![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/Siberia-FederalSubjects.svg/langne-640px-Siberia-FederalSubjects.svg.png&w=640&q=50)
साइबेरिया
रूसको भौगोलिक क्षेत्र / From Wikipedia, the free encyclopedia
साइबेरिया (रुसी: Сибирь) (उच्चारण:सिबिर), युरोप-एसिया र उत्तरी एसियामा अवस्थित एक फराकिलो भौगोलिक क्षेत्र हो। साइबेरिया १६औँ शताब्दीको उत्तरार्धदेखि नै आधुनिक रूसको अंश हो।[1]
साइबेरिया
Сибирь (सिबिर) | |
---|---|
भौगोलिक क्षेत्र | |
![]() साइबेरियाली सङ्घीय जिल्ला | |
निर्देशाङ्क: ६०°०′उ॰ १०५°०′पू॰ | |
देश | रूस |
क्षेत्र | उत्तर एसिया |
अंश | पश्चिम साइबेरियाली समथर भूमि मध्य साइबेरियाली उच्चसमस्थली अन्य... |
क्षेत्रफल | |
• जम्मा | १३,१००,००० किमी२ (५१००००० वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१७) | |
• जम्मा | ३३,७६५,००५ |
• घनत्व | २.६/किमी२ (६.७/वर्ग माइल) |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/e/e4/Coat_of_Arms_of_Siberian_Tsarstvo.png)
साइबेरियाको क्षेत्र पूर्वीदेखि उराल पर्वतबाट प्रशान्त र उत्तरघ्रुवीय जल निकासी नदीको बीचमा पानीको क्षेत्रसम्म फैलिएको छ। येनीसे नदीले साइबेरियालाई पश्चिम र पूर्व गरि दुई भागमा विभाजन गर्दछ। साइबेरिया उत्तरध्रुवीय महासागरदेखि दक्षिण-मध्य कजाख्स्तानको पहाड र मङ्गोलिया र चीनको राष्ट्रिय सीमानासम्म दक्षिणतर्फ फैलिएको छ। रूसमा देशको पूर्वी भागलाई साइबेरियाको रूपमा लिइदैँन। साइबेरिया पछिको रूसको पूर्वी क्षेत्रलाई ऐतिहासिक रूपमा युरोप र रूसमा सुदूर पूर्वको रूपमा परिचित थियो भने सुदूर पूर्वको स्थानीय जनसङ्ख्याले आफूलाई साइबेरियाली मान्दैनन्।[2]
१.३१ करोड वर्ग किलोमिटर (५१,००,००० वर्ग माइल) क्षेत्रफलमा फैलिएको साइबेरियाले रूसको भूमि क्षेत्रको ७७% ओगटेको छ भने करिव ३.३ करोड जनसङ्ख्या भएको यस क्षेत्रमा देशको कुल जनसङ्ख्याको २३% हुन आउँदछ। यो प्रति वर्ग किलोमिटर (७.८ / वर्ग माइल) (लगभग अस्ट्रेलियाको बराबर) को ३ औसत जनसङ्ख्या घनत्वको बराबर हो। साइबेरियालाई पृथ्वीको सबैभन्दा विरलै जनसङ्ख्या भएको क्षेत्र मानिन्छ। यदि यो आफै एक देश भएको भए, यो अझै पनि क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो देश हुने थियो भने जनसङ्ख्याको आधारमा यो विश्वको ३५औँ ठूलो र एसियाको १४औँ ठूलो हुनेछ।
विश्वव्यापी, साइबेरिया मुख्यतया यसको लामो र अत्याधिक जाडोका लागि प्रख्यात छ। जनवरीमा यहाँको औसत तापक्रम −२५ डिग्री सेल्सियस (−३१° फ) हुने गर्दछ। हालसालैका वर्षहरूमा क्षेत्रमा तापक्रम बढेको उल्लेख गरिएको छ।[3][4] यसका साथै रूसी र सोभियत सरकारले यस क्षेत्रलाई कारागार, श्रम शिविर, र आन्तरिक निर्वासनको रूपमा व्यापक प्रयोग गरेको थियो।
साइबेरिया भौगोलिक रूपमा सम्पूर्ण एसियामा अवस्थित छ, यद्यपि यो रूसको अंश हो त्यसकार् यसलाई सांस्कृतिक र राजनीतिक हिसाबले युरोपको एक अंश मानिन्छ। १८औँ शताब्दीमा क्षेत्रमा बसोबास गर्न थालेका अधिक रूसी जनसङ्ख्याको कारण यस क्षेत्रको दक्षिण र मध्य भागको धेरै भागहरूमा रूसीहरूको बाहुल्यता रहेको छ।[5]