From Wikipedia, the free encyclopedia
नर शम्शेर नेपाल प्रहरीको दोश्रो महानिरिक्षक हुन् ।उनी सो ओहोदामा २ वर्ष रहे र ज्ञान बहादुर याक्थुम्बा उनका उत्तरअधिकारी रहे ।[1]
प्रहरी महानिरीक्षक नर शमशेर जङ्ग बहादुर राणा | |
---|---|
नेपाल प्रहरीको प्रमुख | |
कार्यकाल २००७ चैत्र- – २०१० मङ्सिर | |
पूर्वाधिकारी | तोरण शमशेर ज.ब.रा |
उतराधिकारी | ज्ञान बहादुर याक्थुम्बा |
व्यक्तिगत विवरण | |
जन्म | १६ डिसेम्बर १९११ जावलाखेल दरबार |
मृत्यु | २४ अप्रिल २००६ उमेर ९४ ) नर डेरा, काठमाडौँ |
नाता | बहादुर शमशेर जङ्गबहादुर राणा (पिता ) चन्द्र राज्य लक्ष्मी (आमा ) |
सैन्य सेवा | |
निष्ठा | Nepal |
शाखा/सेवा | नेपाल प्रहरी |
श्रेणी | आइ.जी.पी. महानिरीक्षक (I.G.P.) |
उनको जन्म जावलाखेल दरबारमा भएको थियो। उनी बहादुर शमशेरका छोरा तथा जुद्ध शमशेरका नाति थिए।
उनले चार शहिदको मृत्युदण्डको निरिक्षण गरेका थिए र शोभाभगवतिमा गङ्गालालको हत्या उनैले गरेको विश्वास गरिन्छ ।
माघ १३ गते राति दस बजेतिर धर्मभक्तलाई सिफल पुर्याइयो । दुवै हात पछाडि फर्काएर बाँधिएका धर्मभक्तलाई नरसमसेरले अन्तिम इच्छा सोध्दा उनले जवाफ दिए—“राणशासनको छिट्टै अन्त्य भएर जनताले सुखशान्ति पाउन् भन्ने इच्छा छ” धर्मभक्तको यस्तो भनाइबाट रिसले मुर्मुरिएका नरसमसेरले हतारहतार फाँसीमा झुण्डयाउने आदेश दिए ।
रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरी अर्को हाँगामा झुण्ड्याइयो । धर्मभक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुइ पल्टसम्म फाँँसीबाट बँचेका धर्मभक्तको गाला नरसमसेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरुलाई पिट्न लगाए । धेरै बेरको पिटाईपछि उनी बेहोस भए । अनि बेहोस भएकै बेला फेरी डोरीले घाँटी कसेर उनलाई रुखमा झुण्डयाइयो । “संस्था खडा गरेर दुनियाँ भड्काउने पर्चा छरेको र राजकाज समेत आफैँ चलाउने प्रयास गरेकोले यस्तो सजाय पायो ।” भन्ने लेखेर धर्मभक्तको छातीमा टाँसिएको थियो ।
अर्को दिन बेलुकीसम्म रुखमा झुण्डिएको धर्मभक्तको शव हटाइएन । उनका पिता आदिभक्त र भाइ धुव्रभक्त पनि जेलमा भएकाले अरु कोही आफन्त शव बुझ्न आएनन् । चौविस घण्टापछि सरकारले नै उनको सद्गत गर्यो ।[2]
नर शमशेरलाई नेपाली खेलकुदको पिता मानिन्छ । उनले नेपालमा खेलकुद विकासको लागि खेलाडी र खेल अधिकारीको रूपमा सेवा गरे।
उनको विवाह उमा राज्यलक्ष्मी संग र २०१२ जेठ ११मा प्रभा राज्यलक्ष्मीसंग दोस्रो विवाह भएको थियो। उनको चार छोरा र तीन छोरी थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.