साङ्घाई स्टक एक्सचेन्ज
From Wikipedia, the free encyclopedia
सांघाई स्टक एक्सचेन्ज (SSE ) चीनको साङ्घाई सहरमा रहेको एक स्टक एक्सचेन्ज हो। सांघाई स्टक एक्सचेन्ज चीनको मुख्य भूमीमा स्वतन्त्र रूपमा सञ्चालन हुने तीनवटा स्टक एक्सचेन्ज मध्ये एक हो।अन्य स्टक एक्सचेन्जमा बेइजिङ स्टक एक्सचेन्ज र सेन्जेन स्टक एक्सचेन्ज छन्। साङ्घाई स्टक एक्सचेन्ज जुलाई २०२१ अनुसार[उद्यतन] सम्ममा ७.६२ ट्रिलियन अमेरिकी डलरमा बजार पूँजीकरणको आधारमा विश्वको तेस्रो ठूलो स्टक बजार हो। यो एशियाको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज पनि हो। [1] हङकङ स्टक एक्सचेन्जको विपरीत, सांघाई स्टक एक्सचेन्ज अझै पनि विदेशी लगानीकर्ताहरूका लागि पूर्ण रूपमा खुला छैन र चिनियाँ मुख्य भूमि (बेइजिङका) अधिकारीहरूले प्रयोग गर्ने पूंजी खाता नियन्त्रणहरूका कारण[2] यो प्रायः केन्द्रीय सरकारका निर्णयहरूबाट यस स्टक एक्सचेन्ज प्रभावित हुन्छ, [3] ।
सांघाई स्टक एक्सचेन्ज को स्थापना सन् १८९१ मा भएको थियो। यो चीनको पहिलो स्टक एक्सचेन्ज हो। हालको स्टक एक्सचेन्ज नोभेम्बर २६, १९९० मा पुन: स्थापना भएको थियो, र सोही वर्षको १९ डिसेम्बर देखि सञ्चालनमा थियो। यो चाइना सेक्युरिटीज रेगुलेटरी कमिसन (CSRC) द्वारा प्रत्यक्ष रूपमा प्रशासित गैर-नाफामुलक संस्था हो।