क्रान्तिकारी

From Wikipedia, the free encyclopedia

क्रान्तिकारी भनेको निरंकुशता र औपनिवेशवादको बिरूद्ध क्रान्तिमा सक्रियतासाथ भाग लिने वा अत्याचार र उपनिवेशवादको बिरूद्ध क्रान्तिको वकालत गर्ने व्यक्ति हो। [१]

क्रान्तिकारी- नाम र विशेषण - दुवै शब्दावलीको रुपमा प्रायः राजनीतिको क्षेत्रमा , र कहिलेकाही बिज्ञान , आविष्कार वा कलाको क्षेत्रमा प्रयोग गरिन्छ। राजनीतिमा, क्रान्तिकारी भनेको सामाजिक वा राजनैतिक अवस्थालाई रुपान्तरण गर्दै आकस्मिक वा द्रुत वा आमूल परिवर्तनलाई समर्थन गर्ने व्यक्ती हो, भने सुधरवादी भनेको व्यवस्था भित्र नै काम गर्दै समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने सिद्धान्त समर्थन गर्ने व्यक्ती हो। त्यो हिसाबमा, तुलनात्मक रुपमा क्रान्तिकारीलाई उग्रवादी र सुधारवादीलाई तुलनात्मक रुपमा मध्यमार्गी मान्न सकिन्छ।

सन्दर्भ

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.