कीर्तिमानसिंह बस्न्यात
नेपालको मूलकाजी From Wikipedia, the free encyclopedia
कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।[१][२] नेपाली सेनाका कमान्डर हुन्।[३] उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी) र भोटु पाण्डेसँग काम गरेका थिए ।
श्री मूलकाजी जर्नेल कीर्तिमान सिंह बस्न्यात | |
---|---|
![]() मूलकाजी कीर्तिमान सिंहको चित्र | |
नेपालको मूलकाजी | |
कार्यकाल सन् १७९८ – सन् १७९९ | |
पूर्वाधिकारी | बहादुर शाह |
उतराधिकारी | बख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे |
व्यक्तिगत विवरण | |
मृत्यु | सन् १७९९ [१] |
अभिभावकs |
|
सैन्य सेवा | |
निष्ठा | नेपाल |
श्रेणी | जनरल |
लडाई/युद्धहरू | नेपाल –तिब्बत /चीन युद्ध (I & II) |
उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । [१]
हत्या
रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।[४][५]
सन्तान
उनका छोरा इन्द्रवीरसिंह बस्न्यात थिए। बि.सं. १८५८ मा अंग्रेजसंग वाणिज्य सन्धि भएपछि इन्द्रवीरसिंह बस्न्यातलाई नेपाली राजदूतको रुपमा पटनामा राखिएको थियो।
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.