From Wikipedia, the free encyclopedia
परिष्कारवाद (अङ्ग्रेजी: Classicism) को नेपाली रूपान्तर हो । परिष्कारवाद शास्त्रप्रधान वाद भएको हुनाले यसलाई शास्त्रीयतावाद पनि भनिन्छ ।
क्लासिकल वा परिष्कारवादी धाराको ऐतिहासिक सन्दर्भलाई खोज्दै जाँदा इसापूर्व दोस्रो शताब्दीसम्म पुग्न सकिन्छ । [1] यसको अर्को नाम शास्त्रीयतावाद पनि हो । अङ्ग्रेजीमा यसलाई क्लासिसिज्म भनिन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोर्नोलियस फ्रोनोले गरेको पाइन्छ । यस वादका प्रवर्तक होरेसलाई मानिएको छ । उनी इस्वीको पहिलो शताब्दीका हुन् । त्यसबेला अभिजात वर्गका निम्ति लेखिने साहित्यलाई परिष्कारवादी साहित्य भनिएको पाइन्छ । पछि आएर सहज, स्पष्ट,सुव्यवस्थित, अनुशासित, बौद्धिक, संयमित, नियन्त्रित आदि गुण वा विशेषता पाइने कृतिलाई परिष्कारवादी साहित्य भन्ने गरेको देखिन्छ । [2]
नेपाली साहित्यका सर्वप्रथम परिष्कारवादी कवि भानुभक्त आचार्य हुन् । उनको रामायणमा परम्परागत छन्द एवं शिल्पशैलीको प्रयोग भएको छ । भानुभक्तपछि लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, बालकृष्ण सम परिष्कारवादका अग्रज मानिएका छन् । वर्तमान समयसम्ममा परिष्कावादी साहित्यका अनुयायीहरू धेरै भइसकेका छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.