रुपैयाँ नेपालमा प्रचलित मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ। एक रुपैयाँलाई सय भागमा बाँडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ। नेपालमा मुद्राको प्रचलन पहिलो लिच्छवी राजा मानदेवले आफ्नो शासनकाल देखी ल्याएका हुन्। त्यातिबेला राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए भने कागजी नोटको प्रचलन २००२ साल असोज १ गतेबाट जुद्धशमशेरले श्री ५ त्रीभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित रु. १, ५, १० र १ सयका नोटहरु सदर मुलुकिखानाबाट प्रकाशनमा ल्याएपछि भएको हो । २०२६ साल बैशाख १४ गते बाट रु. १ हजार, २०२७ साल जेठ ३० गते बाट रु. ५ सय, २०३४ साल बैशाख १४ गते बाट रु. ५०, २०३८ साल बैशाख १४ गते बाट रु. २ र २०३९ साल कार्तिक २२ गते बाट रु. २० को नोटको सुरुवात भएको हो । वि. सं. २००९ साल मा नेपाली मुद्रा लाई आधिकारिक रुपमा 'नेपाली रुपैयाँ' भनी घोसित गरिएको हो।

छरितो तथ्यहरू नेपाली रुपैयाँ, आइएसओ ४२१७ ...
नेपाली रुपैयाँ
रुपैयाँ (नेपाली)
आइएसओ ४२१७
कोडएनपीआर
मूल्यवर्ग
उप एकाई
१/१००पैसा
चिह्नरु. वा रुपैयाँ
बैङ्क नोटहरू
प्रचलितरु. ५, रु. १०, रु. २०, रु. ५०, रु. १००, रु. ५००, रु. १०००
अप्रचलितरु. १, रु. २, रु. २५, रु. २५०
सिक्काहरू१, ५, १०, २५, ५० पैसा, रु. १, रु. २, रु. ५, रु. १०
जनसाङ्ख्यिकी
राष्ट्र(हरू) Nepal
जारीकर्ता
केन्द्रीय बैङ्कनेपाल राष्ट्र बैंक
वेबसाइटएनआरबी.ओर्ग.एनपी
मूल्याङ्कन
मुद्रास्फीति७.८%
स्रोतThe World Factbook, October 2005 est.
बन्द गर्नुहोस्
Thumb
दुई रुपैयाँको सिक्का

व्युत्तपत्ति

रुपैयाँ शव्दको उत्पत्ति संस्कृत शव्द रूप् वा रूपबाट भएको हो, जसको अर्थ चाँदी हो। संस्कृत शव्द रूप्यकम् भन्नाले चाँदीको सिक्कालाई जनाउँछ।

सन्दर्भ सामग्रीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.