From Wikipedia, the free encyclopedia
एन्फा कम्प्लेक्स एक ललितपुर सातदोबाटोमा रहेको फुटबल रंगशाला र प्रशिक्षण स्थल हो। अखिल नेपाल फुटबल संघको मुख्यालय एन्फा कम्प्लेक्स सातदोबाटोमा नै रहेको छ। यसको निर्माण सन् १९९९ मा भएको थियो। यहा एन्फा हाउस (एन्फाको हालको मुख्यालय), एन्फा एकेडेमी, र फुटबल मैदान रहेको छ।
पुरा नाम | एन्फा कम्प्लेक्स, सातदोबाटो |
---|---|
पूर्व नाम | एन्फा हाउस |
स्थान | ललितपुर, नेपाल |
निर्देशाङ्क | २७.६६२११९°N ८५.३२९९१२°E |
मालिक | नेपाल राष्ट्रिय खेलकुद युवा तथा खेलकुद मन्त्रालय |
परिचालक | अखिल नेपाल फुटबल सङ्घ |
दर्शक क्षमता | ४,००० |
सतह | AstroTurf |
निर्माण | |
खुला | 1999 |
मर्मत सम्भार | 2012 2014 2015 |
भाडावाल | |
अखिल नेपाल फुटबल सङ्घ |
२०१२ एएफसी च्यालेञ्ज कपको समयमा फिफाका अध्यक्ष सेप ब्ल्याटरले एन्फा कम्प्लेक्समा आयोजना गरिएको समारोहमा बत्ती बालेर नेपालको तेस्रो फिफा गोल कार्यक्रम को उद्घाटन गरे। एन्फाका अध्यक्ष (तत्कालीन एसियाली फुटबल महासङ्घ ( ए.एफ.सी)का उपाध्यक्ष) गणेश थापाले १५० खेलाडीहरूको लागि तीन एकेडेमी र महिला एकेडेमी बनाउनका लागि रकम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। [1] [2] एन्फा कम्प्लेक्सको स्तरोन्नति र स्टेडियम निर्माणमा एन्फा टेक्निकल सेन्टर, बुटवल र एन्फा टेक्निकल सेन्टर धरानको निर्माण पनि यसमा समावेश थियो । [3] फुटबल एकेडेमीको कुल लागत ४ लाख अमेरिकी डलर थियो
चौथो फिफा गोल परियोजना को थप ५ लाख अमेरिकी डलर [4] को आर्थिक सहयोगको साथ, घाँस पिचको गुणस्तरमा बाधा पुर्याउने नेपालको मौसम अवस्थाका कारण कृत्रिम टर्फ (मैदान) राखियो। २०१४ मा नेपाल खेल पत्रकार फोरम र एफए बीच मैत्रीपूर्ण खेलको क्रममा नयाँ बिछ्याइएको टर्फको उद्घाटन भयो। [5]
वि,सं २०७२ मा, महाभूकम्पको कारणले दशरथ रंगशाला क्षतिग्रस्त भएपछी अखिल नेपाल फुटबल संघले राष्ट्रिय स्टेडियमको रूपमा मैदानको क्षमता ४,००० सम्म विस्तार गर्न प्यारापेटहरू निर्माण गर्यो । [6]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.