सुरुङ्गा
From Wikipedia, the free encyclopedia
सुरुङ्गा झापा जिल्लाको कन्काई नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। पहिले सुरुङ्गा गाउँ विकास समितिको रूपमा रहेको यो ठाउँ र तत्कालिन सुरुङ्गा र घैलाडुवा गाविस मिलेर वि.स. २०७१ जेठदेखि कन्काई नगरपालिका बनेको हो।[1] यो ठाँउ कन्काई नदिको पुर्वी तटमा अवस्थित छ। यो जिल्लाको मध्यभागमा रहेको एउटा महत्त्वपूर्ण स्थान हो । ऐतिहासिक, धार्मिक, पौराणिक एवं पर्यटकीय दृष्टिबाट यो स्थान उल्लेख्य रहेको छ तापनि अद्यावधि यसको अध्ययन, अनुसन्धान हुन सकेको देखिदैन। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७४७० रहेको थियो जसमध्ये १२६१२ पुरुष र १४८५८ महिला रहेका थिए भने यहाँ १९३१ घरधुरी रहेको थियो।[2][3]
सुरुङ्गा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २६.४७°N ८७.८४°E / 26.47; 87.84 | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २७,४७० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सुरुङ्गा शब्दको व्युत्पत्तिगत अर्थ पहिल्याउँदै जाँदा महाभारत कालसम्म पुग्न सकिन्छ । सो समयमा पाँच पाण्डवद्वारा सुरुङ खनिएको क्षेत्र भएकाले यसको नाम सुरुङ्गा भएको हुनसक्ने प्रशस्त आधारहरू छन् । “सुरुङ्गा” अथवा “सुरङ्गा” शब्दको अर्थ सुरुङमार्ग हो । [4]