खबतरी बस्नेत

From Wikipedia, the free encyclopedia

खप्तडि बस्न्यात/बस्नेत नेपाली क्षत्रीय थर बस्नेतको एक कुलघरान राजन्य हुन् ।कौशिक गोत्रका रघुवंशी क्षत्रिय हुन् ।[१] षप्तडिहरु खप्पर देवी खप्पर मष्टको पुजा गर्छन् । उनीहरूका पूर्वजहरूले खप्तड राज्यमा शासन गरेको ऐतिहासिक कथन छ । त्यस भेगका जाँतमा गाइने चैतबाट पनि उक्त कथन ऐतिहासिक तथ्य हो भनी प्रमाणित गर्न सहयोग गर्छ । राजा बलदेवका छाेरा संग्राम सिंह आफ्नाे कान्छाे छाेरा अजय सिंहलाई वैवश्वतन्यायकाे उपाधि दिएको इतिहास मानिएको छ। वैवश्वतन्याय कालन्तरमा वैवश्वतन्याय-बस्न्याय-बस्न्यात-बस्नेत-बसनाथ (बर्मामा बसनाथ भनिन्छ)अपभ्रम्स भई बस्न्यात/बस्नेतकाे प्रयाेग बढी हुनआएकाे हाे ॥

नेपाल एकिकरण अभियानमा यस परिवारको अन्य बस्नेतहरु झैं महत्त्वपूर्ण भूमिका रहेको छ । गोरखा दरबारको वरिपरि रहेका यस खलकका आवासले पनि उनीहरू प्रति गोरखा राज्यको आड भरोसालाई उजागर गर्दछ । बडामहाराजा पृथ्वीनारायण शाहका शुरुका एकिकरण योजनाका हौसला एवं साहस यसै वंशका वीर पुरुषहरु थिए । एकिकरण पश्चातका नेपाल-अग्रेंज युद्धताका पनि देश रक्षा निमित्त महत्त्वपूर्ण योगदान दिएका षप्तडि बस्नेतका वीर पुरुषहरूले राणाकालमा समेत तिब्बत तथा भारतमा भएका युद्धहरूमा आफ्नो नेतृत्वबाट राष्ट्रलाई महत्त्वपूर्ण जितहरु दिलाएका थिए ।

कमाण्डिङ कर्णेल पहलमान सिंह बस्न्यात, षप्तडि बस्नेत हुन् । उनलाई षप्तडी राजा को मान गरी, एवं श्री १को उपाधि पनि दिइएको थियो । त्यस्तै पूर्व गृहमन्त्री यज्ञबहादुर बस्न्यात,प्रधान सेनापति सिँह बहादुर बस्न्यात, पूर्व राजदूत डा. सिँँह बहादुर बस्न्यात पनि षप्तडि बस्नेत हुन् ।

[२]

उल्लेखनीय षप्तडि/खबतरी हरू

स्रोत

यो पनि हेर्नुहोस्

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.