जुडो

From Wikipedia, the free encyclopedia

जुडो एक आधुनिक जापानी मार्सल आर्ट, लडाकू स्तरको ओलम्पिक खेल हो । विशुद्ध बुध्दि र बल्को सन्तुलन समायोजित खेल 'जुडो',दुई जापानी शब्द 'जु' र 'डो' मिलेर बनेको पाईन्छ । 'जु' अक्षरको अर्थ बिनम्र वा भद्र र 'डो' अक्षरको अर्थ मार्ग वा पथ भन्ने बुझिन्छ । यसअर्थमा जुडोको शाब्दिक अर्थ बिनम्रमार्ग र अद्रपथ हो । जुडोले मानवता, भातृत्वता र आत्मस्वाभिनको समेत प्रतिनिधित्व गर्दछ । जुडो खेल सन् १८८२ मा प्रोफेशर जिगोरो कानोद्धरा सुत्रधार गरिएको हो । तसर्थ जुडो खेलको पिता स्व. प्रोफेशर जिगोरो कानो हुन् । जुडो खेलका वाजा (तरिका/हरु) 'अल्प बलमा अधिक असर' (Maximum Effect With Minimum Effort) सिद्धान्त वा मूलमन्त्र लाई आत्मसाथ गरी निर्माण गरिएको हो ।

खेल उद्देश्य

उद्धेश्य बिनाको मानिस र गनतव्य बिनाको यात्रु समान भने झै,जुडो खेलप्रति उत्प्रेरित जुडो खेलाडीहरू सबैको आ-आफ्नो उद्धेश्य छ,जसमा कोही शरीर सुडौल तथा आत्मविश्वासी बनाउँन, कोहि मन शान्त तथा आत्मविश्वासी बनाउन, कोही शरीर स्वस्थ तथा समय व्यस्त बनाउन, कोही विभिन्न परिस्तिथिमा आत्मरक्षाका निम्ति, कोही नाम तथा दाम कमाउन, कोही चाहि पसिना आएपछिको राम्रो अनुभव गर्न चाहन्छन्, कोही जुडो खेलको प्रशिक्षक बन्न चाहन्छन् र कोही जुडो को मानवतावादी खेलसन्देश समाजमा छर्दै समाजसेवाद्धारा परोपकारप्रति समर्पित हुन् चाहन्छन् । स्व.प्रोफेशर जिगोरो कानोले जुडोलाई 'कोदोकान जुडो' भन्नुको वास्तविकताले के देखाउछ भने उहाले कसरी धरैजसो सिद्धान्त बनाउनु भयो र यसलाई सिक्ने जिवनको मुख्य उदेश्य बनाउनु भयो । प्रो कानो स्वयंले भन्नु भयो, जुडोको उद्धेश्य, आक्रमण र आक्रमणलाई रोक्न अभ्यास गर्दै शरीरलाई बलियो पार्नु, मनलाई अभ्यासमा लगाएर इज्जत बढाउनु र अन्तयमा आफुलाई समाजहित र राष्ट्रनिमार्णमा समर्पित गर्नु हो ।

जुडोको इतिहास‍

Thumb
जिगोरो कानो

जुडो वा कोदोकान जुडोको संस्थापन तथा स्थापक स्व.प्रो. जिगोरो कानो हुनुहुन्छ । सन् १८६० मा जापानको शमुद्री तटवर्ती क्षेत्र कोबेका एक समान्य मध्यम आर्थिक अवस्थमा जन्म लिनु भएका प्रो. कानोले कोदोकान जुडो सन् १८८२ अर्थात मात्र २२ वर्षको उमेरमा यो खेलको निर्मान गर्नु भएको हो । उहाँले जुडो निर्माण कार्य सन् १८८२ फेब्रअरी महिनामा पूरा गरी सक्नु भएको थिएतापनि कोदोकान जुडो भने सन् १८८२ मे महिनामा शिताया वामन जापानी क्षेत्रमा गर्नु भएको हो । जुडो जुजुत्सु नामक प्राचिन युद्धकलात्मक खेलबाट उत्पन्न भएको हो, जसको धेरै नाम जस्तै ताईजुत्स, यावारा रहेका छन् ।

उमेर समूह

जुडो सबै पुस्ताहरूको लोकप्रिय खेल हो । जुडो सबै उमेरका ६ वर्ष देखी ८० वर्ष वा सो भन्दा माथि जुनसुकै जात–धर्म, भाषा-संस्कृती राष्ट्र-राष्ट्रियता र पेशाका (लोग्ने) पुरूष,महिला (स्वासनी) मानिसहरूका निम्ति, शारीरिक, मानसिक, सैद्धाम्तिक, ज्ञानपूर्ण रोचक र फलदायक खेल हो ।




सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.