महानन्दा नदी

बङ्गलादेशको नदी From Wikipedia, the free encyclopedia

महानन्दा नदी

महानन्दा नदी (हिन्दी, महानन्दा नदी, बङ्गाली: মহানন্দা নদী) एक सीमा पार गर्दै बग्ने नदी हो, जुन भारतीय राज्य पश्चिम बङ्गाल, बिहार बङ्गलादेश भएर बग्दछ। यसको दायाँ सहायक नदीहरू, मेची नदी जसले नेपालको पूर्वी सिमाना पश्चिम बङ्गालसँग छुट्याउछ र कन्काई नदी नेपाल भित्रबाट बग्दछ।

छरितो तथ्यहरू महानन्दा नदी, स्थान ...
महानन्दा नदी
Thumb
Thumb
स्थान
Countryभारत
Stateपश्चिम बङ्गाल
भौतिक विषेशताहरू
मुख 
   स्थान
गोदागिरि
लम्बाइ360 units?
जलाधारका विशेषताहरू
स्थल चिन्हहरूमहानन्दा वन्यजन्तु आरक्ष
सहरहरूसिलगुढी
बन्द गर्नुहोस्

कोर्स

महानन्दा नदी हिमालयहरूमा उत्पत्ती हुन्छ: चिल्मि नजिक माहालधिराम् पहाडको पग्लाझोरा झरना र दार्जिलिङ जिल्लामा खर्साङको पुर्ब २१०० मीटरको उचाई (६९०० फुट) मा।[१][२][३] यो नदी महानन्दा वन्यजन्तु आरक्ष हुँदै बग्दछ र सिलगुढी नजिकको मैदानमा झर्दछ। यसले जलपाईगुडी जिल्ला समेतलाई छुन्छ।[२][४]

त्यसपछि यो बङ्गलादेश (टेँटुलिया नजिक पञ्चगढ जिल्ला)मा प्रवेश गर्दछ। टेँटुलिया पछि ३ किलोमीटर (१.९ मील) बङ्गलादेशमा बग्छ र पुनः भारत तर्फ फर्कन्छ। [५] भारतको पश्चिम बङ्गालमा उत्तर दिनाजपुर र बिहारमा किशनगञ्ज, कटिहार जिल्ला हुँदै बगे पछि, फेरि यो पश्चिम बङ्गाल (मालदा जिल्लामा) प्रवेश गर्दछ।[६][७] महानन्दा नदीले मालदा जिल्लालाई दुई क्षेत्रहरूमा बाड्दछ - पूर्वी क्षेत्र जहाँ प्रायः बगर र तुलनात्मक रूपले उर्भर नभएको माटो रहेको छ जसलाई सामान्यतया Barind (बोरेन्द्रो भूमि) भनिन्छ र पश्चिमी क्षेत्र कलिन्द्री नदीद्वारा उत्तरी र दक्षिणी गरी दुई क्षेत्रहरूमा पुनः बिभाजित छ। उत्तरी क्षेत्र "ताल"को रूपमा चिनिन्छ र यो कम उचाईमा रहेको छ। यहाँ वर्षाको समयमा बाढीको खतरा छ। दक्षिणी क्षेत्रमा धेरै मलिलो तथा उब्जाउ भूमि रहेको छ र यहाँ घना वस्ती रहेको छ, जसलाई सामान्यतया "दाएरा" को रूपमा चिनिन्छ। [८]

यो नदी गोदागिरी, नवाबगञ्ज जिल्ला, बङ्गलादेशमा गङ्गासँग मिसिन्छ।[१]

बेसिन डेटा

महानन्दा नदीको कुल लम्बाई ३६० किलोमीटर (२२० मील) छ[९] जस मध्ये ३२४ किलोमीटर (२०१ मील) भारतमा र ३६ किलोमीटर (२२ मील) बङ्गलादेशमा छ।

महानन्दाको कुल जल निकासी क्षेत्र २०,६०० वर्ग किलोमीटर (८००० वर्ग मील) छ जस मध्ये ११,५३० वर्ग किलोमीटर (४४५० वर्ग मील) भारतमा छ[१]

सहायक नदीहरू

महानन्दा नदीको प्रमुख सहायक नदीहरू बालासोन, मेची, रतुवाकन्काई हुन्[१]। सिलीगुडी क्षेत्रमा यसको तीन सहायक नदीहरू छन् ती हुन्: त्रिनाई, रेनोचण्डी र चकोर र दौक को जोडी ( दुई नदीहरू मिसिएर एक सहायक नदीको रूपमा महानन्दा नदी सँग मिसिएको छ।)[२]

इतिहास

(Kausiki) कोसी, जो पूर्वोत्तर बिहार भएर बग्दछ र राजमहलको तुलनामा एक बहुत उच्च बिन्दुमा गङ्गामा मिसिन्छ, मूल रूपबाट पूर्व तर्फ लाग्दछ र ब्रह्मपुत्रमा खस्दछ। कोसीको चैनल, त्यसपछि निरन्तर रूपमा पश्चिम अगाडि बढाईएको छ, पुरै उत्तर बङ्गालको हरेक छेउमा पार गरेर। त्यहाँ एक समय थियो जब कोसी र महानन्दा Karatoya मा मिल्दथे र यसको दक्षिणमा बस्ने मानिसले एक प्रकारको समुह गठन गरेका थिए र KOCHS र किराँत नदीको उत्तरमा बस्थे।[१०]

सन्दर्भ सामग्री

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.