गोक्यो ताल
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन । यी तालहरू मध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । [1] सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।[2]
गोक्यो ताल | |
---|---|
रहेको स्थान | सोलुखुम्बु जिल्ला |
भौगोलिक निर्देशांक | २७°५८′४९″उ॰ ८६°४०′०७″पू॰ |
सिंचित क्षेत्र | नेपाल |
सतहको क्षेत्रफल | १९६.२ हेक्टर (४८५ एकड) |
सतहको उचाई | ४,७००–५,००० मी (१५,४००–१६,४०० फिट) |
यस ताललाई हिन्दू तथा बौद्ध दुवैले शुद्ध तथा पवित्र मानेको छ । १००० भन्दा बढी हिन्दू धर्मावालाम्बीहरूले प्रत्येक वर्ष अगस्त महिनामा हुने जनैपूर्णिमाको दिन यहाँ स्नान गर्दछन ।[3] औषतरूपमा हेर्दा प्रत्येक वर्ष यहाँ ७००० पर्यटक घुम्न आउने गर्दछन । यो तालको दक्षिणपट्टि हिन्दू देवता शिव तथा विष्णुको मन्दिर रहेको छ जहाँ हजारौ श्रद्धालु आउने गर्छन । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।
सगरमाथा बेसक्याम्प पछि गोक्यो ताल पर्यटकहरूको लागि आउने सर्वाधिक ठुलो गन्तब्य हो । ४,७९० मिटरको उचाईंमा रहेको गोक्यो गाउँ पर्यटकहरूको लागि सबैभन्दा मनोरन्जक गन्तब्य हो । नाम्चे बजार देखि यस ठाउँ पुग्न दुई दिन पैदल हिडेर पुग्न सकिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.