पनि उनलाई नै भूमिका दिइयो।[5][14] ड्याड्स सेबेन्टी सो आठ मुख्य भागहरूमा चले।[22] उनले लगातार 'योङ स्टार अवार्डस' सन् १९९९ र २००० मा जितिन्।[23]
सन् १९९९, कुनिसले 'ल्यासी च्याबर्ट' ले खेल्दै गरेको 'फ्याम्ली गाए'को 'मेग ग्रिफिन'को भूमिका पाइन्[24] जुन सेथ मेकफेरलेनले बनाएका थिए। कुनिसले 'ड्याट्स सेबेन्टी सो'मा गरेको भूमिकाले गर्दा उनलाई चुनिएको थियो।[25] मेकफेरलेनले उनलाई पहिलो अडिसन पछि फेरि बोलाए र ढिलो बोल्नका लागि आग्रह गरे जसमा कुनिसले आफू त्यसमा सफलता हात पारेको भनिसके पछि उनलाई नै लिइयो।[25] पछि मेकफरलेनले कुनिसमा प्राकृतिक शैली रहेको र उनलाई मेगको भूमिका सुहाएको छ भने।[26] कुनिस एनी अवार्ड पनि छानिइन्।[27] उनले फ्यामली गाएको भिडियो गेममा पनि आवाज दिइन्।[28]
सन् २००१ मा, उनी 'गेट ओवे बिथ इट' भन्ने चलचित्रमा क्रिस्टन डुन्स्टसँग देखिइन्। त्यसलाई पछ्याउँदै २००२ 'अमेरिकन साएको' २ मा विलियम सार्टनरसँग चलचित्र खेलिन् जुन 'अमेरिकन साएकोको' दोस्रो भाग थियो। अमेरिकन साएको २ले खासै राम्रो गरेन।[29] पछि कुनिसले आफैँलाई राम्रो नलागेको स्वकारीन्।[30] सन् २००४मा कुनिसले टिना एन्ड टिनाज विडिङमा भूमिका निभाइन्। सन् २००४ तिर फिल्म खिचिए पनि २००७ सम्म चलचित्रले तयारी रुप पाएन।[31] यो चलचित्र पनि क्रिटिक्सहरलाई मन परेन।[32] 'डि भि डि टक'ले दर्शकहरूले यो चलचित्र नबनेकै भए राम्रो हुन्थ्यो भन्ने बताएका छन्।[33]
२००५मा कुनिसले 'जोन हेडर'सँग 'मुभिङ एमसिएलिस्टर'मा काम गरिन् जुन २००७ सम्म तयार भएन।[34] फिल्म केही हप्ता मात्र चल्यो र खासै राम्रो प्रतिक्रिया पाउन सकेन।[35][36] चलचित्र खेल्ने क्रमलाई पछ्याउँदै 'आफ्टर सेक्स'मा उनले 'जोइ सालडाना'सँग काम गरिन्। जोइसँग उनले 'गेट ओवर विथ इट'मा सँगै काम गरेका थिए।[37] सन् अक्टोबर २००६ मा, उनले 'बुट क्याम्प' भन्ने चलचित्रमा काम गर्न थालीन् जसको नाम सुरुमा 'स्ट्रट एडज' राखिएको थियो।[38][39]
सन् २००८मा कुनिसको 'फरगेटिङ सारा मारसल'मा 'रेचल जेनसन'को भूमिका रह्यो जसका सह निर्माता 'जड अपस्टन' थिए। उक्त भूमिका उनले 'नक्ड अप' को असफल अडिसन पछि पाएकी थिईन्[40] जसले उनको अभिनय शैली निखारिएको बताउँछ।[41] फिल्मले केही राम्रा प्रतिक्रिया पायो।[42] आर्थिक रूपमा पनि राम्रो कारोबार गर्यो; $१०५ मिलियन कमाउँदै।[43] कुनिसको कार्यले प्रशंसा पनि बटुल्यो। 'वाल स्टिर्ट जोर्नल' का 'जोइ मोरगनस्टाइन'ले उनको सुन्दरता र कार्य शक्तिको खुलेर प्रशंसा गरे।[44] 'जेम्स बरडम्नविलि'ले लेखे कि उनी आफ्नो भूमिकामा गाँसिएकी हुन्छिन् र उनलाई कमिक टाइमिङ को पनि ज्ञान छ।[45] पछि उनी टिन च्वाईस अवार्ड को छनोटमा परिन्।[46] एक अन्तर्वार्तामा उनले 'अपाटो'लाई आफ्नो करिएरका लागि धन्यवाद पनि दिए।[40]
'मार्क वेरलवर्ग' सँग सन् २००८मा कुनिसले 'म्याक्स प्यान' चलचित्रमा भूमिका निभाइन् जुन उहीँ नामको एक भिडियो गेममा आधारित थियो। कुनिसले यस भूमिकाका लागि मार्सल आर्ट, बक्सिङ, र हात हतियार चलाउन पनि सिकिन्।[47] $८५ मिलियन कमाउँदै चलचित्रले राम्रो आम्दानी गर्यो।[48] तर विष्लेशकहरूले त्यति राम्रो मानेनन् [49] जसमा धेरैले कुनिसलाई त्यस भूमिकामा नराखिएको भए हुन्थ्यो भन्ने बताए।[50][51] ट्रभिस एस्टफोल्डले लेखे कि उनलाई राखिनु गलत थियो जसमा उनको स्वर उपयुक्त थिएन।[52] निर्माता जोन मुरेलले कुनिसको बचाउ गर्दै भने - " मिलाले हामीलाई चकित पारिन् ... उनी हाम्रो साधारण रोजाइ थिइनन् तर उनले भूमिकालाई राम्रो सँग बाधिँन्। हामीलाई भूमिकामा लेप लगाउनु थिएन। हामीलाई त्यस्तो कलाकार चाहिएको थियो जो तेस्तो बनोस् र आफ्नै शैली बताओस्। मलाई लाग्छ मिलाले सहि रूपमा त्यसलाई पूरा गरिन् "।[47] यसै भूमिकाका लागि कुनिस फेरि टिन च्वाइस अवार्डको छनोटमा परिन्।[53]
सन् २००९मा, उनी 'एक्सट्रयाक्ट' भन्ने हास्य चलचित्रमा बेन एफ्लेक र जेसन वेटम्यानसँग देखिइन्। त्यस चलचित्रले राम्रै प्रतिक्रिया बटुल्यो[54] र $१०.८ मिलयन कमायो।[55] रोजर एग्बर्ट,जो एक क्रिटिकस थिए उनले पनि कुनिसलाई यस चलचित्रमा राम्रै प्रतिक्रिया दिए।[56] निर्माता माइक जजले भने: "अती सुन्दर मिला फिल्मको दुनिँया र वास्तविक दुनियाँमा साटिन सक्छ"।[57]'फरगेटिइ सारा मारसल'मा कुनिसको अभिनय देखे पछि जजले कुनिसलाई 'एस्ट्रयाक'मा भूमिका दिएका थिए। जजले भने, "मैले सोचे - वा ! ,यो केटी उपयुक्त छे र उनले पनि यसका लागि सहमति जनाइन्"। कुनिसले पनि भनिन्, "म पनि माएक जजको ठूलो फ्यान हुँ। मैले भनेँ - हुन्छ। यसमा धेरै कुरा सोच्नु पर्ने कुरा छैन"।[58]
सन् २०१०मा कुनिस डेनजल वासिङ्टनसँग बुक अफ एलीमा देखिइन्। फिल्मले मश्रित प्रतिक्रिया पाए पनि $१५७ मिलियन कमाउँदै राम्रो आम्दानी गर्यो। चलचित्र विशेषज्ञ रिचार्ड रुपरले कुनिसको अभिनयलाई राम्रो भन्दै एक बलियो काम भएको बताए। अन्यले पनि राम्रो भएको बताए, जसमा थिए बक्स अफिस म्यागजिनका पिटि ह्यामन्ड। ऊनले लेखे कि कुनिस मुख्य भूमिकामा छानिनु धेरै ठिक भयो। जसले उक्त चलचित्रलाई मन पराएनन् उनीहरूले पनि कुनिसको खुलेरै प्रशंसा गरे। जेम्स बेरारडिनेली जो ती मध्यका एक थिए, उनले लेखे कि कुनिसको भूमिका कथाको दायरा भित्र नै थियो। 'स्टार ट्रिब्युन' का 'कोलिन कोभर्ट'ले लेखे कि कुनिसले झिल्को ल्याए र आफ्नो शैलीमा आफू ठिक छु भन्ने कुरा बुझाइन्, उनलाई बारम्बार कसैको सहायता चाहिन्न। अरू विशषज्ञ जस्तै 'यु एस ए टुडे'का क्लाडडियआ पियुगले भने कुनिस विज्ञापन खेलेर भागेकी जस्ती देखिन्थिन् भनेर लेखिन्। जे होस् कुनिस टिन चबाईस अवार्डसको छनोटमा भने पर्न सफल भइन्। सन् २०१०मा कुनिसको सानो भूमिका एक हाँस्य चलचित्र डेट नाइटमा रह्यो। यसमा उनले राम्रो प्रतिक्रियाहरू पाइन्। 'सिकागो ट्रिव्युन'का माइकल फिलिपस्ले कुनिसको भूमिका निशानामा लागेको गोली जस्तै भनेर तारिफ गरे।
व्लयाक स्वान चलचित्रबाट कुनिस थुप्रै अवार्डका छनोटमा परिन्। उनी उनको पहिलो गोल्डेन ग्लोव अवार्डको छनोटमा पनि परिन्। यस चलचित्रमा मुख्य भूमिकामा नटाली पोर्टम्यान रहेको थियो। व्लयाक स्वानले उनलाई धेरै राम्रा प्रतिक्रियाहरू दियो। चलचित्रले $१०६.९ मिलियन अमेरिकामा कमायो र क्यानाडामा $३२९ मिलियन कमायो। कुनिसले विभिन्न श्रेणिमा मारसेलो मास्ट्रोइयानी अवार्ड,गोल्डेन ग्लोब अवार्ड, स्क्रिन एक्टरस गिल्ड अवार्डस,र स्याटर्न अवार्डस जितिन्।
सन् २०१३मा 'फ्रेन्डस् विथ बेनिफिटस्' मा जस्टीन टिम्बरलेकसँग कुनिस देखिइन्। फिल्मले $१४९ मिलियन कमायो।
सन् २०१२मा कुनिस 'मारक वालवर्ग'सँग 'टेड'मा देखिइन्। 'टेड' नै $५४९ मिलियनन कमाउँदै कुनिसको हालसम्म बढी कमाउने चलचित्र बन्यो।
सन् २०१३मा कुनिसले 'ओज, द ग्रट एन्ड पाओरफुल' मा (तीन बोक्सी मध्यकी कान्छी) थियोडोरा भइ अभिनय गरिन्। फिल्म र कुनिसले मिश्रित प्रतिक्रिया पाए पनि चलचित्रले $४९३ मिलियन कमाउन सफल भयो।
२०१३को क्यानिज चलचित्र महोत्सवमा देखाइएको चलचित्र 'बल्ड टाइस'बाट कुनिसले राम्रो गर्न सकिनन्। 'द एङग्रिएस्ट म्यान अफ ब्रुकलिन' जसमा कुनिस रोविन विलियम्ससँग देखिए ; त्यसले पनि खासै राम्रो प्रतिक्रिया बटुलेन। टोरोन्टो चलचित्र महोत्सवमा देखाइएको 'थर्ड परसन'ले पनि खासै राम्रो गर्न नसके पनि कुनिसले भने केही प्रशंसा बटुलिन्।
कुनिस एक विज्ञान धारको चलचित्र 'जुप्पिटर एसेन्डिङ'मा 'च्यानिङ टाटुम'मा देखिने भएकी थिइन् जुन १८ २०१४मा रिलिज हुने भएपनि जुन ३ मा फेरबरी ६ ,२०१५मा रिलिज हुने भनियो ।
कुनिस नारी प्रधान टेलिचलचित्र 'मेरिडियन हिल्स'को 'एक्सिक्युटिब प्रड्युसर' बन्ने तय भएका छन्। सन् १९७०को नारी अधिकार आन्दोलनको बारे उक्त टेलिचलचित्र रहनेछ जसमा कुनिक भने देखिने छैनन्।[59][60][61] अक्टोबर २०१४मा कुनिस र उनका साथीहरूले 'अरचार्ड फार्म प्रड्कस्न' सुरु गरेका बताएका थिए।[62]
कुनिस अभिनित चलचित्र ब्याड ममस् जुलाई २९, २०१६ मा रिलिज भएको थियो।[63]
सन् २००७ मा कुनिस 'फनि अर डाइ' भन्ने वेबसाइटको एक भिडियोमा जेम्स फ्रेन्को सँग देखा परिन्। उक्त भिडियो एम टि भिको कार्यक्रम 'द हिल्स'को नक्कल गर्न खोजिएको थियो। त्यस भिडियो १० लाख स्रोताले हेरे जुन वेबसाइटको लागि पनि सफल सावित भयो।[64] 'सन लेबी' ,डेट नाइट को निर्माताले कुनिस र जेम्स फ्रेन्को लाई छान्नुको कारण उक्त भिडियोमा दुई बीचको केमिस्ट्री रहेको बताएका थिए।[65] डिसेम्बर २००८ मा, कुनिस 'साइन योर ओन स्टार', क्रिस्मस क्याम्पेनमा देखिइन्।[66]
सन् २०१० मा उनी 'एसक्वाइर' म्यागजिनको वोमन वि लब भागको एक भिडियोमा पनि उनी सामेल भइन्।[67] कुनिस अन्य महिला कलाकार कर्मीहरूमा पर्छिन् जसको फोटो ब्रायन एडम्स (क्यनाडियन गायक, गितकार)ले खिचेको थियो जुन फोटोहरू 'क्यालभिन क्लेन कलेकसन' को अमेरिकन वोमन २०१० अन्तर्गत पर्थे ; पछि 'ऐन.वाइ.सी. एडस. फाउन्डेसन' लाई दिइएको थियो।[68] सन् २०१०को गर्मी समय तिर कुनिसले, र्यान्डी ज्याकसनलाई नौँ वार्षिक 'क्रिस्यालिस फाउन्डेसन बेनिफिट'मा 'मास्टर अफ सेरोमोनि' भई सहयोग गरिन्। 'क्रिस्यालिस फाउन्डेसन' लस एन्जलसमा रहेको नाफा रहित संस्था हो जसको उद्देश्य कमजोर आर्थिक अवस्था भएकाहरूलाई र घरबार बिहिनहरूलाई रोजगार प्रधान गराई आत्मनिर्भर बनाउनु रहेको छ।[69]
'जि.क्यु' म्यागजिनले उनलाई २०११ को 'नक आउट अफ यअर'मा राखेको थियो।[70]मेनस हेल्थ ले उनलाई सय कामुक महिलाको सुचिमा पनि राखेको थियो।[71] 'एफ एग एम म्याग्जिन' ले २०१२ मा उनलाई 'हट हन्ड्रेड'मा नौँ स्थानमा राख्यो।[72] पछि उनी २०१३को विश्वको सय कामुक महिलाहरूको सूचिमा अंक १ मा नै परिन् जसले चार वर्ष देखि बेलायती महिलाहरू मात्र परेको थियो;[73][74] कुनिसले त्यसको अन्त गरिन्।[75]
सन् २००८ मा उनले भनिन्, "आफ्नो करियरलाई बलियो बनाउनु छ, एफ एच एमको सयजनाको सूचिमा पर्नू भन्दा पनि। तिम्रो स्वरुप मरेर जान्छ त अनि त के बाँकी हुन्छ ?" [8] म्याक्सिम म्यागजिनले सदा जसो कुनिसलाई हट हन्ड्रडको सूचिमा राख्दै आएको छ। सन् २००९ मा पाँचौँमा, २०११ मा नौँमा[76] र २०१२ मा तीन अङ्कमा राखेको थियो। [77][78] २०१२ मा 'इस्क्वाएर' म्यागजिनले कुनिसलाई सेक्सिएस्ट वोमन अलाईब भन्ने नाम दियो [79]। 'आस्क म्यान'ले उनलाई २०१३को 'टप नाइन्टिनाइन वोमन'को सूचिमा २ अङ्कमा राखिन् जसमा कुनिस जेनिफर लरेन्सको पछाडि थिईन्। [80] सन् २०१३मा कुनिसले बताइन् - "म त्यति भन्न सक्छु कि मलाई कामुक भनिएको मा म सम्मानित भएको महशुस गर्छु "। [81]
सन् २०१२ मा 'क्रिस्चियन डोर'; एक फ्रान्सेली कम्पनिले स्परिङ फेसन क्यामपेन को एक अनुहार बन्न निम्त्याएको थियो।[82][83] फेरबरी २०१३ मा उनी जेम फिल्डस कम्पनीको 'ग्लोवल ब्रान्ड एमब्यासडर' पनि भइन् र विज्ञापनको एक अनुहार भइन्।[84] जेमफिल्डस एक आन्नदायी सामान उत्पादन गर्ने कम्पनी जसले बहुमुल्य रत्नहरू निर्यात गर्छ, उनले जेमफोल्डसको खानी पनि घुमिन् जुन ज्यामबियामा छ।[85]
सन् २०१३मा 'फोर्ब्स' म्यागजिन्मा उनी 'सय शक्तिशाली सेलिब्रेटी'को ८९औँ शङ्ख्यामा परिन् जुन पाँच श्रणी अनुसार छुट्याइएको थियो - धन, टि.भि./रेडियो, प्रेस, सामाजिक रूपमा, मार्केटिङ शैली, जसमा कुनिस मार्केटिङ शैलीमा १४नम्बरमा थिई जुन अरु पाँच श्रेणीमा भन्दा बढी थियो। जुन २०१३को अन्तिम सम्म उनले $१,करोट १०लाख कमाई सकेकी थिईन्।[86]
२०१४ मा उनी 'बिम',एक हुस्की उत्पादन कम्पनीको विज्ञापनहरूमा देखिइन्।[87]
सेप्टेम्बर १४, २०११ मा एफबिआइले कुनिसको र अन्य सेलिब्रटीको फोन, इमेल खाता ह्याक भएको नभएको खोजिनीति गरिरहेको जनाएको थियो।[88][89][90] पछि फ्लोरिडाको 'क्रस्टोफर'ले आफू नौ वटा ह्याकिङ घटनामा दोषि भएका स्विकारे। [91]
सन् नोबम्बर २०११मा अमेरिकी सामुन्द्रिक सैनिक समुहको स्थापनको २३६औँ वार्षिक उत्सवमा पनि कुनिस सहभागी भइन्। सारजेन्ट स्कट मुरेको अफगानिस्तानको हेलमन्युड प्रान्तबाट यु ट्युबको निम्तो भिडियो हेरपछि कुनिस उक्त कार्यक्रममा सहभागी भइन्।[92]
कुनिस डेमोक्रेटिक पार्टी र बाराक ओबामाका पक्षधर हुन्।[93] सन् २०१२ को एक अन्तरवार्तामा उनले रिपबक्लिक पार्टीको खण्डन गर्दै भनिन् - 'रिपबक्लिकनहरूले आइमाईको बारेमा बोलेको कुरा मलाई असरदायी लाग्छ। उनीहरूले धर्मको बारे बोलेका कुरा असर पार्ने खालका छन्। म यहुदी पछ्याइरहेको त छैन। जिससको बारे मात्र कति बोल्नु पर्यो?[94]
जनवरी २०११ मा उनले आँखामा क्रोनिक इरिटिस् नामक अवस्था रहेको बताएकी थिई जसले उनको एउटा आँखामा अन्धोपन ल्याएको थियो। उक्त भनाइको २ महिना पहिले अघि मात्र उनले आँखाको अवस्था सुधार्न शल्यक्रिया गराएकी थिइन्।[95] कुनिसको Heterochromia iridumभन्ने आँखाको अवस्था छ जसमा आँखाको आइरिस नामको भाग दुइटा भिन्नै रङका हुन्छन् जसमा उनको बायाँ आँखाको खैरो र दायाँ आँखाको हरियो रङको रहेको छ।[96][97]
सन् २००२ मा उनले नायक मकाउले कुल्किनसँग डेटिङ सुरु गरेकी थिई।[98][99] यस क्रममा कुनिसको नायक 'मकाउले कुल्किन' सँग विवाह हुने हल्ला चलेको थियो तर कुनिसले यो कुरा गलत भएको बताइन्।[100] 'व्लायकबुक म्यागजिन' को अन्तर्वार्तामा उनले भनिन्, "विवाह मेरो लागि त्यो विषय होइन जुन चाँसोको विषय होस्"[101] र आफ्नो र मकाउले कुल्किनको गोपनियता बचाउने प्रयासमा भनिन्, "हामी यो कुरा प्रेससँग बोल्दैनौँ। यो मैले चाहेको भन्दा पनि बढी फिँजियो"।[102] प्रेस र आफुले चलाउने ट्याबलोइडमा कुनबाट उम्कन मुस्किल छ भन्ने प्रश्नमा कुनिसको जवाफ थियो - "मलाई आफ्नो व्यक्तिगत जीवन व्यक्तिगत नै राख्नु छ जसरी भए पनि"। के त्यसो गाह्रो हुन्न भन्ने प्रश्नमा- "मलाई मतलब भएन। म आफ्नो चिहानसम्म प्रयास गरेर जानेछु। यो गाह्रो छ तर म एउटा सानो भित्ताको सानो दुलो सम्मलाई बार मान्दै जानेछु। म आफुलाई पहिलै घटित हुने ठाउँमा लैजाने छैन"।[103] कुनिसले खुल्ला रूपमा जनवरी ३, २०११ मा आफ्नो र कल्किनको सम्बन्धको अन्त भएको बताएकी थिइन्। यो राम्रोको लागि नै भएको र उनीहरू अझै नजिकका साथी भएका उनले बताएकी थिइन्।[98]
अप्रिल २०१२ मा 'ड्याट्स सेबेनटिज शो' को एस्टन कचरसँग डेटिङ गइन्। [104][105] फेब्रुअरी २०१४ मा वैवाहिक नातामा जोडिए। [106] सेप्टेम्बर २०१४ मा उनीहरूले एक छोरी जन्माए जसको नाम व्याट इसाबेला राखे। [107][108] जुन २०१६ मा उनीहरूको प्रतिनिधिले उनीहरूले दोस्रो सन्तानको अपेक्षा राखेको बताए।[109]
कुनिसद्वारा अभिनित चलचित्रहरू तल अङ्ग्रजीमा दिइएका छन्।
वर्ष | अवार्ड | श्रेणी | उपाधि | नतिजा |
---|---|---|---|---|
१९९९ | योङ आर्टिष्ट अवार्ड | बेस्ट परफरमन्स इन टिभि सिरिज | ड्याट्स सेबेन्टी सो | मनोनित |
१९९९ | योङ स्टार अवार्ड | वेस्ट परफरमन्स अफ योङ एक्टेरस इन कमिडीसो | विजयी | |
२००० | टिन च्वइस अवार्ड | च्वइस एक्ट्रेस | मनोनित | |
२००० | योङ आर्टिष्ट अवार्ड | बेस्ट परफरमेन्स इन टिभि सिरिज | मनोनित | |
२००० | योङ स्टार अवार्ड | बेस्ट योङ एक्टेरस इन कमेडि सिरिज | विजयी | |
२००१ | टिन च्वइस अवार्ड | च्वइस एक्टरेस | मनोनित | |
२००१ | तोङ आरटिष्ट अबार्ड | बेस्ट परफरमन्स इन कमेडी सिरिज ;लिडिङ योङ एक्टेरेस | मनोनित | |
२००२ | टिन च्वइस अवार्ड | च्वइस एक्टेरेस | मनोनित | |
२००२ | योङ हलिउड अवार्ड | विजयी | ||
२००३ | टिन च्वइस अवार्ड | च्वइस टिभि एक्टेरेस | मनोनित | |
२००४ | टिन च्वइस अवार्ड | च्वइस टिभि एक्टेरेस (हास्य) | मनोनित | |
२००५ | टिन च्वइस अवार्ड | च्वइस टिभि एक्टेरेस (हास्य) | मनोनित | |
२००६ | टिन च्वइस अवार्ड | च्वाइस हाँस्य[110] | मनोनित | |
२००६ | स्पाइक भिडियो गेम | फ्याम्ली गाई भिडियो गेम | मनोनित | |
२००६ | स्पाइक भिडियो | विजयी | ||
२००७ | एनी अवार्ड | आवाज अभिनय | फ्याम्ली गाई | मनोनित |
२००८ | टिन च्वाइस | फरगेटिङ सारा मारसल | मनोनित | |
२००९ | टिन च्वाइस | म्याक्स पेन | मनोनित | |
२०१० | टिन च्वाइस | द बुक अफ एली | मनोनित | |
२०१० | स्क्रिम अवार्ड | मनोनित | ||
२०१० | भेनिस इन्टरनेसनल फिल्म | ब्ल्याक स्वान | विजयी | |
२०१० | गोलडेन ग्लोब | मनोनित | ||
२०१० | स्क्रिन एक्टरस् | मनोनित | ||
२०१० | स्क्रिन एकटरस् | मनोनित | ||
२०१० | ब्रोडकास्ट फिल्म | मनोनित | ||
२०१० | डलाज फोर्ट वोर्थ फिल्म क्रिटिक्स | मनोनित | ||
२०१० | ओक्लोहमा फिल्ल क्रिटिक्स | विजयी | ||
२०१० | लस भेगास फिल्म क्रिटिक्स | मनोनित | ||
२०१० | उताहा फिल्म क्रिटिक्स | मनोनित | ||
२०१० | अनलाईन फिल्म क्रिटिक्स सोसाइटी | मनोनित | ||
२०११ | स्याट्रन अवार्डस् | विजयी | ||
२०११ | एम टि बि अवार्डस् | मनोनित | ||
२०११ | टिन च्वाइस | च्वाइस मुभि[111] | मनोनित | |
२०११ | टिन च्वाइस | मनोनित | ||
२०११ | टिन च्वाइस | उनी आफैँ | मनोनित | |
२०११ | टिन च्वाइस | च्वाइस समर : महिला [112] | फ्रेन्ड्स विथ बेनिफिट्स् | मनोनित |
२०११ | स्क्रिम अवार्ड | सफल सहयोगी नायिका[113] | ब्ल्याक स्वान | विजयी |
२०१२ | पिपुल च्वाइस अवार्ड | Favorite Comedic Movie Actress[114] | फ्रेन्ड्स विथ बेनिफिट्स् | मनोनित |
२०१२ | रेमब्रेन्ट अवार्ड | सफल अन्तर्राष्ट्रिय नायिका[115] | मनोनित | |
२०१३ | पिपुल च्वाइस अवार्ड | रुचाइएकी चलचित्र नायिका[116] | उनी आफैँ | मनोनित |
२०१३ | पिपुल च्वाइस अवार्ड | हास्य चलचित्र नायिका[116] | मनोनित | |
२०१४ | ब्रोडकास्ट फिल्म | सफल नायिका (हास्य)[117] | टेड | मनोनित |
२०१३ | MTV मुभि अवार्ड | मनोनित | ||
२०१३ | एम टि भि अवार्डस | MTV मुभि बेस्ट फेमल पर्फरमन्स | मनोनित | |
२०१३ | टिन चबाईस अवार्ड[118] | ओज द ग्रेट एन्ड पाओरफुल | मनोनित | |
२०१३ | टिन चबाईस अवार्ड | चबाईस फेमल हटी | उनी आफैँ | मनोनित |
२०१४ | एम टि भि अवार्डस् | खलनायिका[119] | ओज द ग्रेट एन्ड पाओरफुल | विजयी |
२०१५ | टिन च्वाइस अवार्ड्स | चोइस मुभी एक्ट्रेस, Sci-Fi | जुपिटर एसेन्डिङ | मनोनित |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.