From Wikipedia, the free encyclopedia
ढोल मृदङ्गका छाँटको ठूलो तालबाजा हो । देख्नमा यो मादलजस्तो हुन्छ । दुवैतिरको व्यास बराबर आकारको हुन्छ । यसको एकातर्फ गजोले र अर्कातर्फ हातले हिर्काएर बजाइन्छ । ढोल साना-ठूला विभिन्न आकारका हुन्छन् । यसलाई विभिन्न जातजातिले आफ्नै नाम, ताल र बोलहरूमा प्रयोग गर्ने गरेको पाइन्छ। ढोल किराती संस्कृतिमा उच्च महत्व राख्ने तालबाजा हो । किरातीहरूले मानव उत्पत्ति, कृषिको उत्पत्ति, कपडाको उत्पत्ति, चराचुरुङ्गी, जनावार र प्रकृतिसँग मानवको सम्बन्ध दर्शाउने सुन्दर र श्रृंखलाबद्ध नाच साकेला/साख्खेवा सिली यही ढोल र झ्याम्टाको तालमा प्रस्तुत गर्छन् ।
ढोल (अर्मेनियाली: Դհոլ; उच्चारण "डुह्-होल") आर्मेनियाबाट विकसित भएको विश्वास गरिन्छ। बेलनाकार काठको ढुंग्रोमा गाईको छालाले टालेर एकतिर तिखो ध्वनी र अर्को तिर भद्दा ध्वनी निस्कने गरी बनाइने यो बाजा पञ्जाबी संस्कृतिमा निकै प्रख्यात छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.