From Wikipedia, the free encyclopedia
मा यूं (चिनियाँ: 马云, [mayn][mɑ̀y̌n]; जन्म सेप्टेम्बर १०, १९६४),[2] व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् । [3]
मा को जन्म चीनको झेजियांग प्रान्तको हांग्जो मा भएको थियो । उनले सानै उमेर देखि अंग्रेजी भाषाको अध्ययन शुरू गरेका थिए भने आफ्नो दैनिक जीवनमा उनको घर नजिकैको होटलको अंग्रेजी भाषा वक्तासँग अभ्यास गर्ने गर्दथे । माले आफ्नो अङ्ग्रेजीलाई राम्रो बनाउनको लागि उनीहरूलाई शहरमा निःशुल्क भ्रमण गराउने गर्दथे । [4] उनले यस्तो नौ वर्षसम्म गरेका थिए । उनले एकजना विदेश मित्रसँग कलम मित्रता गासेका थिए । उनका साथीले माको चिनियाँ नाम उच्चारण गर्न धेरै गाह्रो भएकोले उनको उपनाम "ज्याक" राखि दिएका थिए ।
पछि आफ्नो युवा अवस्थामामा, उनी चिनियाँ विश्वविद्यालयको प्रवेश परीक्षामा तीन पटकसम्म असफल भएका थिए । अन्तत माले हांगझोउ शिक्षकको इन्टिच्युटमा भर्ना भए र उनी सन् १९८८ मा अंग्रेजी विषयमा स्नातक उत्तीर्ण गरेका थिए ।
स्नातक शिक्षा पश्चात उनले ३० वटा विभिन्न रोजगारीमा उनले आवेदन भरे र सबैमा उनीलाई अस्विकृत भएका थिए । सन् १९९४ मा मा ले इन्टरनेटको बारेमा सुनेका थिए, उनी साथीका साथ अमेरिका गए साथीको सहयोगमा उनी इन्टरनेटको बारेमा जानकारी प्राप्त गरे । उनले इन्टरनेटमा पहिलो खोजेको शब्द बियरको बारेमा खोजेका थिए उनले विभिन्न देशहरूको बियरको बारेमा जानकारी पाए, तर उनीले कुनै पनि जानकारी चीनबाट nभएकोमा अच्चम परेका थिए । यस्तै गरी उनले चीनको बारेमा सामान्य जानकारी समेत खोज्दा केही पनि नभेटाउदा उनी अच्चम परेका थिए । उ र उसको साथी मिलेर चीनको बारेमा एउटा बेभपेज तयार गरेका थिए । [5] बेभसाइट तयार गरेको पाँच घण्टा भित्र उनले कुनै चिनियाँ व्यक्तिबाट उनको बारेमा जान्ने इच्छा सहितको इमेल प्राप्त गरेका थिए । यस बेला उनले इन्टरनेटमा गर्ने ठूलो स्थान रहेको महशुस गरेका थिए । सन् १९९५ अप्रिलमा मा, उनको श्रीमती तथा एक जना साथीले युएसडि २०,००० जम्मा गरेर एउटा इन्टरनेट कम्पनीको थालनी गरेका थिए । उक्त कम्पनीले कम्पनीकोहरूको बेभसाइट तयार गर्ने काम गर्दथ्यो । उनले उक्त कम्पनीको नाम "चाइना एलो पेजेज" राखेका थिए । तीन वर्ष भित्र उनको कम्पनीले ५,०००,००० चिनियाँ युआन जुन युएसडि ८००,००० बराबरको कमाई गरेको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.