साझा प्रकाशन नेपालको एक प्रकाशन संस्था हो From Wikipedia, the free encyclopedia
{{Infobox publisher | image =https://en.wikipedia.org/wiki/Sajha_Publications#/media/File:Sajha_prakashan.png | parent = साझा प्रकाशन | status = सक्रिय | founded = वि.सं. १९७० (सन् १९१३) | founder = | successor = | country = नेपाल | headquarters =पुलचोक, ललितपुर | distribution = साझा पुरस्कार [[साझा बालसाहित्य पुरस्कार]] साझा लोकसाहित्य पुरस्कार | keypeople = | publications = गरिमा | topics = | genre = | imprints = | revenue = | numemployees = १०० | nasdaq = | url = www.sajha.org.np }} साझा प्रकाशन नेपालको पुरानो प्रकाशन गृह हो । यस संस्थामा नेपाल सरकारको ६०% सेयर लगानी भएको छ भने बाँकी ४०% सेयर साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारण नेपाली नागरिक विभाजन गरिएको छ ।
यसको स्थापना वि.सं. १९७० मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा भएको हो । उक्त समितिको नाम वि.सं. १९९० मा नेपाली भाषा प्रकाशिनी समिति भएको थियो। वि.सं. २०२१ साल मंसिर १७ गतेदेखि उक्त संस्था साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ। [स्रोत नखुलेको]
यस प्रकाशनले २०३९ साल पुस महिनादेखि नियमितरूपमा गरिमाको प्रकाशन गर्दै आएको छ।[स्रोत नखुलेको]
साझा प्रकाशनका वर्तमान अध्यक्ष डा.विजय सुब्बा हुन् । साझा प्रकाशनको महाप्रबन्धकको रूपमा जनक शिक्षा सामग्री केन्द्रका पूर्व कर्मचारी,साहित्यमा कलम चलाउने गरेका श्री मिलनराज गर्तौला खुला प्रतिस्पर्धाबाट हालै नियुक्त भएका छन्।
सहकारी नियमावली २०७५ को व्यवस्थाअनुसार ९ जनाको सञ्चालक समितिमा अध्यक्षसमेत ४ जना अंशियारहरूको साधारण सभाबाट निर्वाचित हुने व्यवस्था छ भने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव, राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि तथा नेपाल सरकारले तोकेको एक जना विज्ञसमेत ५ जना रहने व्यवस्था छ । सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार साझा प्रकाशनको साधारण सभाले १ संयोजक र २ सदस्य रहेको लेखा सुपरिवेक्षण समितिको चयन गरेको छ ।
यस् प्रकाशनले २०२६ सालदेखि साझा प्रकाशनले वर्षभरि आफूले प्रकाशित गरेका कृतिहरूमध्ये सर्वोत्कृष्ट ठहरिएको कुनै एक कृतिलाई प्रत्येक वर्ष साझा पुरस्कार दिने गरेको छ। यसका सबै पुरस्कारहरूः[स्रोत नखुलेको]
साझा प्रकाशनद्वारा प्रकाशित केही उत्कृष्ट कृतिहरू:-[स्रोत नखुलेको]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.