From Wikipedia, the free encyclopedia
टाइटन शनि ग्रहको सबैभन्दा ठूलो र सौर्यमण्डलको दोश्रो ठूलो उपग्रह हो । यसको धरातलीय अवस्तथा र स्वरुप प्रृृथ्वीसंग मिल्दोजुल्दो रहेको छ ।
आविष्कार | |
---|---|
आविष्कारक | क्रिस्टियन हाइजेन |
आविष्कार भएको मिति | मार्च २५ , १६६५ |
विवरण | |
उच्चारण | /ˈtaɪtən/ ( ) |
वैकल्पिक नामहरू | शनि छैटौ |
विशेषण | Titanean, Titanian[1] |
कक्षपथको विशेषताहरू | |
अनुसूर | ११८६६८०किमी |
अपसूर | १२५७०६०किमी |
अर्ध-मुख्य अक्ष | १२२१८७०किमी |
विलक्षणता | ०.०२८८ |
कक्षीय अवधि | १५.९४५days |
औसत कक्षीय गति | ५.५७ किमी/सेकेण्ड (हिसाब) |
झुकाव | ०.३४८५४°° (to Saturn's equator) |
उपग्रह | शनिग्रह |
भौतिक विशेषताहरू | |
औसत व्यास | २५७४.७३±०.०९किमी (0.404 Earths)[2] (1.480 Moons) |
सतहको क्षेत्रफल | ८.३×१०७वर्ग कि.मि. (0.163 Earths) (2.188 Moons) |
आयतन | ७.१६×१०१०घन कि.मि. (0.066 Earths) (3.3 Moons) |
द्रव्यमान | (१.३४५२±०.०००२)×१०२३किलोग्राम (0.0225 Earths)[3] (1.829 Moons) |
औसत घनत्व | १.८७९८±०.००४४g/cm3[3] |
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण | १.३५२m/s2 (०.१४g) (0.85 Moons) |
रिहाइ वेग | २.६३९km/s (0.236 Earths) (1.11 Moons) |
घृर्णनकाल | Synchronous |
अक्षीय ढाल | Zero |
प्रतिफलन अनुपात | 0.22[4] |
तापक्रम | ९३.७ के (−१७९.५ °से)[5] |
आपात मान | ८.२ देखि ९.० |
वायुमण्डल | |
सतहको चाप | १४६.७kPa (१.४५atm) |
गठन | फरक-फरकe समतापमण्डल: 98.4% नाइट्रोजन (N2), 1.4% मिथेन (CH4), 0.2% हाइड्रोजन (H2); Lower troposphere: 95.0% N2, 4.9% CH4;[6] 97% N2, 2.7±0.1% CH4, 0.1–0.2% H2Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value). |
यहाँको तापक्रम करिब माइनस १७९ डिग्री सेल्सियस रहेको छ ।
त्यसकारण त्यहाँ देखिने तलाउ, सागर र नदिहरु पानीले बनेको नभई तरल हाइड्रोकार्बनले बनेका हुन् । सन् १९९५ पछिका अनुसन्धानहरूले त्यो हाइड्रोकार्बन तरल मिथेन भएको पत्ता लागेको छ ।
टाइटनको धरातलमा भएको लगभग ४० प्रतिशत पानी चाहिँ कठोर वरफको रूपमा रहेको छ । पृथ्वीको भन्दा झण्डै दोब्बर बाक्लो रहेको यसको वायुमण्डल मिथेन, इथेन जस्ता कार्बनिक ग्याँसहरूले बनेको विश्वास गरिन्छ ।
पृथ्वीमा पानीको वर्षात भए जस्तै यहाँ मिथेन र केही अरु कार्बनिक पदार्थहरूको वर्षा हुन्छ । अर्थात् पृथ्वीको जलचक्र जस्तै टाइटनमा मिथेन चक्र हुने गर्छ । सतहमा स्थिर तरल पदार्थको भण्डारयुक्त आकासीय पिण्ड पृथ्वी बाहेक टाइटन मात्र हो। टाइटनका पहाडहरूका उचाईमा ठूलो विविधता पाइँदैन । यहाँ केही मिटर देखि १५०० मिटर हाराहारी उचाई भएका पहाडहरू रहेका छन् ।
यहाँ जीवित प्राणीहरू रहेको ठोस प्रमाण प्राप्त भइसकेको छैन । तर मिथेन र अन्य हाइड्रोकार्बनहरूको प्रचुरतालाई एकथरि वैग्यानिक हरू यहाँ जीवित प्राणीहरूको उपस्थिति रहेको प्रमाणको रूपमा लिन्छन् । कार्बनयुक्त यी पदार्थहरू मुख्य रूपमा जैविक स्रोतहरूबाट प्राप्त हुने भएकाले यस्तो तर्कमा वैग्यानिकता पाइन्छ । यहाँ उपलब्ध हुन सक्ने जीवनका सम्बन्धमा दुईथरी तर्कहरू पाइन्छ ।
यी दुवै तर्कहरू युक्तिसंगत दिखिए पनि ठोस प्रमाणहरू प्राप्त नभई यसै भन्न सकिने स्थिती छैन ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.