गुराँस

From Wikipedia, the free encyclopedia

गुराँस

गुराँस नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो। यो पतझड (decidious) वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ। दुवै प्रकारका गुराँस औषधि मानिन्छन् । नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ । खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा ललि गुरास खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ ।

छरितो तथ्यहरू गुराँस, वैज्ञानिक वर्गीकरण ...
गुराँस
Thumb
Rhododendron ponticum
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Ericales
कुल:
Ericaceae
वंश:
Rhododendron

L.
Subgenera []
  • Azaleastrum
  • Candidastrum
  • Hymenanthes
  • Mumeazalea
  • Pentanthera (Azaleas)
  • Rhododendron
  • Therorhodion
  • Tsutsuji (Azaleas)
  • Vireya
बन्द गर्नुहोस्

प्रजातिहरू

नेपाल

विश्वमा गुराँसका ३२ प्रजातिहरू पाइन्छन्। यसमध्य नेपालको तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थलमा रहेको तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा २८ प्राजातिका गुराँस पाईन्छ।[]

ग्यालरी

Thumb
लाली गुराँसको एक चित्र
Thumb
लाली गुराँसको एक चित्र

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.