२०२२ हुङ्गा टोङ्गा ज्वालामुखी विस्फोट र सुनामी
From Wikipedia, the free encyclopedia
१४ जनवरी २०२२ मा, दक्षिण प्रशान्त महासागरको टोङ्गन द्वीपसमूहको निर्जन ज्वालामुखी टापु, हुङ्गा टोंगा–हुंगा हापाईमा एक ठूलो विष्फोट सुरु भयो। हुङ्गा टोंगा टोङ्गा देशको मुख्य द्वीप टोङ्गाटापुबाट ६५ किमी (४० मील) को उत्तरमा पर्छ । [1] [2]
2022 Hunga Tonga eruption and tsunami | |
---|---|
ज्वालामुखी | Hunga Tonga–Hunga Haʻapai |
सुरुवात समय | १४ जनवरी २०२२ |
अन्त्य समय | अझै जारी |
स्थान | प्रशान्त महासागर, टोङ्गा २०.५५०°S १७५.३८५°W / -20.550; -175.385 (Hunga Tonga) |
प्रभाव | 5 dead, 4+ injured, and others reported missing |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Tonga" उपलब्ध छैन्.
|
यो ज्वालामुखी विस्फोटको कारण टोङ्गा, फिजी, अमेरिकन समोआ, भानुआतु र न्यूजील्याण्ड, सहित प्रशान्त महासागरको तटमा सुुुनाामी आयो। जापान संयुक्त राज्य अमेरिका, रूसी सुदूर पूर्व, चिली र पेरुमा घातक सुनामी आयो । १५ मिटर (४९ फिट) सम्मको सुनामी लहरबाट टोङ्गामा कम्तीमा तीन जनाको मृत्यु भयो, केही मानिसहरू घाइते भए र धेरै सम्पर्क बाहिर छन्म। पेरुमा २ मिटर (६ फिट ७ इन्च) अग्लो सुनामी तटमा पुग्दा २ जनाको डुबेर मृत्यु भयो। प्रारम्भिक तथ्याङ्कले यो घटना सम्भवतः २१ औं शताब्दीको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट थियो र १९९१को माउन्ट पिनाटुबोको विष्फोट पछिको सबैभन्दा ठूलो थियो भन्ने संकेत गरेको छ। [3]