हस्तमैथुन
From Wikipedia, the free encyclopedia
हस्तमैथुन भन्नाले आफ्नो यौन अङ्गलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ।[1]पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन्। महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना महत्त्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहे अनुरूप व्यक्ति को कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ।