From Wikipedia, the free encyclopedia
चीनको महान अग्रगामी छलाङ सन् १९५८-१९६२ मा चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको आर्थिक तथा सामाजिक अभियान थियो। अध्यक्ष माओको आर्थिक तथा सामाजिक कार्यक्रम ‘महान अग्रगामी छलाङ’ले कृषि प्रधान चीनलाई औद्योगीकरण र सामूहिकीकरणमा लाने उद्देश्य बोकेको थियो । महान छलाङ अभियानले करोडौं मानिसको मृत्यु निम्त्यायो। [1] यस अवधिमा कम्तीमा १ करोड ८० लाख देखि ३ करोड मानिसहरू भोकमरीले मरेको अनुमान गरिन्छ र यसै बराबरको जन्म गुम्यो। यसले गर्दा चीनको यो भोकमरी मानव इतिहासकै सबैभन्दा ठूलो भोकमरी बन्यो । [2]
चीनको जनवादी क्रान्ति, अक्टूबर १९४९मा कुओमिताङ (चीनीयाँ राष्ट्रवादी पार्टी, जो ताइवानमा पलायन भएको थियो) को हार पश्चात् चीनीयाँ कम्युनिस्ट पार्टीले जनवादी गणतन्त्र चीनको स्थापनाको घोषणा भयो। यसपछि तुरुन्त, जमिनदार र धनी किसानहरूको भूमि जबर्जस्ती गरीब किसानहरूलाई वितरण गरियो। कृषि क्षेत्रमा, पार्टीलाई खराब लाग्ने गरेको बाली (जस्तो अफिम गाँजा), लाई नष्ट गरियो र त्यसको स्थानमा चामल जस्ता अन्या बालीहरू खेती गरियो।
पार्टी भित्र , पुनर्वितरणको मुद्दा मा प्रमुख बहसहरू भए। पार्टी र भित्र का एक उदारवादी गुट र पोलिटब्यूरो सदस्य लीउ शओचीले "परिवर्तन क्रमिक रूपमा हुन आवश्यक छ र कुनै पनि कृषिको सामूहिकीकरण गर्नका लागि पहिले औद्योगिकीकरण हुन आवश्यक छ। यसले यन्त्रीकृत खेतीको लागि मेसिनरी पर्दान गर्न सक्छ। " भन्ने तर्क दिए। माओ त्से तुङ् नेतृत्वका एक (कट्टरपन्थी) गुटले "औद्योगिकीकरणको लागि पर्याप्त वित्तीय संसाधन एकत्रित गर्नको लागि सबैभन्दा सरल तरिका भनेको सरकारको कृषिमाथि नियन्त्रण गर्नु हो"तर्क दिएका थिए, जसबाट अन्नको वितरण र आपूर्तिमाथि सरकारको एकाधिकार स्थापित होस्। यस्तो गर्दा सरकार कम मूल्यमा खरिद गरी महङ्गोमा बेच्न सक्थ्यो, यस प्रकार देशको औद्योगिकीकरणको लागि आवश्यक पूंंजी जुटाउन सकिन्थ्यो।
कृषि नीतिको असफलता, कृषिबाट औद्योगिक क्षेत्र तर्फ किसानहरूको बदलाब र मौसमको स्थितिको कारण गम्भीर भोकमरीले करोडौं मानिसको मृत्यु भयो। गृहयुद्धको अन्त पश्चात् अलिअलि सुधृढ हुँदै गएको अर्थव्यवस्था डामाडोल भयो। गम्भीर परिस्थितिहरूको बीच, जनतामा प्रतिरोध भयो।
आपतको स्थिति सम्हाल्न सरकारको माथिल्लो स्तरमा प्रभाव जटिल थियो। १९५९ मा माओले राष्ट्रिय रक्षा मन्त्री पेङ देहुई लाई हटाएर लिन बियाओ, लियू शाओकी र देङ शियाओ पिङ शियाओपिंग लाई अस्थायी रूपमा पदोन्नति प्रदान गरे। माओको शक्ति र प्रतिष्ठा क्षीण हुँदै गयो, जसलाई फेरि प्राप्त गर्ने उद्देश्यले (ग्रेट लिप फरवार्ड पश्चात), उनले १९६६ मा सांस्कृतिक क्रान्ति सुरु गर्ने निर्णय गरे।
हानिकारक कृषि नवाचारको बावजूद, १९५८ मा निकै मौसम अनुकूल थियो र बाली उब्जनी राम्रो हुने आशा गरिएको थियो। दुर्भाग्यबश, इस्पात (स्टिल) उत्पादन र निर्माण परियोजनाको लागि श्रमिकहरूको भारी मात्रा संख्यामा कृषिबाट पलायन को मतलब यो थियो कि केहि क्षेत्रमा धेरै अन्न बालीहरूलाई सोच विचार विना सड्न दिइयो । माओले ग्रेट स्प्यारो अभियानद्वारा चीनको धेरै क्षेत्रमा भगेराहरू मार्न लगाए। भगेराहरूले बाली बर्बाद गरेको उनको सोचाइ थियो। जब विनाशकारी किरा फटयांग्रा/ सलहहरूले भारी मात्रामा अन्न बाली नष्ट गर्यो, तब समस्या झनै बढ्यो। माओले ती किरा फट्याङ्ग्राको प्राकृतिक सिकारी भँगेराहरूलाई मारेकाले ठूलो मात्रामा अन्न बालीको नष्ट भयो।
महान अग्रगामी छलाङद्वारा भएको मृत्युको अनुमान | ||
---|---|---|
मृत्युको संख्या
(दस लाख) |
लेखक | साल |
२३ | पेङ[4] | १९८७ |
२७ | कोयल[5] | १९८४ |
३० | एश्टन, एट अल।[6] | १९८४ |
३० | बेनिस्टर[7] | १९८७ |
३० | बेकर[8] | १९९६ |
३२.५ | काओ[9] | २००५ |
३६ | याङ[10] | २००८ |
३८ | चाङ र हैलिडे | २००५ |
३८ | अफवाह | २००८ |
४५ न्यूनतम | डिकटर | [ सत्यापित करें ][ सत्यापित करें ]2010 |
४३-४६ | चेन | १९८० |
५५ | यू जिगुआङ[11][12] | २००५ |
अनुमानमा त्रुटिको कयौं स्रोत छन्। राष्ट्रिय जनगणनाको आँकडा सटिक थिएन र त्यससमयमा चीनको कुल जनसंख्या ५ करोड देखि १० करोड बिच हुन सक्थ्यो।[13]
मृत्युको कम आँकलन पनि एक समस्या थियो। मृत्यु दर्ता प्रणाली, जुन अकाल भन्दा पहिले नै अपुग थियो,[14] अकालको समयमा ठूलो संख्यामा मृत्युको कारण ठप्प भयो।[14][15][16] यसबाहेक, मृतकको परिवारका सदस्य उनको हिस्सको रासन लिनको लागि भएर कयौं मृत्यु दर्ता नै गरिदैनथ्यो। १९५३ र १९६४ को बीच जन्मेका र मरेका बच्चाहरूको संख्या, दुवै समस्याग्रस्त छन्।[15] यद्यपि, एश्टनका अनुसार "अग्रगामी छलाङको दौरान रिपोर्ट गरिएका जन्मको संख्या ठीक लाग्छ। त्यसैले मृत्युको संख्या पनि ठीक हुनु पर्छ।[17] ठूलो स्तरमा आन्तरिक बसाइँसराइको कारणले पनि जनसंख्या र मृत्युको गणना, दुवैमा त्रुटि देखियो,[15] यद्यपि याङको अनुसार अनौपचारिक रूपमा आन्तरिक बसाइँसराइको संख्या निकै कम थियो। [18] र काओको अनुमान अनुसार आन्तरिक बसाइँसराइलाई ध्यान दिइएको छ।[19]
महान अग्रगामी छलाङको दौरान सबै मृत्यु भोकमरीबाट भएको थिएन। फ्रान्क डिकाटरको अनुमान अनुसार कम्तीमा २५ लाख मानिसहरूलाई कुटपिटबाट हत्या गरिएको थियो र दस-तीस लाख मानिसहरूले आत्महत्या गरेका थिए।[20][21] उदाहरण दिदै उनले बताएका छन्, सिनयाङ (Xinyang) मा, जहाँ १९६० मा दस लाख भन्दा अधिक मानिसहरूको मृत्यु भएको थियो, यिनमा ६-७% (लगभग ६७,०००) लाई कम्युनिष्ट गुन्डागर्दीबाट कुटीकुटी मारिएको थियो। दाओसियन काउन्टीमा, मर्नेहरूम १०% लाई "जिउँदै पुरिएको, डन्डाले कुटपिटबाट मारिएको वा पार्टी सदस्या र पार्टीको गुन्डाबाट मारिएका" हरू थिए। १९६० मा सिमेन काउन्टीमा, लगभग १३,५०० मानिसको मृत्यु भयो, यिनमा १२% कुटपिटबाट हत्या भएको थियो।"[22] यांग जिशेंग के अनुसन्धान के मुताबिक़,[23][24] मानिसहरूलाई सरकार विरुद्ध विद्रोह गर्न, अन्न उत्पादनको सहि सूचना नदिदा, मानिसहरूलाई सचेत गराउँदा, बचेखुचेको अन्न सुम्पन अस्वीकार गर्दा, भाग्ने कोसिइस गर्दा, अकाल-प्रभावित क्षेत्रबाट सर्ने भाग्ने कोसिस गर्दा, भिख माग्दा, खाना चोरी गर्दा वा अधिकारीहरूलाई रिस उठ्दा मानिसहरूलाई कुटपिट गरिन्थ्यो वा सिधै मारिन्थ्यो।
महान छलाङको दौरान, सुरुमा चिनियाँ अर्थतन्त्रमा सुधार देखियो। १९५८ मा फलामको उत्पादन ४५% ले वृद्धि भयो र अर्को दुई वर्षमा ३०% ले बढ्यो, तर १९६१ मा गिरावट देखियो। फेरि १९५८ कै स्तरमा पिग्नको लागि १९६४ सम्म कुर्न पर्यो।
महान छलाङमा मानव इतिहासमा अचल सम्पत्तिको सबैभन्दा ठूलो बिनाश भएको थियो। द्वितीय विश्व युद्धको कुनै पनि बमबारी अभियान भन्दा पनि धेरै धनमालको नाश भएको थियो।[25] चीनक लगभग ३०% देखि ४०% घरहरू जलाइयो।[26] फ्र्यान्क डिकाटरका अनुसार "घरहरूलाई उत्पादनमूलक बनाउन, क्यान्टिन बनाउन, गाउँ बस्ती स्थानान्तरित गर्न, सडक बाटो सिधा बनाउन, राम्रो भविष्यको लागि, वा घर मालिकलाई दण्ड दिन मात्रै भए पनि घरहरू नष्ट गरियो।"[25]
कृषि नीतिमा, महान छलाङ को दौरान खाद्य आपूर्तिकी विफलता पश्चात् १९६० को दशकमा क्रमिक रुपमा सामूहीकरणको नीतिलाई सरकारले उल्टाउन सुरु गर्यो। यसले देङ शियाओ पिङको मातहत हुने विसामूहीकरण (de-collectivization)को भावी संकेत दियो। राजनीतिक वैज्ञानिक मेरेडिथ जङ-एन वूको तर्क छ: "निर्विवाद रूपमा कम्युनिष्ट शासन लाखौं किसानको जीवन बचाउनको लागी समयमै प्रतिक्रिया दिन असफल रह्यो, तर अंततः जब सरकारले प्रतिक्रिया दियो, तब करोडौं किसानको जीवन बदलियो। (१९६०को दशक की शुरुआतमा सामन्य रुपमा , तर १९७८ पछि देङ शियाओ पिङको सुधार पछि व्यापक रुपमा)।"[27]
आफ्नो करियरको लागि जोखिमको बाबजुद, कम्युनिस्ट पार्टीको केहि सदस्य खुला रूपमा पार्टी नेतृत्वलाई यो संकटको लागी प्रश्न गरे। उनीहरूले चीनलाई शिक्षामा अधिक भरोसा गर्नुपर्छ, प्राविधिक विशेषज्ञता प्राप्त गर्नुपर्छ र अर्थव्यवस्था को विकासको लागि बुर्जुआ विधि लागू गर्नु पर्छ भन्ने तर्क राखे। लियू शाओकीले १९६२ मा सेभेन थाउजेन्ड क्याडर कन्फ्रेन्स मा एक भाषणमा भनेका थिए "आर्थिक संकटमा प्रकृतिको ३०% गल्ती थियो भने, ७०% मानवीय त्रुटि।"[28]
पेकिङ विश्वविद्यालयका दुई अर्थशास्त्रीको २०१७ को एक शोधपत्र मा "१९५९-६१ को दौरान अत्याधिक मृत्युदरको कारण अवास्तविक उपज लक्ष्य थियो भन्ने कुराको ठोस प्रमाण मिलेको छ र अगाडिको विश्लेषणबाट यो थाहा हुन्छ कि "उत्पादनको लक्ष्यले अन्न उत्पादनको आँकडाको मुद्रास्फीति र अत्याधिक खरिदलाई प्रेरित गर्यो। माओ को मृत्युको दशक पछि उनको कट्टरपन्थी नीतिबाट प्रभावित क्षेत्रमा सुस्त आर्थिक बिकास र मानव पूँजी सञ्चयमा गम्भीर गिरावटबाट ग्रस्त रह्यो।"[29]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.