![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/Prudential_Cup.jpg/640px-Prudential_Cup.jpg&w=640&q=50)
१९७९ क्रिकेट विश्वकप
From Wikipedia, the free encyclopedia
क्रिकेट विश्वकप १९७९ (आधिकारिक रूपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको दोश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २१ जुन सम्म इङ्ल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । यो १९७५ क्रिकेट विश्वकपकै अनुसार खेलाईएको थियो ।
छरितो तथ्यहरू १९७९ प्रुडेन्सियल कप, मिति ...
१९७९ प्रुडेन्सियल कप | |
---|---|
![]() प्रुडेन्सियल कप | |
मिति | ९ जुन – २३ जुन |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | राउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट |
आयोजक(हरू) | इङ्ल्यान्ड |
विजेता | ![]() |
सहभागीहरू | ८ |
खेल संख्या | 15 |
उपस्थिति | १३२,००० (८,८०० प्रत्येक खेलमा) |
अधिक रन | ![]() |
अधिक विकेट | ![]() |
← १९७५ १९८३ → |
बन्द गर्नुहोस्
म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो । यस प्रतियोगितामा पनि म्यान अफ द सिरिजको व्यवस्था गरिएको थिएन ।