From Wikipedia, the free encyclopedia
फिलिप एन्टोनी जोन्स (जन्म: २१ फेब्रुअरी १९९२) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दछन्।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | फिलिप एन्टोनी जोन्स[1] | ||
जन्म मिति | [2] | २१ फेब्रुअरी १९९२||
जन्म स्थान | प्रिस्टोन, इङ्ल्यान्ड | ||
उचाइ | ५ फिट ११ इन्च (१.८० मी)[3] | ||
खेल्ने स्थान(हरू) |
रक्षापङ्क्ति मध्यपङ्क्ति | ||
युवा करियर | |||
२००२–२००९ | ब्ल्याकबर्न रोभर्स | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००९–२०११ | ब्ल्याकबर्न रोभर्स | ३५ | (०) |
२०११–२०२३ | म्यानचेस्टर युनाइटेड | १६९ | (२) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००९–२०१० | १९ वर्ष मुनि | ४ | (०) |
२०१०–२०११ | २१ वर्ष मुनि | ९ | (०) |
२०११– २०१८ | इङ्ल्यान्ड | २७ | (०) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:१२, २२ जनवरी २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५८, १४ जुलाई २०१८ (युटिसी) |
इङ्ल्यान्डको प्रिस्टनमा जन्मिएका जोन्सफले सन् २००२ मा मात्र १० वर्षको उमेरमा ब्ल्याकबर्न रोभर्स नामक एक फुटबल क्लबको प्रशिक्षण केन्द्रमा भर्ना भई व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने उनले सन् २००२ देखि सन् २००९ मा सोही प्रशिक्षण केन्द्रमा रहेर अभ्यास गर्ने गरेका थिए। सन् २००९ मा जोन्सको ब्ल्याकबर्न रोभर्स फुटबल क्लबमा पदोन्नति भएको थियो भने उनले उक्त क्लब मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। रोभर्ससँगको दुई वर्षे बसाइँमा जोन्सले क्लबका लागि ३० भन्दा बढी उपस्थितिहरू जनाइसकेका थिए। सन् २०११ मा जोन्सको इङ्ल्यान्ड फुटबलको सर्वोच्च प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका थिए भने उनी हालसम्म पनि यसै क्लब मार्फत व्यावसायिक फुटबल खेल्दै आएका छन्। जोन्सले इङ्ल्यान्डका विभिन्न तहका राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिसकेका छन्। सन् २००९ मा जोन्सले इङ्ल्यान्ड २० वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट पर्दापण गर्दै अन्तर्राष्ट्रिय फुटबल खेल जीवनको सुरुवात गरेका थिए भने उनले उक्त टोलीसँगको १ वर्षे बसाइँ ४ उपस्थितिहरू जनाएका थिए। सन् २०११ अक्टोबर ७ का दिन जोन्सले इङ्ल्यान्डको वरिष्ठ राष्ट्रिय टोलीका लागि पहिलो उपस्थिति जनाएका थिए।
सन् २००२ मा जोन्स इङ्ल्यान्डको ब्ल्याकबर्न रोभर्स नामक एक फुटबल क्लबको प्रशिक्षण केन्द्रमा भर्ना भई व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए।[4] सन् २००९ मा जोन्सको सोही क्लबको वरिष्ठ टोलीमा पदोन्नति भएपछि उनले सन् २००९-१० प्रिमियर लिग संस्करणमा क्लबको मार्फत व्यावसायिक फुटबल लेखजीवनको सुरुवात गरेका थिए भने उनले सोही वर्ष उक्त क्लबसँगको दुई वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। सन् २००९ सेप्टेम्बर २२ का दिन जोन्सले लिग कप अन्तर्गतको खेलमा नोटिङह्याम फरेस्टका विरुद्ध पहिलो आधिकारिक खेल खेलेका थिए भने उक्त खेलमा घरेलु क्लबले फरेस्टलाई १-० गोल अन्तरले पराजित गरेको थियो।[5] त्यसको पछिको वर्ष, अर्थात् सन् २०१० मा जोन्सले सोही क्लबसँगको ५ वर्षे नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सन् २०१० मार्च २१ का दिन जोन्सले रोभर्सका तर्फबाट प्रिमियर लिगको खेलमा पर्दापण गरेका थिए भने त्यसदिन क्लबको सामाना चेल्सीसँग भएको थियो। पछिका लिग चरणका खेलहरूमा जोन्सको उत्कृष्ट प्रदर्शनलाई दर्शक तथा समर्थकहरूले निकै मन पराएका थिए।[6] सन् २००९-१० को संस्करणमा जोन्सले क्लबका लागि लिगमा ९ र कप प्रतियोगितामा तीन गरी कुल १२ उपस्थितिहरू जनाएका थिए।
सन् २०१०-११ संस्करणको प्रिमियर लिगको पहिलो खेलमा जोन्सले एभर्टन फुटबल क्लबका विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए भने त्यस वर्षको संस्करणको अधिकांश खेलहरूमा उनले प्रिमियर लिगमा क्लबको प्रतिनिधित्व गरेका थिए।[7] सन् २०१० को डिसेम्बरमा वेस्टह्याम विरुद्धको खेलमा उनीको खुट्टामा चोट लागेका कारण उनले केही महिना विश्राम गर्नु परेको थियो।[8] सन् २०११ मार्च १९ का दिन ब्ल्याकपुल फुटबल क्लबका विरुद्ध आयोजित खेलमा उनी चोट मुक्त हुँदै पुन खेलमा सहभागिता जनाउन सुरु गरेका थिए। इस्टउड पार्कमा ब्ल्याकपुल विरुद्धको आयोजित खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[9] सन् २०११ अप्रिल २ का दिन उनले इमिरेट्स रङ्गशालामा आयोजित आर्सनल विरुद्धको खेलमा पुरै ९० मिनेट खेल खेलेका थिए तर उक्त खेल गोल रहित बराबरीमा टुङ्गिएको थियो।[10] सन् २०१०-११ संस्करणको प्रिमियर लिगमा जोन्सले २६ लिग र दुई कप प्रतिस्पर्धाहरूमा क्लबको प्रतिनिधित्व गरेका थिए।
सन् २०१०-११ को प्रिमियर लिग संस्करण पश्चात् अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेडले फिल जोन्सलाई आफ्नो क्लबमा ल्याउनका लागि रूचि देखाएको थियो।[11] सन् २०११ जुन १३ का दिन जोन्सले १ करोड ६५ लाख युरोको लागतमा म्यानचेस्टर युनाइटेडमा भित्र्याइएको थियो भने उनले उक्त क्लबसँगको ५ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[12] सन् २०११-१२ को प्रिमियर लिग संस्करण सुरु हुनु भन्दा अगाडि सिकागो फायरका विरुद्ध आयोजित खेलमा उनले क्लबको तर्फबाट पहिलो खेल खेलेका थिए भने उक्त खेलमन टोलीले ३-१ को गोल अन्तरले खेल जित्न सफल भएको थियो।[13] जोन्सले एफए कम्युनिटी सिल्ड नामक एक प्रतियोगितामा जोन्सले म्यानचेस्टर युनाइटेडका लागि पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा सहभागिता जनाएका थिए भने उक्त खेलमा उनी रियो फेर्दिनान्दलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए।[14][15] म्यानचेस्टर सिटीको विरुद्ध आयोजित खेल युनाइटेडले ३-२ गोल अन्तरले खेल जित्न सफल भएको।[16] सन् २०११ अगस्ट १४ का दिन जोन्सले युनाइटेडको तर्फबाट प्रिमियर लिगमा पर्दापण गरेका थिए।[17] वेस्ट ब्रुमविच विरुद्धको खेलमा उनी अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए भने उक्त खेल क्लबले २-१ गोल अन्तरले जित्न सफल भएको थियो।[18] सन् २०११ अगस्ट २२ का दिन जोन्सले टोटनह्याम हट्सपरका विरुद्ध आयोजित प्रिमियर लिगको खेलमा खेलको निर्धारित समयसम्म क्लबको प्रतिनिधित्व गरेका थिए भने पुरानो ट्राडफोर्डमा आयोजित खेल क्लबले ३-० गोल अन्तरले जित्न सफल भएको थियो। [19][20]
सन् २०१५ जुलाई १ का दिन जोन्सले म्यानचेस्टर युनाइटेडसँगको आवदेध मितिमा थप ४ वर्ष थप गरी सन् २०१९ सम्म उक्त क्लबमा आवद्ध रहने भएका थिए भने उनले सन् २०१९ मा पनि पुनः क्लबसँग सन् २०२३ सम्म आवद्ध हुने गरी नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।[21] फेब्रुअरी ९ का दिन जोन्सले फुलह्याम विरुद्ध आयोजित खेलमा मार्सियाललाई सहायता प्रदान गरेका थिए।[22][23] सन् २०२० जनवरी २७ का दिन आयोजित ट्रानमेरे रोभर्सको विरुद्ध आयोजित खेलमा उनले सन् २०१४ पछि पहिलोपटक गोल गर्न सफल भएका थिए भने उक्त खेल क्लबले ६-० गोलको फराकिलो अन्तरले खेल जित्न सफल भएको थियो।[24]
सन् २००९ मा जोन्सले इङ्ल्यान्ड २० वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट पर्दापण गर्दै अन्तर्राष्ट्रिय फुटबल खेल जीवनको सुरुवात गरेका थिए भने उनले उक्त टोलीसँगको १ वर्षे बसाइँ ४ उपस्थितिहरू जनाएका थिए।[25] सन् २०११ अक्टोबर ७ का दिन जोन्सले इङ्ल्यान्डको वरिष्ठ राष्ट्रिय टोलीका लागि पहिलो उपस्थिति जनाएका थिए।[26] सन् २००९ नोभेम्बर १७ का दिन तुर्कीको विरुद्ध आयोजित खेलमा जोन्सले १९ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उक्त खेलमा राष्ट्रिय टोलीले तुर्कीलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[27] जोन्सले इङ्ल्यान्डका विभिन्न तहका राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिसकेका छन्।[28] २१ वर्ष मुनिको राष्ट्रिय टोलीको पदोन्नति भएको थियो भने राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षकले उनलाई उनलाई सन् २०१० अगस्ट ४ का दिन राष्ट्रिय टोलीका तर्फबाट खेलहरूमा सहभागी हुनका लागि बोलाएका थिए।[29] जोन्सले उज्बेकिस्ता विरुद्ध आयोजित एक खेलमा टोलीको तर्फबाट पहिलो खेल खेलेका थिए। उक्त खेलको ४६औँ मिनेटमा उनलाई मार्टिन केलीले प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए।[30] सन् २०११, डेनमार्कमा आयोजना हुन लागेको यु-२१ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको कप्तान पद सम्हालेका थिए भने उनको कप्तानीमा पछि राष्ट्रिय टोली चेक गणतन्त्र विरुद्धको खेलमा मैदान उत्रिएको थियो। [31]
सन् २०११ मा जोन्सको इङ्ल्यान्ड वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो। वरिष्ठ राष्ट्रिय टोलीको पदोन्नति भएको थियो भने राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक फाबिओ कापेलोले उनलाई उनलाई सन् २०११ अगस्ट ५ का दिन राष्ट्रिय टोलीका तर्फबाट खेलहरूमा सहभागी हुनका लागि बोलाएका थिए।[32] सन् २०११ अक्टोबर ७ का दिन उनले वरिष्ठ राष्ट्रिय टोलीको अधीनमा रहेर पहिलो वरिष्ठ अन्तर्राष्ट्रिय खेल मोन्टेनेग्रोको विरुद्धमा खेलेका थिए भने उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो। मोन्टेनेग्रोको विरुद्धमा आयोजित खेल सन् २०१२ को युएफा युरो कपको छनोट खेल अन्तर्गतको एक खेल थियो।[33] सन् २०१२ को युएफा युरो कपमा राष्ट्रिय टोलीले प्रतिनिधि टोलीको गठन गर्ने क्रममा जोन्सलाई पनि २३ पुरुषको टोलीमा समावेश गरिएको थियो तर उक्त प्रतियोगितामा उनले कुनै पनि उपस्थिति जनाएका थिएनन्।[34] सन् २०१४ मा ब्राजिलमा आयोजना हुन लागेको सन् २०१४ को विश्वकपका लागि राष्ट्रिय टोलीको गठन गर्ने क्रममा जोन्सलाई २३ पुरुषको राष्ट्रिय टोलीमा समावेश गरिएको थियो। काँधको चोटका कारण उनले सन् २०१४ को विश्वकप खेलमा सहभागी हुन असमर्थ बनेका थिए। सन् २०१४ मा रूसमा आयोजना हुन लागेको सन् २०१४ को विश्वकपका लागि राष्ट्रिय टोलीको गठन गर्ने क्रममा जोन्सलाई २३ पुरुषको राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।[35]
क्लब | संस्करण | लिग | एफए कप | इएफएल कप | युरोप | अन्य | जम्मा | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विभाग | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | ||
ब्ल्याकबर्न रोभर्स | २००९–१०[36] | प्रिमियर लिग | ९ | ० | १ | ० | २ | ० | — | — | १२ | ० | ||
२०१०–११[37] | प्रिमियर लिग | २६ | ० | ० | ० | २ | ० | — | — | २८ | ० | |||
जम्मा | ३५ | ० | १ | ० | ४ | ० | — | — | ४० | ० | ||||
म्यानचेस्टर युनाइटेड | २०११–१२[38] | प्रिमियर लिग | २९ | १ | १ | ० | १ | ० | ९[lower-alpha 1] | १ | १[lower-alpha 2] | ० | ४१ | २ |
२०१२–१३[39] | प्रिमियर लिग | १७ | ० | ४ | ० | ० | ० | ३[lower-alpha 3] | ० | — | २४ | ० | ||
२०१३–१४[40] | प्रिमियर लिग | २६ | १ | ० | ० | ४ | १ | ८[lower-alpha 3] | १ | १[lower-alpha 2] | ० | ३९ | ३ | |
२०१४–१५[41] | प्रिमियर लिग | २२ | ० | २ | ० | ० | ० | — | — | २४ | ० | |||
२०१५–१६[42] | प्रिमियर लिग | १० | ० | ० | ० | १ | ० | २[lower-alpha 3] | ० | — | १३ | ० | ||
२०१६–१७[43] | प्रिमियर लिग | १८ | ० | २ | ० | ३ | ० | ३[lower-alpha 4] | ० | ० | ० | २६ | ० | |
२०१७–१८[44] | प्रिमियर लिग | २३ | ० | २ | ० | ० | ० | ० | ० | ० | ० | २५ | ० | |
२०१८–१९[45] | प्रिमियर लिग | १८ | ० | २ | ० | १ | ० | ३[lower-alpha 3] | ० | — | २४ | ० | ||
२०१९–२०[46] | प्रिमियर लिग | २ | ० | १ | १ | २ | ० | ३[lower-alpha 4] | ० | — | ८ | १ | ||
जम्मा | १६५ | २ | १४ | १ | १२ | १ | ३१ | २ | २ | ० | २२४ | ६ | ||
जम्मा | २०० | २ | १५ | १ | १६ | १ | ३१ | २ | २ | ० | २६४ | ६ |
राष्ट्रिय टोली | वर्ष | उपस्थिति | गोल |
---|---|---|---|
इङ्ल्यान्ड | २०११ | ३ | ० |
२०१२ | २ | ० | |
२०१३ | ४ | ० | |
२०१४ | ४ | ० | |
२०१५ | ७ | ० | |
२०१७ | ४ | ० | |
२०१८ | ३ | ० | |
जम्मा | २७ | ० |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.