फोक्सुन्डो ताल

ताल From Wikipedia, the free encyclopedia

फोक्सुन्डो तालmap

फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ।[१] यो ताल शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो। यो ताल ३६११.५ मिटरको उचाइंमा डोल्पा जिल्लामा अवस्थित छ। फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुन्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ।[२] सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो।[३] सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो।[४]

छरितो तथ्यहरू फोक्सुन्डो ताल, भौगोलिक निर्देशांक ...
फोक्सुन्डो ताल
Thumb
भौगोलिक निर्देशांक२९°१२′३०″उ ८२°५७′३०″पू
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई५.१५ किलोमिटर
अधिकतम चौडाई८०० मिटर
सतहको क्षेत्रफल४९४ बर्गकिमी
अधिक गहिराई१४५ मिटर
पानीको आयतन४०,९०,००,००० घनमिटर
सतहको उचाई३६१२ मिटर
बन्द गर्नुहोस्

यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ।

Thumb
फोक्सुन्डो ताल

धार्मिक महत्त्व

यस तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रहेको छ भने पूर्व दिशामा एउटा गोम्पा रहेको छ जसमा बौद्ध धर्मावालाम्बीहरू बार्षिक रूपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन।

Thumb
फोक्सुन्डो तालको पानारोमिक दृष्य

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.