From Wikipedia, the free encyclopedia
पस्मिना ( /pʌʃˈmiːnə, pæʃ-/, अमेरिकी: /pɑːʃ-/ समेत)[1][2][3][4] कश्मीरी उनले बनेको एक दोसल्ला हो। यो भारतको कश्मीरमा पाइने चाङ्थाङ्गी बाख्राको रौँबाट तयार पारिन्छ।[5][6] यो बाख्राको विभिन्न नस्ल र प्रजातिहरू छन्। 'पस्मिना' शब्द फारसी शब्द 'पस्म'ले बनेको छ जसको अर्थ उन हुन्छ र कश्मीरी भाषामा यसलाई नरम सुन भन्ने गरिन्छ।[7] पस्मिना उन भारतको कश्मीर क्षेत्रको चाङ्थाङ उपत्यकाको चाङ्थाङ्गी बाख्रा, उत्तर भारतको हिमाचल प्रदेशको मारला र चेङ्गु बाख्रा र नेपालको च्याङ्ग्रा बाख्राबाट एकत्र गर्ने गरिन्छ।[6] कश्मीर र नेपालमा चर्खाबाट पस्मिना दोसल्ला बनाइने गरिन्छ।
सामान्य कश्मीरी र पश्मिना दुवै एउटै बाख्राको रौँबाट तयार पारिन्छ तर सामान्य कश्मीरीको व्यास १२ देखि २१ माइक्रोनसम्म हुन्छ, जबकि पस्मिनाले १२ देखि १६ माइक्रोनसम्मको फाइबरलाई मात्र जनाउँछ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.