सामसङ
दक्षिण कोरियाको विद्युतीय समान उत्पादन गर्ने कम्पनी / From Wikipedia, the free encyclopedia
सामसङ (कोरियाली: 삼성) (हन्जा: 三星); (कोरियाली उच्चारण = सामसङ जुलुब) (अनुवादित "तीन तारा") (उच्चारण), एक दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हो जसको मुख्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ।[7] यसले असङ्ख्य सम्बद्ध व्यवसायहरू समावेश गरेको छ। तिनीहरू मध्ये अधिकांश सामसङ ब्रान्ड अन्तर्गत एकजुट भएका छन्। यो दक्षिण कोरियाको सबैभन्दा बहु-उद्योग कम्पनी समेत हो। [7]
मौलिक नाम | 삼성 (三星) |
---|---|
व्यवसाय प्रकार | निजी |
उद्योग | बहु-उद्योग कम्पनी |
स्थापित | १ मार्च १९३८; ८६ वर्ष पहिले (१९३८-०३-01) |
स्थापनाकर्ता | लि ब्योङ-चुल[1] |
केन्द्रीय कार्यालय | सियोचो जिल्ला, सउल , |
सेवा क्षेत्र | संसारभरि |
मुख्य व्यक्ति | लि कुङ-ही (अध्यक्ष) लि जे-योङ (उपाध्यक्ष) |
उत्पादनहरू | वस्त्र, मोटर वहान, रसायन, उपभोक्त विद्युतीय सामग्री, विद्युतीय घटक, शल्य उपकरण, अर्धचालक, एकीकृत परिपथ, पानीजहाज, दूरसञ्चार उपकरण, घरायसी सामग्री[2] |
सेवाहरू | विज्ञापन, निर्माण, मनोरञ्जन, वित्तीय सेवा, अतिथिसत्कार, जानकार तथा सूचना प्रविधि, चिकित्सकिय र स्वास्थ्य सेवा, खुद्रा व्यापार, पानी जहाज निर्माण |
आम्दानी | २०८.५ अर्ब[3] (सन् २०१८[4]) |
परिचालन आय | 6,700,000,000 अमेरिकी डलर (2020) |
३७.१. अर्ब[5] (2017) | |
कुल सम्पत्ति | $२६५ अर्ब[5] (सन् २०१७) |
कुल इक्विटी | $१८८.९ अर्ब[5] (सन् २०१७) |
कर्मचारी सङ्ख्या | ३०९,६३०[6] (2018) |
सहायक कम्पनीहरू | सामसङ विद्युतीय कम्पनी सामसङ अभियान्त्रिक सामसङ निर्माण तथा व्यापार निगम सामसङ ठूला उद्योग सामसङ एसडिएस सामसङ जीवन बिमा सामसङ आगो र समुद्री बिमा चिले |
वेबसाइट | samsung |
सामसङलाई सन् १९३८ मा, व्यापारिक कम्पनीको रूपमा लि ब्योङ चुलले स्थापना गरेका थिए।[8] अर्को तीन दशकहरूमा, समूहले खाद्य प्रसोधन, कपडा, बीमा, धितो, र खुद्रा लगायतका क्षेत्रहरूमा विविधीकरण गरेको थियो।[3] सामसङले सन् १९६० को दशकको अन्त्यतिर विद्युतीय उद्योगमा प्रवेश गरेको थियो र सन् १९६० को मध्यमा विभिन्न प्रकारका नर्माण तथा जहाज निर्माण उद्योगमा अग्रसर भएको थियो। सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ चार व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह र हाल्सोल समूह समावेश छ।[9]
त्यसबेलादेखि सामसङको नामबाट व्यापारलाई वृद्धिलाई बढाउनका लागि कम्पनीले धेरै सम्बद्ध कम्पनीहरू स्थापना गरेको छ। [10][11] सन् १९६० को दशकको अन्ततिर, समायोजन र अधिग्रहणको प्रतिनिधिको रूपमा, यो हाल संसारको सबैभन्दा ठूलो संयुक्त समूहको रूपमा अघि बढेको छ। (कोरियाली ) सन् १९९० उत्तरार्ध, सामसङले आफ्ना गतिविधि र विद्युतीय निर्माणमा उल्लेखनीय वृद्धि हासिल गरेको थियो।[12] हाल, विशेष गरी यसका मोबाइल फोन र अर्धचालकहरू यसको सबैभन्दा महत्त्वपूर्ण आयको स्रोत भएको छ। सन् २०१७ सम्म, सामसङले छैटौँ उच्चतम विश्वव्यापी ब्रान्ड मान कायम गर्न सफल भएको थियो।
उल्लेखनीय रूपमा सामसङको औद्योगिक सम्बद्ध कम्पनीले सामसङ विद्युतीय कम्पनीको समावेश गर्दछ जुन विश्वको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनीहरू मध्ये एक हो भने यो उपभोक्ताका लागि समर्पित विद्युतीय निर्माता हो।[13] यो सन् २०१७ को राजस्वद्वारा मापन गरिएको चिम निर्माताहरू मध्ये सबैभन्दा ठूलो कम्पनीहरू मध्ये एक हो। सामसङको ठूलो उद्योग, सन् २०१० मा राजस्वले मापन गरेको विश्वको दोस्रो ठूलो जहाज निर्माणकर्ता हो। यसैगरी सामसङ अभियान्त्रिक र सामसङ निर्माण तथा व्यापार निगम क्रमशः विश्वको १३ र ३६औँ सबैभन्दा ठूलो निर्माण कम्पनीहरू हुन्।[14] अन्य उल्लेखनीय सहायक कम्पनीहरूमा सामसङ जीवन वीमा पर्दछ जुन विश्वको १४औँ सबैभन्दा ठूलो जीवन वीमा कम्पनी हो।[15][16] सामसङ एभरल्यान्ड, एभरल्यान्ड नामक आश्रयको सञ्चालक दक्षिण कोरियाको सबैभन्दा पुरानो मनोरञ्जन केन्द्र हो र कम्पनीको स्वामित्वमा रहेको चिले सन् २०१२ मापन गरिएको राजस्वका आधारमा विश्वको १५औँ सबैभन्दा ठूलो विज्ञापन आयोग हो।[17]
सन् २०१३ मा सामसङले ३८० खर्ब बिक्रीको तथ्याङ्क सार्वजनिक गरेको थियो। कोरियाको केन्द्रिय बैङ्कका अनुसार, कोरियाको कुल ग्रहस्थ उत्पादन एकै वर्षमा १४२८ खर्ब रहेको थियो थियो। सामसङको बिक्री, जुन यसको विदेशी बिक्रीको अधिक भाग हो। यसको बाबजुद, सामसङको बिक्री दक्षिण कोरियाको कुल ग्रहस्थ उत्पादनको २६.६% रहेको छ। सन् २०१३ सम्ममा सामसङको निर्यात १९७२ अर्ब अमेरिकी डलर रहेको थियो जसले कोरियाको कुल निर्यातको २५% ओगट्दछ जुन $ ६१.७ अर्ब अमेरिकी डलर हुन आउँछ। सन् २०१८ मा, ब्रान्ड फाइनान्स नामक कम्पनीले सामसङको ब्रान्डको मूल्य ९२.२८९ अर्बको मुल्याङ्कन गरेको थियो।[18]