भारतको प्रधानमन्त्री (Prime Minister of India) भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख, तथा लोकसभामा बहुमत ल्याउने दलको नेता हुन्छन् । प्रधानमन्त्रीले भारत सरकारको कार्यपालिकाको नेतृत्व गर्छन् ।

छरितो तथ्यहरू भारतको प्रधानमन्त्री, सम्बोधन ...
भारतको प्रधानमन्त्री
भारतको चिन्ह
Thumb
भारत सरकार
प्रधानमन्त्रीको कार्यालय
सम्बोधनसम्माननीय (औपचारिक)
महामहिम (कुटनीतिक)
सदस्य
  • मन्त्रीमण्डल
  • योजना आयोग
प्रतिवेदन पेशभारतको संसद
निवास७ रेस कोर्स रोड
आसनराइसिना हिल, नयाँ दिल्ली, भारत
नियुक्तिकर्ताभारतको राष्ट्रपति
प्रथम पदाधिकारीजवाहरलाल नेहरु
गठन15 अगस्ट 1947; ७६ वर्ष पहिले (1947-०८-15)
तलब२ मिलियन (युएस$२८,०००) (वार्षिक, ९६०,००० (युएस$१३,०००) संसद तलब समाहित) [1]
वेबसाइटप्रधानमन्त्री कार्यालय
बन्द गर्नुहोस्

नरेन्द्र मोदी भारतको वर्तमान प्रधानमन्त्री हुन् ।

परिचय

भारतीय संविधानको अनुच्छेद ७४ मा स्पष्ट रूपले मन्त्रीपरिषदको अध्यक्षता तथा सञ्चालनको निमित्त प्रधानमन्त्रीको उपस्थिति आवश्यक मानेको छ । उसको मृत्यु वा त्यागपत्रको अवस्थामा सम्पूर्ण परिषदलाई पद छोड्नु पर्दछ । उ एक्लै मन्त्री परिषदको विस्तार गर्दछ । राष्ट्रपतिद्वारा मन्त्रीहरूको नियुक्ति प्रधानमन्त्रीकै सल्लाहमा गर्दछ । राष्ट्रको प्रशासन सम्बन्धि सबै कार्य, क्याबिनेटको कार्य, मन्त्रीहरूको कार्य विभाजन लगायत सबै नीतिगत निर्णय प्रधानमन्त्रीले नै गर्दछ । राष्ट्रपति तथा मन्त्री परिषदको मध्यमा उसैले सम्पर्क सुत्रको काम गर्दछ । मन्त्रीपरिषदको प्रधान प्रवक्ता पनि प्रधानमन्त्री नै हुन्छन् । यिनै सबै कारणले गर्दा प्रधानमन्त्रीलाई भारतको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व मानिन्छ ।

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.