जैन मन्दिर, कमलपोखरी

From Wikipedia, the free encyclopedia

जैन मन्दिर, कमलपोखरी

काठमाडौँको कमलपोखरीमा स्थित जैन मन्दिर बि.स. २०४८ साल साउन ४ गतेका दिन (सन् १९९१ जुलाई २० तारिक ) मा स्थापित भएको हो। यस मन्दिरको पुरा नाम महाबिर जैन निकेतन हो भने यस मन्दिरको उद्घाटन भुत पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले गरेका थिए। यस मन्दिर जैन ट्रस्ट द्वारा निर्माण गरिएको थियो। यो मन्दिर दुई तले छ जसमा पहिलो तल्लालाई "दिगाम्बर" नामांकरण गरिएको छ भने दोस्रो तल्लालाई "सिताम्बर" नाम राखिएको छ।

Thumb
जैन मन्दिर, कमलपोखरी

जैन धर्ममा २४ वटा भगवानहरु छन् भने यस महाबिर जैन निकेतन जैन मन्दिरमा दिगाम्बर, आदिनाथ भग्वान, सिताम्बर, मलीनाथ, महावीर स्वामी र नमीनाथ भग्वानको मुर्तीको स्थापना गरिएको छ। यो धर्मको धर्मवालम्बीहरु भारतमा धेरै रहेका छन। यो संसारकै पुरानो धर्ममा गनिन्छ। यस मन्दिरमा जैन धर्म बाहेक अरू धर्मवालम्बीहरूलाई पनि यस मन्दिरमा प्रवेश दिने गरिएको छ।

हिजोको दिनमा जैन मन्दिर

निर्माण पक्ष

यस मन्दिरको संरचना संगमरमर द्वारा गरिएको छ।

जैन मन्दिरका विशेषता

धर्मशाला

जैन मन्दिरको दर्शन गर्न आउने भक्तजनको लागि धर्मशालाको पनि व्यवस्था गरिएको छ। साथै यस मन्दिरको दाहिने तर्फ बिवाह र भोज भतेरका लागि हल निर्माण गरिएको छ।

सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस्

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.