संयुक्त राष्ट्र विकास कार्यक्रम
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी),[note 1] संयुक्त राष्ट्रसङ्घको एक निकाय हो जसले देशहरूलाई गरिबी उन्मूलन गर्न र दिगो आर्थिक वृद्धि र मानव विकास हासिल गर्न मद्दत गर्ने काम गर्दछ। संयुक्त राष्ट्र विकास कार्यक्रमले दीर्घकालीन आत्मनिर्भरता र समृद्धिका लागि स्थानीय क्षमताको विकासमा जोड दिएको छ।[3]
छरितो तथ्यहरू सङ्क्षिप्त नाम, गठन ...
सङ्क्षिप्त नाम | युएनडिपी |
---|---|
गठन | २२ नोभेम्बर १९६५ |
प्रकार | कार्यक्रम |
कानुनी वैद्यता | सक्रिय |
प्रधान कार्यालय | न्युयोर्क सहर |
प्रमुख | आचिम स्टिनर[1] |
मूल सङ्गठनहरू | संयुक्त राष्ट्र आर्थिक एवम् सामाजिक परिषद्[2] |
वेबसाइट | UNDP.org |
बन्द गर्नुहोस्
न्युयोर्क सहरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आधारित, यो संयुक्त राष्ट्र सङ्घको सबैभन्दा ठूलो विकास सहायता निकाय हो, जसको कार्यालयहरू १७७ देशहरूमा छन्।[3][4][5] यसलाई संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको स्वैच्छिक योगदानद्वारा पूर्ण रूपमा वित्तपोषित गरिन्छ।[5]