संयुक्त राष्ट्र संघका महासचिव From Wikipedia, the free encyclopedia
एन्टोनियो गुट्रेस GCC GCL (/ɡʊˈtɛrəs/; European Portuguese: [ɐ̃ˈtɔnju ɡuˈtɛʁɨʃ]; जन्म ३० अप्रिल १९४९ ) संयुक्त राष्ट्र सङ्घका महासचिव हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।
एन्टोनियो गुट्रेस | |
---|---|
महासचिव संयुक्त राष्ट्र सङ्घ | |
पद बहाली जनवरी १, २०१७ | |
पूर्वाधिकारी | बान कि-मुन |
व्यक्तिगत विवरण | |
जन्म | एन्टोनियो मैन्युएल डी ओलिविएरा गुटेरेस ३० अप्रिल १९४९ लिस्बन, पुर्तगाल |
मातृ शिक्षाप्रतिष्ठान | लिस्बन विश्वविद्यालय |
वेबसाइट | Campaign website |
उनको जन्म पोर्चुगलको राजधानी लिस्बनमा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालयमा यिनको प्रारम्भिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उनले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे । यसपछि उनले सहायक प्राध्यापकको रूपमा शिक्षण कार्य प्रारम्भ गरे।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.