From Wikipedia, the free encyclopedia
नरेन्द्रदेव (वि सं ६९९-७३५) शिवदेव प्रथमका नाति तथा उदयदेवका पुत्र थिए ।
नरेन्द्रदेव | |
---|---|
नेपालका राजा | |
शासनकाल | वि सं ६९९-७३५ |
राज्याभिषेक | ६९९ |
पूर्वाधिकारी | भीमर्जुनदेव |
उत्तराधिकारी | शिवदेव द्वितीय |
जन्म | विसं ६८१ |
मृत्यु | वि सं ७३५ |
वंश | लिच्छवि वंश |
बाबु | उदयदेव |
धर्म | हिन्दु |
अंशुवर्माको निधन पछि वि.सं. ६७९ म उदयदेवले महाराज धिराज भएर शासन चलाए । यो कुरो चितलाङको उनको अभिलेखबाट ज्ञात हुन्छ । उदयदेवलाई कमजोर देखेर गुप्तहरूले पुनः टाउको उठाउने मौका पाए । जिष्णु- गुप्तले आफ्ना पक्षका मानिसहरूको संगठन गरी उदयदेवलाई खतम गर्ने षड्यन्त्र गरे ।[1] उदयदेवलाई दुई वर्षपछी भाइ ध्रुवदेव तथा गुप्त सामन्त जिष्णुगुप्तले पदच्युत गरेपछी उदयदेवले सपरिवार तिब्बतको शरणमा गएका थिए । त्यस समय नेपालको दरबारमा राजा ध्रुवदेव र सामन्त जिष्णुगुप्तको द्वैध शासन चलेको थियो । उदयदेवको निधन तिब्बतमै भयो, उनका छोरा नरेन्द्रदेवले चाहिँ वि सं ६८१ देखि ६९८ सम्म अर्थात् १७ वर्षसम्म[स्रोत नखुलेको] तिब्बतमा निर्वासित जीवन बिताए ।
ध्रुवदेवका उत्तराधिकारी भीमार्जुनदेव भए । उनी राजा ध्रुवदेवका छोरा थिए । उता जिष्णु गुप्तको मृत्यु पछि उनका छोरा विष्णु गुप्त आफ्नो पिताको ठाउँमा आए । उनले भीमार्जुनदेवसँग संयुक्त शासन चलाए । नरेन्द्रदेवले वि सं ६९९ मा तिब्बतको समेत सहायता लिई नेपालको द्वैध शासन समाप्त पारेर पैतृक गद्दीमा अधिकार जमाए । उनले विष्णु गुप्तलाई खत्तम गरी भीमर्जुनदेवलाई गद्दीबाट हटाउन सफल भइ आफ्नो हातमा राज्यको अधिकार लिए ।[2] [3]
वि सं ७०३ मा उत्तर भारतका सम्राट हर्षवर्द्धनका सामन्त अरुणाश्वले चिनियाँ राजदूत वाङ्युन्चेलाई अपमानित गरे । [4] त्यसरी चिनियाँ राजदूतको अपमान गरेको थाहा पाएर चिनियाँ सेनाले उत्तर भारतमाथी आक्रमण गर्यो । नेपालका राजा नरेन्द्रदेवले राजा हर्षवर्द्धनको मृत्युु पछी भारतका राजा भएका अरुणाश्वको विरुद्ध चीनलाई मद्दत गर्ने निर्णय गरे । वि सं ७०० मा चिनियाँ राजदूत लि. पिआओले भारतको भ्रमण गर्दा नेपालमा पनि आएर बसेका थिए । त्यसरी चीन र नेपालको सम्बन्ध राम्रो हुन गएको थियो ।
नरेन्द्रदेवले आफ्नो तर्फबाट ७००० जवान घोडचढी चिनियाँ सेनामा थप गरी पठाए । चीनबाट भारतमा आक्रमण गर्न भनी १२०० घोडचढी रवाना भएका मा राजा नरेन्द्रदेवले ७००० घोडचढी थप गरे । मध्य भारतमा नेपाली सेनाले आक्रमण गरी राजधानीमा तीन दिन सम्म घेराउ गरिदिए । त्यसरी राजधानीमा घेराउ भएकाले राजा अरुणाश्व पलायन भए । त्यो युद्ध मा १३००० भारतीय योद्धाले ज्यान गुमाए । फेरि भागेर गएका अरुणाश्वले पुनः आक्रमण गर्दा थप १००० मानिस मारिएर अरुणाश्व कैद भए । यो कुरा ताङ्वृतान्तमा स्पष्ट लेखिएको छ ।
पूर्वाधिकारी भीमार्जुनदेव |
नेपालको राजा वि सं ६९९-७३५ |
उत्तराधिकारी शिवदेव द्वितीय |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.