हमास (अरबी: حماس Ḥamās, an संक्षिप्त حركة المقاومة الاسلامية Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah )  प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी सङ्घठन हो। योसँग समाज सेवा बिभाग, दवाह र सैन्य बिभाग (इज दिन अल कास्सम ब्रिगेड) रहेको छ। ‍यो गाजा पट्टीलाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकायमा रहेको छ । यो अबधिमा हमासले इजरायलसँग धेरै युद्ध लड्यो ।[1] यो सङ्घठनलाई इजरायल, संयुक्त राज्य अमेरिका, क्यानडा, जापान र युरोपेली सङ्घले आतंकबादी सङ्गठनको दर्जा दिएको छ। अष्ट्रेलिया, न्युजिल्यान्ड, पाराग्वे र संयुक्त अधिराज्यले यसको सैन्य बिभागलाई मात्र आतंकवादी संगठनको मान्यता दिएको छ। ब्राजिल, इजिप्ट, नर्वे, कतार, सिरिया, रूस, चीन र टर्की र बाँकी दुनियाँ ले यसलाई आतंकवादी संङ्गठनको मान्यता दिएको छैन।[2][3][4][5]

छरितो तथ्यहरू हमासحركة المقاومة الاسلامية, प्रवक्ता ...
हमास

حركة المقاومة الاسلامية
प्रवक्ताफावजी बर्होयम
प्रमुखइस्माइल हनिया
उप-प्रमुखमौसा अबु मार्जुकMatthew Levitt,
स्थापना१९८७ (1987)
पूर्वकालीनप्यालेस्टिनी मुस्लिम ब्रदरहुड
प्रमुख कार्यालयगाजा पट्टी
विचारधारा
  • प्यालेस्टिनी राष्ट्रबाद
  • सुन्नी इस्लाम
  • इस्लामिक राष्ट्रबाद
  • Islamic fundamentalism
  • यहुदी बिरोधि
धर्मसुन्नी इस्लाम
अन्तर्राष्ट्रिय सम्बद्धतामुस्लिम ब्रदरहुड
रङहरूहरियो
Legislative Council (2006)
७४ / १३२
राजनीतिक दलको झन्डा
Thumb
वेबसाइट
hamas.ps/en
बन्द गर्नुहोस्

हमासको स्थापना इजेप्टेली सङ्गठन मुस्लिम ब्रदरहूडको शाखाको रूपमा १९८७ मा भएको थियो। यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण, प्रतिरोधी र प्यालेस्टाइन मुक्ति सङ्गठन (पि.एल.ओ.) विरोधी रहेको थियो। सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट  प्यालेस्टाइनको मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।

हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृङ्खला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र, २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।[6] नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ ।

२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।[7] उक्त निर्वाचन पछि , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता सर्तमा वैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछि चौकडीले वैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो ।  त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । [8] २०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्योबाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।

शब्द-व्युपत्ति

हमास  ( अरबी भाषा حركة المقاومة الاسلامية or Harakat al-Muqāwama al-Islāmiyya,) को आर्थ "इस्लामिक प्रतिरोधी आन्दोलन" हुन्छ . अरबिक शब्द "हमास" (حماس) को अर्थ " साहस" हुन्छ । [9][10][11][12]

अक्टोबर २०२३ गाजा–इजरायल संघर्ष

सन्दर्भ

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.