तिलगङ्गा आँखा अस्पताल

नेपाली आँखा अस्पताल From Wikipedia, the free encyclopedia


तिलगंगा आँखा अस्पताल नेपालका प्रमुख आँखा अस्पतालमध्ये एक हो। स्थापनाकाल देखिनै सुलभ तथा सरल सुविधा दिई यस अस्पताल एक उत्कृष्ट अस्पतालका रूपमा स्थापित हुन सफल भएको छ ।[] ‍‍

छरितो तथ्यहरू तिलगंगा आँखा अस्पताल, सामान्य विवरण ...
तिलगंगा आँखा अस्पताल

चित्र:Tilganga.jpg
Thumb
सामान्य विवरण
ठेगानागौशाला, तिलगंगा
सहरकाठमाडौँ
राष्ट्रनेपाल
उद्घाटन मितिसन् १९९४
बन्द गर्नुहोस्

इतिहास

नेपाल अन्धोपन नियन्त्रण कार्यक्रम (स्थापना सन् १९९२) अन्तर्गत (Tilganga Institue of Opthalmology|Tilganga Eye Hospital) एक गैरसरकारी संस्थाको रूपमा सन् १९९४ मा काठमान्डौंको तिलगङ्गामा स्थापना भएको हो । यस अस्पताल नेपालकै सर्वोत्कृष्ट अस्पतालमा पर्दछ।[]यस अस्पतालका संचालक र योजनाकार नेत्र विशिषज्ञ डा. सन्दुक रुइत हुन् ।[]। यस अस्पतालका अन्तराष्ट्रिय पार्टनरका रूपमा आवद् संस्थाहरु यस प्रकार छन्-

  1. हिमालयन क्याटराक्ट प्रोजेक्ट
  2. द फ्रेड हलोज फाऊनडेसन

अस्पतालाका विभाग‍

बिरामीहरूको सरल उपचार र अस्पताल व्यवस्थापनका लागि विभिन्न विभागमा विभाजन गरी सुबिधा दिने गरिन्छ।

बहिरंग विभाग (OPD)

साधारण उपचार वा अस्पतालमा भर्ना गर्नुनपर्ने बिरामीका निम्त्ति बहिरंग विभाग रहेको छ। यस सेवा अन्तर्गत आँखा सम्बन्धि सवै किसिमका सेवा दिईन्छ।यस अस्पतालमा आकास्मिक सेवा २४ घण्टा दिइन्छ। शनिबार बाहेक अरू दिनहरूमा विहान ८-३:३० सम्म खुल्ला रहन्छ ।


अस्पतालका सेवा

यस अस्पतालको मुख्य सुविधा यस प्रकार रहेका छन् –

  1. बिरामीहरूको उपचारका लागि चाहिने सम्पूर्ण सुबिधाका साथै यस अस्पतालद्वारा नेपालका विभिन्न ठाउँमा कार्यक्रम गरी स्वास्थ्य सेवा दिने गरिन्छ।
  2. शिक्षा एवम् तालिमका डिपार्टमेन्ट अन्तर्गत यहाँ (MD Residency Program|एम.डी इन अपथ्यालमोलोजी) र स्वास्थ्य कार्यकर्तालाई तालिम पनि दिने गरिन्छ ।
  3. यस आँखा केन्द्रमा Eye Bank को स्थापना गरी कोर्नियल ट्रार्सप्लान्टेसन अप्रेसन गरिन्छ|
  4. क्याटराक्ट सर्जरीका निम्ति यस अस्पतालमा ईन्ट्रालोकुलर लेन्सको उत्पादन पनि गरिन्छ।


शैक्षिक कार्यक्रम

यस अस्पताल द्वारा सञ्चालन गरिएको शैक्षिक कार्यक्रम अन्तर्गत यहाँ मुख्य गरी दुई बिषयमा पढाईन्छ ।

स्वास्थ्य बिज्ञानमा स्नाकोत्तर
अपथ्यालमोलोजीलाई लिएर पढाईने यस बिषयको अवधि ३ वर्षको रहेको छ। यस कार्यक्रममाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सि.टि.इ.भि.टि) ले मान्यता दिएको छ। यस शैक्षिक कार्यक्रम अन्तर्गत यस विषयको प्रथम वर्ष, दोस्रो वर्ष चाहिँ तिलगंगा आँखा अस्पताल र अन्तिम वर्ष विद्यार्थीहरूलाई अरु आखाँ अस्पतालमा तालिमका लागि पठाईने गरिन्छ । यस विषय पूर्णरूपमा सकिएपछि विद्यार्थीहरु नेपाल हेल्थ काउन्शिलमा आफ्नो नाम grade II स्वास्थ्यकर्ताको रूपमा दर्ता गराउन मान्य हुनेछन् ।

एम.डी इन अपथ्यालमोलोजी
यस कार्यक्रमको अवधि पनि ३ वर्षको रहेको छ । यस शैक्षिक कार्यक्रमको मुख्य उधेश्य योग्य आखाँ स्वास्थ्यकर्ता उत्पादन गरी नेपलका विभिन्न आँखा अस्पताल/केन्द्र मा सेवा प्रदान गर्नु हो । यस विषयलाई मान्यता नाम्स(NAMS) द्वारा मान्यता दिएको छ ।

‍‍


नानी प्रत्यारोपण

तिलगंगा आँखा अस्पतालद्वारा सन् १९९४ देखिनै आँखा प्रत्यारोपण गर्न सुरु गरिएको हो । तिलगंगाले वर्षमा एक सय २० देखि एक सय ५० जनाको मात्रै नानी पत्यारोपण गर्नु पर्नेमा अहिलेसम्म ६ हजारभन्दा बढीको गुमेको दृष्टि फर्काउन सफल भएको छ। प्रत्यारोपणका लागि झन्डै २५ हजार खर्च हुने भए पनि केन्द्रले निःशुल्क सेवा दिने गरेको छ । []

तिलगंगामा लेजर सर्जरी

चस्मा नलगाई वा आँखाको पावर बढी भई चस्मा लगाउनु पर्ने बाध्यताबाट मुक्त हुन यस लेजर सर्जरीको प्रयोग गर्न सकिन्छ । विदेशमै सिमित रूपमा रहेको यस महँगो सर्जरी नेपालमै पहिलो पटक यस सर्जरी तिलगंगा आँखा अस्पतालले निकै कम मुल्यमा गर्ने गरेको छ । आँखाको नानीभित्र 'रेटिना' छेक्ने पत्र हटाएर दृष्टि सन्तुलित पार्नलाई लेजर पद्दतिको प्रयोग गरिन्छ। लेजर सर्जरी लाई स्माइल प्रविधि पनि भनिन्छ। भारतमा झन्डै अढाइ लाख भारू र अन्य देशमा पनि २ देखि ८ लाख रुपैयाँ पर्ने यस लेजर सर्जरी तिलगंगाले करिब ८० हजारमा यो सेवा दिँदै आएको छ। यति सुलभ मूल्यमा यस्तो शल्यक्रिया गर्ने नेपाल पहिलो देश मानिन्छ। यसका अतिरिक्त विपन्नवर्गलाई निशुल्क सेवा दिने गरिएको छ ।
संसारमै लेजर शल्यक्रिया गर्ने थोरै जना विज्ञ छन्, जसमध्ये नेपालका डा. शाश्वत ढुंगेल रहेका छन्। नेपालमा हालसम्म माइनस १४ र प्लस ६ सम्म पावर भएकाहरूलाई यो प्रविधि अपनाएर शल्यक्रिया गर्न सकिन्छ र नेपालमा शल्यक्रिया गर्नुअघि बेलायतमा डा. ड्यान लगायत विशेषज्ञले कम्प्युटरबाट बिरामीको रिपोर्ट हेरि सुझाव दिने व्यवस्था छ ।


सम्पर्क ठेगाना

ठेगाना =गौशाला , काठमान्डौं
ई-मेल =info@tilganga.org
फोन = ९७७-१-५९७००४८, ४४९३७७५, ४४९३६८४
फ्याक्स = ९७७-१-४४७४९३७

सन्दर्भ सामग्रीहरू

बाहिरी कडी

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.