From Wikipedia, the free encyclopedia
अलि मियाँ (वि. सं. १९७५ - वि. सं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।
अलि मियाँको जन्म वि. सं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँडहर बजार, पोखरा, कास्कीमा भएको हो।[1]
उनका प्रकाशित कृतिह[2] रूः
छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान[1] गरिरहेबापत उनलाई वि.सं. २०६० को जगदम्बाश्री पुरस्कार प्रदान गरियो। त्यसबाहेक उनले वि.सं. २०४७ को इन्द्रराज्यलक्ष्मी पुरस्कार पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।
वि.सं. २०३४ मा राजा वीरेन्द्र, वि.सं. २०१५ मा राजा महेन्द्र, वि.सं. २०१२ मा भारत सरकार र वि.सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।
लोककवि अलि मियाँलाई मरणोपरान्त २०७५ सालको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र छ।[3]
मियाँको वि.सं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.