From Wikipedia, the free encyclopedia
टर्बाइन (ल्याटिन: टर्बोबाट, ग्रीक: τύρβη, अन्ग्रेजी: Turbine) एक रोटरी यान्त्रिक उपकरण जसले तरल पदार्थको (जस्तै ग्याँस, वाष्प, र पानी) प्रवाहबाट उर्जालाई काम र कामलाई उर्जामा बदल्न सकिन्छ। [1]टर्बाइनलाई जेनेरेटरमा जोडेर बिजुली उत्पन्न गर्न सकिन्छ, यस्ता उपकरणलाई टर्बोमेसीन पनि भनिन्छ। प्रारम्भिक टर्बाइनका उदाहरणहरू वायुचक्का (windmills) र पानीघट्ट हुन्।
वाष्प टर्बाइनको आविष्कारको लागि श्रेय ब्रिटिश ईन्जिनियरिङ् सर चार्ल्स पर्र्सनलाई (१८५४-१९३१) जान्छ र रिएक्सन टर्बाइनको आविष्कारको लागि स्विडिश इन्जिनियर ग्यासफ डे लावल (१८४५-१९१३) लाई जान्छ। "टर्बाइन" शब्दको पहिलो प्रयोग चाहि फ्रान्सेली खानी इञ्जिनियर क्लाउड बुर्डिनले गरेका थिए। [2]
विश्वको विद्युतीय उर्जाको एक ठूलो अनुपात टर्बो जेनेरेटरहरूले उत्पादन गर्दछ। [5]
टर्बाइनलाई मुख्यरुपमा २ भागमा बाड्न सकिन्छ- आवेग (वा इम्पल्स टर्बाइन) र रियाक्सन टर्बाइन (Reaction Turbine)।
आवेग टर्बाइनहरूले उच्च वेगमा बहिरहेको तरल पदार्थ वा ग्यास जेटको प्रवाहको दिशा परिवर्तनगरि टर्बाइन घुमाउँछ र ऊर्जा उत्पादन गर्दछ। टर्बाइनको ठिक अगाडी सानो नोजलबाट तरल पदार्थ बाहिर फोहोराको रुपमा निस्कान्छ। यस्ता टर्बाइनहरू प्रवाह कम भएको तर चाप अधिक भएको अवस्थामा प्रयोग हुन्छ।[5]
रियाक्सन टर्बाइनहरू ग्यास वा तरल पदार्थको चापको भरमा चल्दछ। ग्यास वा तरल पदार्थको दबाब परिवर्तन हुदा यो टर्बाइन घुम्दछ। यस्ता टर्बाइनहरू चाप कम भएको तर पानीको मात्रा अधिक भएको अवस्थामा प्रयोग गरिन्छ।[5]
आधुनिक अभ्यासमा टर्बाइन डिजाइनलमा दुबै रियाक्सन र आवेग अवधारणाहरूको प्रयोग हुन्छन्। सम्भव भएसम्म बढी उर्जा बचत गर्ना २-३ चरण युक्त टर्बाइनहरुको पनि आविस्कार गरिएका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.