हँसिया हथौडा
कम्युनिष्ट प्रतीक / From Wikipedia, the free encyclopedia
हँसिया-हथौडा ( युनिकोड : "☭") [lower-alpha 1] प्रतीक हो जसको अर्थ सर्वहारा एकता - किसान र मजदुर-वर्ग बीचको एकतालाई जनाउँछ। यसलाई पहिलो पटक रुसी क्रान्तिको दौरान स्वीकार गरिएको थियो, हथौडाले कामदारहरूको र हँसियाले किसानहरूको प्रतिनिधित्व गर्छ। [1]
पहिलो विश्वयुद्ध (जुन रसिया १९१७ मा युद्धबाट फिर्ता भएको थियो) र रूसी गृहयुद्ध पछि हँसिया-हथौडा सोवियत सङ्घ भित्रको श्रम र अन्तर्राष्ट्रिय सर्वहारा एकताको प्रतीकको रूपमा धेरै प्रयोग भयो। यसलाई विश्वभरिका धेरै कम्युनिष्ट आन्दोलनहरूले,केहि स्थानीय भिन्नताका साथ लिएका थिए। आज, सोभियत संघको विघटन पछि पनि हँसिया-हथौडा रूस र अन्य पूर्व सङ्घीय गणतन्त्रहरूमा सामान्य रहेको छ तर केही अन्य पूर्व कम्युनिष्ट मुलुकहरूमा र साम्यवादलाई कानूनले प्रतिबन्धित गरेको देशहरूमा, यसको प्रदर्शन निषेध गरिएको छ। भियतनाम र चीन जस्ता समाजवादी देशहरूमा पनि हँसिया-हथौडा सामान्य छ।