चन्द्रवंश वा सोमवंश पौराणिक राजवंश मानिन्छ । हिन्दु शास्त्रहरूका अनुसार चन्द्रवंश प्रमुख क्षत्रिय वंशहरूमध्ये एक हो । चन्द्रवंशको उत्पत्ति र नामाङ्करण चन्द्र (देवता)(सोम)बाट भएको हो । चन्द्र र ताराका छोरा बुध (देवता)ले इक्ष्वाकुकी छोरी इलासँग विवाह गरी पुरुरवाको जन्म भयो । पुरुरवाको वंशका राजाहरू गाधी, ययाति, नहुष, कुशीक, पुरु, विश्वामित्र, कुरु, यदु, आदि रहेका थिए ।[१][२]
![Thumb](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2d/Kaurava_Pandava_Yuddh.jpg/320px-Kaurava_Pandava_Yuddh.jpg)
![Thumb](http://upload.wikimedia.org/wikipedia/commons/4/44/Drapeau_Bastar.png)
यदुवंश र पुरुवंश चन्द्रवंशका शाखा हुन् । भगवान मानिएका कृष्ण प्रसिद्ध यदुवंशी राजा थिए । महाभारतका धृतराष्ट्र, पाण्डु, कौरव र पाण्डवहरू सबै पुरुवंशी थिए ।
स्रोतहरू
हेर्नुहोला
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.