सुपेरियर ताल
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.
सुपेरियर ताल संसारको सबैभन्दा ठुलो ताल सुपेरियर ताल उत्तर अमेरिकाको मिनिसोटा राज्यमा पर्दछ । प्राकृतिक सम्पदाको हिसाबले यो राज्य उत्कृष्ट कोटीमा पर्दो रहेछ । यस राज्यलाई तालैतालको राज्य भनिन्छ ।
सुपेरियर ताल | |
---|---|
रहेको स्थान | उत्तर अमेरिका |
समूह | विशाल ताल |
भौगोलिक निर्देशांक | ४७.७°N ८७.५°W |
तालको प्रकार | हिमनदी |
अन्तर्वाह | Nipigon, St. Louis, Pigeon, Pic, White, Michipicoten, Kaministiquia Rivers |
बहिर्वाह | St. Marys River |
सिंचित क्षेत्रफल | ४९,३०० वर्ग मी (१,२७,७०० किमी२)[1] |
सिंचित क्षेत्र | संयुक्त राज्य क्यानडा |
अधिकतम लम्बाई | ३५० mi (५६० किमी)[2] |
अधिकतम चौडाई | १६० mi (२६० किमी)[2] |
सतहको क्षेत्रफल | ३१,७०० sq मि (८२,१०० किमी२)[1] |
औसत गहिराई | ४८३ फिट (१४७ मी)[1] |
अधिक गहिराई | १,३३२ फिट (४०६ मी)[1] |
पानीको आयतन | २,९०० घन माइल (१२,००० किमी3)[1] |
अवधारण समय | १९१ वर्ष |
किनारको लम्बाई१ | १,७२९ माइल (२,७८३ किमी) सँगै ९९७ माइल (१,६०५ किमी) टापुहरूका लागि[3] |
सतहको उचाई | ६०१.७१ फिट (१८३ मी) (२०१३ औषत)[4] |
टापूहरू | Isle Royale, Apostle Islands, Michipicoten Island, Slate Islands |
बसोबास | थन्डर बे, ओन्टारियो डुलुथ, मिन्नेसोटा Marquette, Michigan Superior, Wisconsin Sault Ste. Marie, Michigan |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
सुपेरियर तालको ख्याति संसारभर फैलिएको छ । यो ताल मिनिसोटा राज्यको डुलुथ भन्ने स्थानमा अवस्थित छ । यो समुद्रजस्तै ठुलो र फराकिलो भएकाले यसलाई समुद्र भन्नुपर्ने हो, तर यो समुद्र सतहभन्दा माथि रहेकाले यसलाई ताल भनिएको हो । सुपेरियर ताल अमेरिका र क्यानाडाको सिमानामा रहेको छ तापनि यसको अधिकांश भाग अमेरिकाभित्र पर्दछ भने केही भाग मात्र क्यानाडाभित्र पर्दछ ।[5] यसरी हेर्दा यो तालको उत्तरमा क्यानाडाको ओन्टारियो राज्य र संयुक्त राज्य अमेरिकाको मिनिसोटा राज्य पर्दछ भने दक्षिणमा विस्कान्सिन र मिचिगन राज्य पर्दछन् ।