Remove ads
From Wikipedia, the free encyclopedia
झोछेँ टोल वा फ्रिक स्ट्रिट काठमाडौं दरबार क्षेत्रको दक्षिणमा अवस्थित एउटा सानो टोल हो। यो पुरानो टोललाई सन् १९६० र सन् १९७० को दशकमा अमेरिकी र युरोपेली देशका पर्यटकहरूले हिप्पी ट्रेलको भाग जनाउँदै यसलाई 'फ्रिक स्ट्रिट' नाम दिएका थिए।[१]
फ्रिक स्ट्रिट | |||
स्थान | काठमाडौं दरबार क्षेत्रको दक्षिण भागमा | ||
---|---|---|---|
निर्देशाङ्क | २७.७०३३°N ८५.३०७५°E | ||
अन्य | |||
चिनारीको कारण | सन् १९६० देखि सन् १९७० सम्म हिप्पी ट्रेल, लागूपदार्थ बेचबिखन |
झोछेँ टोल सन् १९६० को प्रारम्भदेखि सन् १९७० दशकको अन्त्य सम्म हिप्पी जीवनमा रमाउने बाह्य तथा आन्तरिक पर्यटकहरूको केन्द्रबिन्दु थियो।[२] त्यसबेला यहाँ पर्यटकहरू तान्ने मुख्य आकर्षण सरकारद्वारा सञ्चालित चरेस पसलहरू थिए। संसारका विभिन्न भागबाट हिप्पीहरू कानूनी गाँजाको खोजीमा बसन्तपुरभित्र रहेको यस टोलमा आउने गरेका थिए।[३] यो स्थानसम्म आउनको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै बस सेवाहरू उपलब्ध थिए र कानुनी धुम्रपान खोज्ने हिप्पीहरूलाई लक्षित गर्दै सीमानाहरू थिए। गाँजा र चरस कानूनी र सरकारी इजाजतपत्र पसलहरूमा खुला रूपमा विक्री वितरण हुने भएकोले यो निक्कै लोकप्रिय थियो।[४] पश्चिममा युवाहरूको अस्वस्थ जनसङ्ख्याले आफूलाई राजनीतिक र सामाजिक निराशाबाट टाढा राख्न खोज्दै संस्कृति, कला, वास्तुकला, र जीवनशैलीसँग प्रत्यक्ष सम्पर्क बनाउन तिनीहरूलाई झोछेँ टोलले आकर्षित गरेको थियो।[५]
सन् १९७० को प्रारम्भमा नेपाल सरकारले झोछेँ टोलमा हिप्पीहरूलाई घेराबन्दी सुरु गरेर तिनीहरूलाई भारततर्फ पठाउन सुरु गरेको थियो। यो कार्य धेरै हदसम्म संयुक्त राज्य अमेरिका सरकारको निर्देशनमा चलाइएको थियो। सरकारले पर्यटकहरूको लागि ड्रेस कोड र शारीरिक उपस्थितिको सम्बन्धमा कडा नियम लागू गरेको थियो। सरकारले त्यस्ता नियमहरू लागू गरेपछि हिप्पीहरूले आफुलाई असुरक्षित महसुस गरे र नेपालको हिप्पी आन्दोलन सन् १९७० को दशकको अन्ततिर समाप्त भएको थियो। अमेरिकी सरकारकै निर्देशनमा नेपाल सरकारले नेपालमा चरेस र गाँजाको उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो।[६] हिप्पी पर्यटन चाँडै पदयात्रा र सांस्कृतिक पर्यटनको अधिक परम्परागत व्यवसायहरूसँग प्रतिस्थापित गरिएको थियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.