![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dd/Tikonia_Haldwani_02.jpg/640px-Tikonia_Haldwani_02.jpg&w=640&q=50)
हल्द्वानी
From Wikipedia, the free encyclopedia
हल्द्वानी भारतको उत्तराखण्ड राज्यको कुमाऊँको सबैभन्दा ठूलो सहर हो। यो भारतको उत्तराखण्ड राज्यको तेस्रो सबैभन्दा जनसङ्ख्या भएको सहर र सबैभन्दा ठूलो व्यावसायिक बजार पनि हो। हल्द्वानी सहरमा अपेक्षाकृत रूपमा सबैभन्दा बढी व्यवसायिक, आर्थिक र औद्योगिक गतिविधिहरू हुने भएकोले यसलाई उत्तराखण्डको आर्थिक राजधानी समेत भनिन्छ। नैनीताल जिल्लामा रहेका आठ उपविभागहरू मध्ये हलद्वानी एक हो। हल्द्वानी सहरी समूहमा सन् २०११ को जनगणना अनुसार २,३२,०६० मानिसहरू बसोबास गर्ने गरेका छन्। देहरादुन, हरिद्वार र रुडकी पछि यो सहरी समूह उत्तराखण्डको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहरी समूह हो। कुमाऊँ हिमालयको फेदमा अवस्थित भएकोले हल्द्वानीको काठगोदाम छिमेकी क्षेत्रलाई 'कुमाऊँको प्रवेशद्वार' भनेर चिनिन्छ।
हल्द्वानी | |
---|---|
उपनाम(हरू): हरित सहर, कुमाउँको प्रवेशद्वार | |
निर्देशाङ्क: २९.२२°N ७९.५२°E / 29.22; 79.52 | |
देश | ![]() |
राज्य | उत्तराखण्ड |
विभाग | कुमाऊँ |
जिल्ला | नैनीताल |
स्थापना | सन् १८३४ |
नगरपालिका | सन् १९४२ |
संस्थापक | जर्ज विलियम ट्रेल |
नामकरण | हल्दु |
सरकार | |
• प्रकार | मेयर–परिषद् |
• अङ्ग | हलद्वानी नगर परिषद् |
• मेयर | जोगेन्द्र पाल सिंह रौटेला (भाजपा) |
क्षेत्रफल | |
• जम्मा | २५० किमी२ (१०० वर्ग माइल) |
उन्नतांश | ४२४ मिटर (१३९१ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १,०५०,००० |
• घनत्व | ४२००/किमी२ (११०००/वर्ग माइल) |
भाषाहरु | |
• आधिकारिक | हिन्दी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | २६३१३९, २६३१४१ |
टेलिफोन कोड | +९१-५९४६ |
सवारी दर्ता | UK-04 |
वेबसाइट | nagarnigamhaldwani |
गौला नदीको किनारमा हिमालयको फेदमा रहेको भावर क्षेत्रमा अवस्थित हल्द्वानी सहर सन् १८३४ मा चिसो मौसममा भावर भ्रमण गर्ने पहाडी मानिसहरूका लागि बजारको रूपमा स्थापित भएको थियो। सन् १८८२ मा बरेली-नैनीताल बीच प्रान्तीय सडकको निर्माण र सन् १८८४ मा रोहिलकुण्ड र कुमाऊँ रेलवेद्वारा भोजीपुरा- काठगोदाम रेलवे लाइन बिच्छाएको कारण सहरलाई प्रमुख व्यापारिक नाका र त्यसपछि कुमाऊँको पहाडी क्षेत्रहरू र भारतीय गङ्गाको मैदानहरू बीचको केन्द्रको रूपमा विकास गर्न मद्दत गरेको थियो।