From Wikipedia, the free encyclopedia
तारा देवी (वि.सं. २००२- वि.सं. २०६२) प्रसिद्ध नेपाली गायिका हुन्। यिनले आफ्नो जीवनकालमा ४[1] हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन्। उनलाई ‘नेपालको कोकिला’ भनेर चिनिन्छ ।[2] उनको धेरै संगीत देशभक्ति र प्रेमको विषयवस्तु वरपर घुमेको थियो।[3]
तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक, काठमाडौँमा भएको थियो। यिनको वाल्यकालको नाम डोलकुमारी कार्की थियो।[4]
तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प्रेमविवाह भएको थियो। उनका पति हवाइचालक थिए। यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे। तारादेवीका जवान छोरा शशि वि.सं. २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए। चार वर्षघि जागीर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए। तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालो अँध्यारो बिताउने क्रममा लागिन्। त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो। उनले वि.सं. २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन्।
चारदशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाई नेपाली वाङ्मयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गर्नुभएकोले वहाँको राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो। उनले इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन्। त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु प्रथमबाट विभूषित भइन्। उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन्।
उनले पेशाले विमान पाइलट शिवबहादुर श्रेष्ठसँग सन् १९६६ मा विवाह गरेकी थिइन् । आफ्नो जीवनमा पछि, तारा देवीले आफ्नो २५ वर्षीय छोरालाई ब्लड क्यान्सरबाट गुमाएपछि कठिन समयहरू सहनुभयो। त्यसको लगत्तै उनको श्रीमानको विमान दुर्घटनामा मृत्यु भयो। यो त्रासदीबाट उनी निको हुन सकेनन् र उनको स्वास्थ्य बिग्रन थाल्यो ।
उनी शारीरिक रूपमा अयोग्य भइन् र पछि पार्किन्सन रोगको निदान गरियो, जसले उनको गायन करियरलाई रोक्यो। २१ जनवरी २००६ मा, उनको ६० वर्षको उमेरमा मृत्यु भयो। उनको अन्तिम एल्बम, "आफंता को मनमा" मा उनको अन्तिम चार गीतहरू समावेश छन्। उनको एक छोरा र एक छोरी छन्।
गीत | शब्द | सङ्गीत |
---|---|---|
शुभकामना भरी | चाँदनी शाह | नातिकाजी |
उकाली ओरालीहरूमा | ||
आऊ न आऊ तिम्रै खुशी | ||
हिमालको काखमा छ सानो मेरो गाउँ | ||
साँघुरी बारी नि हो त्यो धारा पानी | ||
कालीपारी दाई कति राम्रो | ||
सोचेजस्तो हुन्न जीवन | दिनेश अधिकारी | |
फूलको थुँगा बहेर गयो गंगाको पानीमा | राष्ट्रकवि माधवप्रसाद घिमिरे | नातिकाजी |
विदा हुने भैगयो बेला | ||
लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा | किरण खरेल | गोपाल योञ्जन |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.