![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/18/Sir_Hari_Singh_Bahadur%252C_Maharaja_of_Jammu_and_Kashmir%252C_1944.jpg/640px-Sir_Hari_Singh_Bahadur%252C_Maharaja_of_Jammu_and_Kashmir%252C_1944.jpg&w=640&q=50)
हरि सिंह
From Wikipedia, the free encyclopedia
महाराजा हरि सिंह (जन्म: २१ सेप्टेम्बर १८९५ , जम्मू; निधन: २६ अप्रिल १९६१ मुम्बई) जम्मू र कश्मीर राज्यको अन्तिम शासक महाराज थिए । उनी महाराजा प्रताप सिंह को भाइ, अमर सिंहको कान्छो छोरा हुन् । उनले जम्मू-कश्मीरको राजगद्दी आफ्नो ठूलोबुवा महाराजा प्रताप सिंहबाट अपुतालीमा पाएका थिए ।
छरितो तथ्यहरू हरि सिंह, पूर्वाधिकारी ...
हरि सिंह | |
---|---|
जम्मू र कश्मीरको महाराजा | |
![]() महाराज हरि सिंह, जम्मू र कश्मीरको महाराज | |
पूर्वाधिकारी | प्रताप सिंह |
उत्तराधिकारी | करण सिंह (राजप्रमुखको रूपमा) |
सन्तान | करण सिंह ६: (४ पुत्र, २ पुत्री) |
घराना | डोग्रा राजवंश |
बन्द गर्नुहोस्
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/45/Maharaja-hari-singh.jpg/320px-Maharaja-hari-singh.jpg)
उनले आफ्नो जीवनकालमा चार विवाह गरे । उनकी चौथी पत्नी, महारानी तारा देवीबाट उनलाई एकमात्र पुत्र करण सिंहको जन्म भयो । हरि सिंह राजपूत डोग्रा राजवंशको अन्तिम राजा थिए । उनी पहाडी डोग्रा राजपूतहरूको जम्मवाल (जम्मुवाल) कुलका प्रमुख पनि थिए ।