From Wikipedia, the free encyclopedia
सेन्जेन ([ʂə́nt͡ʂə̂n] ( ); चिनियाँ: 深圳[1])चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य सहरहरू मध्ये एक हो। सेन्जेन सहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ। यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ। [2]
सेन्जेन
深圳市 | |
---|---|
देश | चीन |
प्रान्त | गुआङ्गडोङ्ग |
सहर | मार्च १९७९ |
SEZ गठन गरिएको | १ मे १९८० |
सरकार | |
• मेयर | झु किन |
क्षेत्रफल | |
• नगर | २०५० किमी२ (७९० वर्ग माइल) |
• सहरी | १९९१.६४ किमी२ (७६८.९८ वर्ग माइल) |
उन्नतांश | ०–९४३.७ मिटर (०–३१४५.७ फिट) |
जनसङ्ख्या (२०१४) | |
• नगर | १०७७८९०० |
• घनत्व | ५३००/किमी२ (१४०००/वर्ग माइल) |
• सहरी | १०,६३०,००० |
• सहरी घनत्व | ५३००/किमी२ (१४०००/वर्ग माइल) |
क्षेत्रीय सङ्केत | ७५५ |
वेबसाइट | sz.gov.cn |
पहिला सेन्जेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकिएको थियो।[3] २०१५ को सरकारी प्रतिवेदन अनुसार सेन्जेन सहरमा कुल १,०८,७८,९०० जनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो।[4] सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको सहरहरू मध्ये सेन्जेन पनि एक हो। सेन्जेनको जनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो। [5]
सेन्जेन क्षेत्रमा मानिसको बसोवास पुरातन समय देखी नै रहेको देखिन्छ। हालसम्म भेटिएको सबैभन्दा पूरानो पुरातात्त्विक अवशेषहरू करिब ५००० वि.सि को रहेको अनुमान लगाईएको छ।
सेन्जेन चीनको मे १९८० को पाँच विशेष आर्थिक क्षेत्र मध्ये पहिलो क्षेत्र हो। प्रारम्भमा विशेष आर्थिक क्षेत्रको क्षेत्रफल मात्र ३२७.५ वर्ग कि.मि दक्षिण शेन्झेनमा रहेको थियो। जसले चार जिल्लालाई छुन्थ्यो।
सेन्जेन पर्ल नदीको छेउमा अवस्थित रहेको छ भने यससँग सिमा जोडिएको सहरहरू दक्षिणमा हङ्गकङ्ग, उत्तर र उत्तरपूर्वमा हुइझाउ, उत्तर र उत्तरपश्चिममा डोङ्गगुआन हुन्।
सन् २०१५ मा सेन्जेनको कुल ग्राहस्थ उत्पादन जम्मा २७० बिलियन अमेरिकी डलर थियो। यस शहरको आर्थिक उत्पादन पोर्टुगाल, आयरल्यान्ड तथा भियतनाम भन्दा बढी छ। सन् २०१४ मा यहाँको प्रति व्यक्ति आय १६४,६६४ (युएसडि २५,०३८) रहेको थियो, जुन विकसित देशहरूको बराबर हुन आउँछ।
सेन्जेनको मातहतमा आठ प्रसाशनिक जिल्लाहरू तथा दुई नयाँ जिल्लाहरू पर्दछन्।
सेन्जेनको प्रशासनिक विभाजन | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
फुटियान
लुओहु
नानशान
यानटियान
बाओ'आन
लोङ्गहुआ
पिङसन
लोङ्गग्याङ
गुआङमेङ्ग
डापेङ
|
सेन्जेनको सबैभन्दा अग्लो भबन १०० तल्लाको किंगके हो, जुन ४४१.८ मिटर अग्लो छ। सेन्जेनमा सन् १९९६ मा बनेको एसियाकै अग्लो भवन शुन हिंग स्कवायर (भवनको एन्टिनालाई पनि गणना गर्ने हो भने) पनि छ। यस शहरमा २०० मिटर भन्दा अग्ला ५९ भवनहरू छन् भने ती मध्ये ३०० मिटर भन्दा ९ वटा भवनहरू छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.