बर्रो
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
नेपाली नाम : बर्रो
बर्रो | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | Magnoliophyta |
वर्ग: | Magnoliopsida |
गण: | Myrtales |
कुल: | Combretaceae |
वंश: | Terminalia |
प्रजाति: | T. bellirica |
वैज्ञानिक नाम | |
Terminalia bellirica (Gaertn.) Roxb. | |
संस्कृत नाम : तेलाफल
अङ्ग्रेजी नाम : Belleric myrobolon
वनस्पति परिवार : Combretaccae
बैज्ञानिक नाम : Terminalia bellirica ( Gaertn.) Roxb.
यो २०–३० मिटरसम्म अग्लो हुने ठूलो पतझर रूख हो। यसका पातहरू ठूला, १०–२५ सेन्टिमिटर लामा, ७–१५ सेन्टिमिटरसम्म चौडा र अण्डाकार हुन्छन्। पातहरू खासगरि हाँगाका टुप्पामा झुप्पा परेर रहेका हुन्छन्। यसका फूलहरू हाँगाका टुप्पामा पातहरूको बीच बीचमा लामा लामा डाँठको वरीपरी फेद देखि टुप्पासम्म मिलेर रहेका हुन्छन्। फूलहरू साना, हल्का पहेँला रंगका र नमीठो गन्ध आउने हुन्छन्। फूलहरू बैशाख / जेष्ठ सम्म फुल्दछन्। फलहरू करीब २.५ सेन्टिमिटर लामा अण्डाकारका र खैरा मसिना रौँहरूले ढाकिएका हुन्छन्।
वर्रोका रूखहरू ११०० मिटर सम्मको उचाइमा तराई तथा भित्री मधेसका जंगलहरूमा पाइन्छन्। धेरै सुख्खा ठाउँमा भन्दा चिस्यान भएको ठाउँतिर यो राम्ररी हुर्कन्छ।
आयुर्वेदिक औषधीय पद्धतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो। फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ। फलको गुदीदार भाग दाँत बलियो बनाउन एवं गीजाबाट रगत आउने रोगमा प्रयोग गरिन्छ। त्यसैगरि फल दम, खोकीमा पनि प्रयोग गरिन्छ भने भिजाएको बासी पानीले धोएर आँखा सफा गर्ने पनि गरिन्छ। यसको रुखको बोक्रा टेनिन (Tannin) का लागि उपयोगमा ल्याइन्छ। टेनिन छाला उद्योगमा छाला प्रशोधन गर्नुका साथै धेरै सम्म खप्ने बनाउनका साथै रंगमा चमक ल्याउने काममा समेत प्रयोग गरिन्छ। वीउबाट निकालिएको तेल छालाको रोगमा पनि प्रयोग गरिन्छ।
यो विरुवा जंगलमा प्रशस्त पाइने भएकोले खेती गर्ने त्यति चलन छैन। तैपनि विरुवाहरू तयार गर्न निम्न किसिमका विधिहरू अपनाइन्छ।
यसका फलहरू मंसिर देखि पाक्दछन् त्यसकारण मंसिर देखि फागुन महिना सम्ममा सङ्कलन गर्न सकिन्छ। खासगरि यसका फलहरू बाँदरले खाने भएकाले पाक्ने वित्तिकै सङ्कलन गर्नु उचित हुन्छ। सङ्कलन गरेका फलका गुदीदार भाग हटाएर केही दिन राम्ररी सुकाएर भण्डार गर्नु पर्दछ। यसको वीउको उमार शक्ति १ वर्षसम्म रहन्छ ता पनि एक वर्षसम्म राखेमा उमार प्रतिशत एकदम कम हुन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.